मालारानी-३ मा कुनै भ्रष्टाचार भएको छैन-शोभाखर खनाल

 

 

 

 

 

 

 

 

 

मालारानी गउँपालिकाले वडा नम्बर–३ मा भ्रष्टाचार भएको भन्ने समाचारको खण्डन गरेको छ । विभिन्न सञ्चार माध्यम र सामाजिक संजालमा मालारानी–३ मा अनियमितता भएका खबर आईरहेका बेला गाउँपालिकाले त्यस्को खण्डन गरेको हो ।
राजनिती सद्भाव खलल हुने किसिमले यो कोरोना कहरका बेला आएका तथ्यहिन समाचार प्रती गाउँपालिकाले खेद प्रकट गरेको छ । समाचारमा कुनै सत्यता नरहेको भन्दै पालिकाले असहमती प्रकट गरेको हो ।
विज्ञप्ती जारी गर्दै खाना खर्च बापत जम्मा ५ हजार ६ सय २० रुपैया मात्र खर्च भएको भन्दै अन्य रकम जोडिएको प्रती पालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।  क्वारेन्टाईन स्थलको व्यवस्थापनमा ४० हजार खर्च भएको भन्दै पालिकाले सत्यतथ्यमा आधारित भएर समाचार संप्रेषण गर्न आग्रह गरेको छ ।


यसैबिच वडा अध्यक्ष शोभाखर खनालले पनी यस्को खण्डन गरेका छन् । व्यक्तिगत चरित्रमा दाग लाग्ने किसीमले समाचार लेखिएको प्रती उनले खेद प्रकट गरेका छन् । कोरोना संक्रमणका विरुद्ध लडीरहेका बेला नियोजित किसीमले आफु माथी हमला गरिएको उनको भनाई छ । वडा अध्यक्ष खनालले आफुलाई नागरिकले धेरे विश्वास गरेर मत दिएकाले त्यो मतको कहिल्यै दुरुपयोग नगर्ने बताए । सञ्चार माध्यमलाई आफुले सँधै सम्मान गर्ने गरेको भन्दै उनले यस्ता तथ्यहिन खबरले मिडियाकै विश्वसनियतामा आँच आउने बताए ।