ठूलो लुम्पेकमा थ्रीस्टार फ्रेन्डसिप क्लबले चुम्यो भलिबलको उपाधी


बिपना श्रीस मगर । ठूलो लुम्पेक, गुल्मी । असोज २६ । दशैं पूर्णिमाको अवसरमा हिमालयन यूवा समूह ठूलो लुम्पेकले आयोजना गरेको पुरुषतर्फको भलिबल प्रतियोगिताको प्रथम पुरस्कार थ्रीस्टार फ्रेन्डसीप क्लबले जितेको छ । नवप्रतिभा क्लबलाई पराजित गर्दै थ्रीस्टार फ्रेन्डसीप क्लब बिजय भएको हो । बिजयसंगै क्लबले प्रथम पुरस्कार ट्रफी र नगद ४० हजार हात पारेको छ ।

त्यसैगरि दोस्रो पुरस्कार नवप्रतिभा क्लबले जितेको छ । थ्रीस्टार फ्रेन्डसीप क्लबसंगको प्रतिस्पर्धामा नवप्रतिभा क्लब दोस्रो भएको हो । सान्त्वना पुरस्कार हिमालयन युवा समूह र संगम युवा समूहले पाएको छ । पुरुषतर्फको बेष्ट प्लेयरमा थ्रीस्टार फ्रेन्डसीपका खेलाडी मौसम कुँवरले प्राप्त गरेका छन् ।

त्यसैगरि महिलातर्फ प्रथम थ्रीस्टार फ्रेन्डसीप क्लब, दोस्रो संगम युवा समूह र सान्त्वना हिमालयन टिम र फ्रेन्डसीप युथ क्लबले जितेको छ । भलिबल प्रतियोगितामा महिला र पुरुष तर्फ गरि ४४ टिमको सहभागिता रहेको छ । बिजेताहरुलाई सत्यवती गाउँपालिका वडा नं. ३ का अध्यक्ष रुकबहादुर रानाले पुरस्कार वितरण गरेको आयोजक हिमालयन युवा समूहका देव तरामु मगरले बताए ।

भलिबल प्रतियोगिता हेर्नका लागी सत्यवती गाउँपालिकाका अस्लेवा, रुद्रवेनी, खैरेनी, जोहाङ, चौर, लिम्घा, काफलडाँडा, कुट्डाँडा, कुरह, सिङ्दी, दाङ्सिङ्गा, क्वाङ, थुम्का, पल्लोखोला, चेहेमी, पाँहादी लगायत स्थानहरुबाट दर्शकहरुको उल्लेखनीय सहभागीता रहेको छ । त्यसैगरि फोक्सिङ, पुर्तिघात, जयखानी लगायतका स्थानहरुबाट पनि भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम अवलोकनका लागी दर्शकहरुको घुँइचो लागेको थियो ।

उक्त अवसरमा ब्याटमिन्टनतर्फ पनि प्रतियोगिता सम्पन्न भएको छ । खेलकुद कार्यक्रमको समापनसंगै हिमालयन युवा परिवारले स्थानीय कला संस्कृतिमा आधारित विविध सांस्कृतिक झाँकीहरुको प्रस्तुति समेत गरेको थियो । दशैंको अवसरमा हरेक बर्ष हिमालयन युवा समूहले विभिन्न खेलकुद लगायत सांस्कृतिक कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ ।

फोटो–बिपना श्रीस मगर, ठूलो लुम्पेक