जनस्वास्थ्यकर्मी महासंघका महासचिव चन्द सहित १८ जना गिरफ्तार

चितवन, भदौ २५ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव प्रकाश चन्दसहित १८ जनालाई चितवन प्रहरीले चितवन मेडिकल कलेजअगाडिबाट चिकित्सा क्षेत्रमा व्याप्त रहेको अवैध शुल्क, दलालीकरण र माफियाकरणको विरोधमा प्रदर्शनको नेतृत्व गरिरहेको अवस्थामा बुधबार बिहान साढे ९ बजे गिरफ्तार गरेको पुष्टि भएको छ । चन्दसहित १८ जन गिरफ्तार भएका छन् ।

अहिले सोधपुछ भइरहेको जनाइएको छ । पूर्वघोषित कार्यक्रम अनुसार बुधबार मेडिकल शिक्षाको माफियाकरण र अवैध शुल्कविरुद्ध प्रदर्शन कार्यक्रम चितवन मेडिकल कलेजअगाडि तय गरिएको र सोही क्रममा गिरफ्तार गरिएको बुझिएको छ ।

महासंघले केही दिन अगाडी राजधानीमा पत्रकार सम्मेलन गरेर देशैभर सङ्घर्षको घोषणा गरेको थियो । घोषित कार्यक्रम अनुसार चितवनमा सङ्घर्षको कार्यक्रमको क्रममा चन्द लगायत १८ जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।