यस्तो छ ठूलो लुम्पेकमा भलिबल खेल हेर्नेको घुँइचो (फोटोफिचर)

बिपना श्रीस मगर । ठूलो लुम्पेक, गुल्मी । असोज २६ । गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३, ठूलो लुम्पेकमा भलिबल प्रतियोगितामा दर्शकको रौनक बढेको छ । भलिबल प्रतियोगिता हेर्नका लागी सत्यवती गाउँपालिकाका अस्लेवा, रुद्रवेनी, खैरेनी, जोहाङ, चौर, लिम्घा, काफलडाँडा, कुट्डाँडा, कुरह, सिङ्दी, दाङ्सिङ्गा, क्वाङ, थुम्का, पल्लोखोला, चेहेमी, पाँहादी लगायत स्थानहरुबाट दर्शकहरुको उल्लेखनीय सहभागीता रहेको छ ।


त्यसैगरि फोक्सिङ, पुर्तिघात, जयखानी लगायतका स्थानहरुबाट पनि भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम अवलोकनका लागी दर्शकहरुको घुँइचो लागेको छ । आज दशैं पूर्णिमा समेत भएकोले भलिबल तथा ब्याटमिन्टन दुवैतर्फको फाइनल खेल समेत हुनेछ । खेलकुद सकिएपछि स्थानीय कला संस्कृतिमा आधारित विविध सांस्कृतिक झाँकीहरुको प्रस्तुति समेत रहनेछ ।


भलिबल प्रतियोगितामा महिला र पुरुष तर्फ गरि ४४ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा महिलातर्फ १२ टिमको सहभागिता रहेको छ । महिलातर्फ प्रतियोगिता सम्पन्न भइसकेको छ । जस अन्तर्गत प्रथम थ्रीस्टार क्लब, दोस्रो संगम युवा समूह र सान्त्वना हिमालयन टिम र फ्रेन्डसीप युथ क्लब टिम रहेको छ । पुरुषतर्फको खेल पनि आजै सम्पन्न हुनेछ ।

फोटो–बिपना श्रीस मगर, ठूलो लुम्पेक