रहेनन् कोशकार वसन्तकुमार शर्मा नेपाल

रासस/ कोशकार एवं साहित्यकार वसन्तकुमार शर्मा नेपालको ९७ वर्षको उमेरमा निधन भएको छ । विसं १९७९ चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन जन्ममिका साहित्यकार नेपाल दुई महिनादेखि निवासमै अचेत अवस्थामा थिए। उनको शनिबार आफ्नै निवास चावहिल मैँजुबहालमा निधन भएको हो।

पाँच महिनाअघि फोक्सोमा समस्या देखिएको थियो। दुई महिनादेखि परिवारकै सदस्यलाई पनि चिन्न छोडेको उनका माहिला छोरा विनयकुमारले जानकारी दिए।

उनी मस्तिष्कघात ९ब्रेन स्ट्रोक०, अल्सरलगायत रोगबाट पनि पीडित थिए। उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

नेपाली भाषामा सबैभन्दा धेरै शब्द सङ्कलन गरिएको उनको ‘नेपाली शब्दसागर’ विसं २०५७ चैत ३० गते प्रकाशन भएको थियो। शब्दसागरमा एक लाख २५ हजार शब्द छन्। विसं २०७० मा ‘नेपाली शब्दसागर’ को दोस्रो संस्करण प्रकाशन गरी एक लाख ४१ हजार शब्द पु¥याइएको थियो।

उनले महाभारतलाई गद्यमा चार खण्डमा अनुवाद गरेका छन्। यसैगरी १३५ वटा उपनिषद् पनि अनुवाद गरेका उनका हालसम्म ७६ कृति प्रकाशन भइसकेको जनाइएको छ। त्यस्तै अप्रकाशित १०० वटा पाण्डुलिपी रहेको पारिवारिक स्रोतले जनाएको छ।

उनका श्रीमती, चार छोरा र तीन छोरी छन्।