सरकारले फासिवादी चरित्र प्रस्तुत गर्यो : ऋषि कट्टेल

नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेपाल कम्युनिष्ट पार्टी माथि प्रतिबन्ध लगाए सरकारले फासिवादी चरित्र प्रस्तुत गरेका आरोप लगाए । उनले यथाशिघ्र विप्लवमाथिको प्रतिबन्ध हटाउन माग सरकारसँग माग गरे ।

उनले भने, ‘विद्यार्थी संगठनहरु सरकारको फाँसिवादका विरुद्धमा लाग्नुहोस् । हिजो पनि मुलुकको विभिन्न आन्दोलनमा तपाईहरुको महत्वपूर्ण योगदान गरेका छ । अहिले देश ओली तन्त्रको नियन्त्रणमा छ । सरकार माफिया, दलालहरुसँग लिनादेना लिप्त छ । तपाईहरु जाग्ने बेला आएको छ ।’

११ बिद्यार्थीको संयुक्त कार्यक्रममा नेताहरु उक्त कुरा बताएका हुन् ।