ठूलो लुम्पेकमा भलिबल प्रतियोगिता हुने

गुल्मी, असोज १५ । गुल्मीको सत्यवति गाँउपालिका ३ ठूलोलुम्पेकले वडा दशैका अवसरमा आयोजना लुम्पेक पहिरो पिडितहरुमा समर्पित मैत्रीपूर्ण खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम ओखर भज्याङ माछापुछ्रे भ्यू पोइन्टमा आज पहिलो दिन महिला भलिवलको उद्घाटन गरिएको छ ।खुल्ला महिला भलिवल खेलको उद्घाटन गदै प्रमुख अतिथि सत्यवति गाँउपालिका ३ का वडाअध्यक्ष रुक बहादुर रानामगरले ग्रामिण क्षेत्रमा क्लवले खेलकुद तथा साँस्कृतिक पक्षको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै क्लवको सक्रियताले प्रदेश नं. ५ को मूख्यमन्त्री रनिङ शिल प्रतियोगितामा महिलाको ब्याडमिन्टन प्रतियोगिता तर्फ तृतीय भएका महिला भलिवल प्रतियोगिामा प्रभावशाली खेल प्रर्दशन गरेकोमा खेलाडीहरुलाई धन्यवाद दिनुभयो ।आज देखि शुरु भएको खुल्ला पुरुष प्रतियोगिमा गुल्मी स्याङ्जा र पर्वतबाट गरि ३० समूहको सहभागिता रहेको छ भने खुल्ला महिला भलिवल

प्रतियोगिमा गुल्मीका कालिगण्डकी गाँउपालिका र सत्यवति गाँउपालिकाबाट गरि १२ समूहको सहभागिता रहेको माछापुछ्रे युवा क्लव सत्यवति गाँउपालिका ३ ठूलोलुम्पेकका सचिव पिवि मगरले जानकारी दिए ।“गाँउ वस्तीबाटै खेलकुद विकास तथा कला,संस्कृतिको सरक्षणमा हाम्रो अभियान” भन्ने मुल नारा सहित २०७४ मा स्थापना भइआएको क्लवले स्थापनाकाल देखि नै निरन्तर रुपमा समाजिक क्षेत्रमा सक्रिय भई काम गदै आइरहेको क्लवका सचिव मगरले जानकारी दिए ।कार्यक्रम माछापुछ्रे युवा क्लव सत्यवति गाँउपालिका ३ ठूलोलुम्पेकका अध्यक्ष इश्वरी फौजामगरको अध्यक्षता तथा क्लवका सचिव टिवि मगरको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने क्लवका सक्रिय सदस्य खिम कुमारी सिंजालीले गरिन । खेलकुद तथा साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुती सहित आउदो शुक्रवार अर्थात १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।