तिनाउ टाइटन्स्लाई २९ रनले पछाडी पार्दै ज्ञानोदय गोल्डस बिजयी

२६ असोज, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका जारी सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको आजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्डस् बिजयी भएको छ । तिनाउ टाइटन्स्लाई २९ रनले पछाडी पार्दै ज्ञानोदय बिजयी बनेको हो ।

ज्ञानोदयको जितका लागी शंकर राना एक्लैले ५५ रनको योगदान गरे भने सुनिल धमलाले २५ रन बनाएका थिए । ज्ञानोदयले पुरै २० ओभर खेलेर ८ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको हो ।

बिजयका लागी १ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा तिनाउ टाईटन्स पुरै २० ओभर खेल्दै १ सय २५ रन मात्र बनाउन सफल भयो । तिनाउका लागि अर्जुन गिरीले ४४ रनको पारिे भने अन्य खेलाडिको प्रदर्शन त्यति राम्रो भएन ।

ज्ञानोदय गोल्डको तर्फबाट तिनाउलाई सस्तैमा समेट्न सुनिल धमलाले ३ विकेट र जितेन्द्र साहानी र कमल ओलीले १/१ विकेट लिएका थिए । अर्धसतक पारि खेलेका ज्ञानोदयका शंकर राना मष्ट भ्यालुएवल प्लेयर बने भने ३ विकेट लिएर २५ रन हानेका ज्ञानोदय गोल्डस्कै सुनिल धमला म्यान अफ द म्याच घोषित भए ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।