त्रिवेणी सहकारीको क्यालेण्डर विमोचन तथा पहिलो मालिक कार्यक्रमको शुभारम्भ

 

 

 

 

जनबाटो डटकम
अर्घाखाँची बैशाख १ गते

सन्धिखर्क स्थित त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लि.ले नयाँ वर्षको अवसरमा आज शुभकामना आदानप्रदान वार्षिक कार्ययोजना सहितको क्यालेन्डर विमोचन तथा त्रिवेणी पहिलो मालिक कार्यक्रमको समुद्घघाटन कार्यक्रमका सम्पन्न गरेको छ । आफ्ना शेयर सदस्यहरू तथा संस्थाका शुभेच्छुकहरू विच नयाँ वर्षको शुभकामना आदान प्रदान गर्नुको साथै संस्थाको वार्षिक कार्ययोजना सहितको भित्तेपात्रो विमोचन र आफ्ना शेयर सदस्यसंग थप निकटता ल्याई सहकारीको शेयर अपनत्व ल्याउन र स्वंय शेयर सदस्य कार्यालयमा उपस्थित भई कारोवारमा सक्रिय सहभागिता जनाउने उदेश्यका साथ त्रिवेणी पहिलो मालिकको कार्यक्रमको शुभारम्भ गरिएको हो । हरेक दिन संस्थामा पहिलो कारोवारीको रूपमा आउने शेयर सदस्यबाट पानसमा दीप प्रज्जवलन गरि पहिलो मालिक बन्ने र मासिक रूपमा पहिलो मालिकको गोलाप्रथाको छनौटबाट विजयीहुनेलाई मासिक रूपमा सम्मान तथा पुरस्कृत गरिने संस्थाका कार्यकारी प्रमुख तुल्सिराम खनालले बताउनुभएको छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै नगर प्रमुख कमल प्रसाद भुसालले विभिन्न रचनात्मक कार्य गरि जिल्लामै नमुना सहकारीको रूपमा अघि बढेको सहकारीबाट जिल्लाका अन्य संघसंस्थाले अनुसरण गर्दै समग्र नगरको विकासमा हातेमालो गरि सहयोग गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न .2 का वडा अध्यक्ष मोतिजङ्ग रायमाझी, पत्रकार विरेन्द्र के .शी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष चन्द्र प्रसाद वन्जाडेको अध्यक्षता रसचिव उत्तममणि मिश्रको संचालनमा सम्पन्न भएको थियो ।