ठूलो लुम्पेकमा खेलकुद प्रतियोगिता, पूर्णिमामा सांस्कृतिक झाँकी पनि हुने

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३, ठूलो लुम्पेकमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ४४ टिमको सहभागिता रहेको बिपना श्रीस मगरले बताईन् । भलिबल प्रतियोगिता हिमालयन युवा क्लबले आयोजना गरेको हो ।

प्रतियोगितामा महिलातर्फ १२ टिमको सहभागिता रहेको छ । महिलातर्फ प्रतियोगिता सम्पन्न भएको छ । जस अन्तर्गत प्रथम थ्रीस्टार क्लब, दोस्रो संगम युवा समूह र सान्त्वना हिमालयन टिम र फ्रेन्डसीप युथ क्लब टिम रहेको छ । पुरुषतर्फ ३२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा ठूलो लुम्पेक, कालिगण्डकी, लिम्घा, अस्लेवा लगायत विभिन्न स्थानहरुबाट सहभागी रहेको विपना श्रीस मगरले बताईन् ।
त्यसैगरि ब्याटमिन्टनतर्फ पनि प्रतियोगिता रहेको छ । प्रतियोगितामा गुल्मी, पाल्पा, रुपन्देही लगायतका जिल्लाहरुको सहभागिता रहेको आयोजकले बताएको छ ।

दशैंको अवसरमा हरेक बर्ष हिमालयन युवा समूहले विभिन्न खेलकुद लगायत सांस्कृतिक कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ । यसबर्ष पनि सबै खेलकुद पूर्णिमाका दिन असोज २६ गते सम्पन्न गर्ने आयोजकले बताएको छ । प्रतियोगिता फाइनलसंगै विविध सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिने श्रीस मगरले बताइन् ।