लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए, ३ जनाको मृत्यु

सोलुखुम्बूको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आज बिहान रोकिरहेको मनाङ एयर हेलिकप्टरमा अवतरण गर्ने क्रममा समिट एयरको जहाज ठोक्किदा दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटना विहान ९ वजेर १० मिनेटमा भएको छ । काठमाडौबाट आज विहान लुक्लाका लागि उडेको समिट एयर नाइन एन एएमएचको ट्वीनओटर विमान अवतरणका क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मनाङ एयर र समिट एयरको जहाज ठोक्किदा विमान दुर्घटनामा परेको हो । मृत्यु हुनेमा समिट एयरका को-पाइलट सुदीप ढुंगाना र दुई जना सुरक्षाकर्मी रुद्रबहादुर श्रेष्ठ र रामबहादुर खड्का रहेको बताइएको छ ।