अखिल (क्रान्तिकारी) लुम्बिनीका तीनैजना नेता अदालतबाट पुनः गिरफ्तार

असोज १६, विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका नेता विरेन्द्र विक, शारदा भण्डारी र नयनसिंह खडकालाई प्रहरीले सर्वोच्च अदालत परिसरबाटै पक्राउ गरेको छ । केही दिन अघि नवलपरासीबाट उनीहरुलाई प्रहरी पक्राउ गरेको थियो ।

गैर कानुनी रुपमा पक्राउ गरेको बन्दै सर्वोच्च अदालतले उनीहरुलाई रिहा गरको थियो । तर प्रहरीले सर्वोच्च अदालतको आदेशलाई चुनौती दिने गरी सर्वोच्च गेटबाटै पुन पक्राउ गरेर बेपत्ता पारेको उनीहरुको पारिवारिक स्रोतले बथताएको छ ।

कपिलवस्तु शिवराज नगरपालिका–१ निवासी २२ वर्षीया भण्डारी नवलपरासीका जिल्ला संयोजक हुन् । कैलाली लम्कीचुहा नगरपालिका–१ घर भएका २७ वर्षीय विक रुपन्देहीका जिल्ला सदस्य हुन् । यसैगरी रुकुमपश्चिम सानोभेरी गाउँपालिका–९ घर भएका २३ वर्षीय खड्का अखिल क्रान्तिकारी चितवनका पूर्वजिल्ला सदस्य हुन् ।