अधिकार सुनिश्चितका लागी पत्रकारले कलम पर्ने

कमल चौधरी/रुपन्देही । थारु पत्रकार संघ नेपालको कन्द्रीय महाधिवेशनमा कृषि तथा पशुपक्षी राज्यमन्त्री राजकुमारी चौधरीले थारु समुदायको हक अधिकार सुनिश्चितका लागि मिडियाको दवावमूलक अभियान महत्वपूर्ण हुने बताउदै निश्पक्ष भएर कलम चलाउन पत्रकारकर्मीलाई आग्रह गर्नुभयो । उहाँले मिडिया शक्ति नै समाज र देशलाई परिवर्तन गर्न सक्ने ठुलो शक्ति भएकोले उत्पीडित जातजाति समुदायको हक अधिकार सुनिश्चित गर्नको लागी सक्रिय भएर कलम चाउन अग्रह समेत गर्नुभएको हो ।

थारु पत्रकार संघको चौंथौ केन्द्रीय महाधिवेशन चितवनको सौराहामा शनिबार उद्घाट गर्दै उहाँले अब पत्रकारहरुले उत्पीडित जात–जाति समुदायको हक अधिकार सुनिश्चित गर्नको लागी निश्पक्ष रुपले कलम चालउन आवश्यक रहेको भन्दै थारु समुदाय एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रममा थारुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्षमण थारुले थारु सचेत पत्रकारहरुले न्याँयको पक्षमा कलम चाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो –“अधिकार र न्याँयको पक्षमा बोल्द यदी कसैले जेल लैजान्छ भने हामीले ४२ महिना निर्दोश मन्छेले सजय भोगेरा आयौं । फेरी पनि न्याँय र अधिकारको पक्षमा बोल्द सजय हुन्छ भने भोग्न तयार छौं ।” उहाँले तपाई थारु कलमवीर पत्रकारहरु पनि थारु समुदायको अधिकार र पहिचानको सुनिश्चित गर्न, अन्यायको विरुद्धमा कलम चाउन आवश्य रहेको बताउँनुभयो ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य गंगा चौधरी, लक्ष्मी चौधरी, तेजुलाल चौधरी, प्रदेश सांसद रामलाल महतो, प्रदेश २ का योजना आयोग सदस्य राजकुमार लेखी लगायतले बोल्दै थारु समुदायको हक अधिकार सुनिश्चित गर्न थारु पत्रकारहरु सक्रिया भएर कमल चालउनुपर्नेमा जोड दिनुभयो ।
चार जना पत्रकार सम्मानित
सो अवसरमा महाधिवेशन कार्यक्रममा विगत लामो समयदेखि पत्रकारीता क्षेत्रमा कलम चलाउँदै आउनुभएका अग्रज पत्रकारहरुलाई सम्मान गरिएको छ । गोरखा लक्की चौधरी ओएसिस राष्ट्रिय पत्रकारीता पुरस्कार, सुमित्रा महतो जोखन जगत रत्गैंया पत्रकारीता पुरस्कार, सुनिल चौधरी सतौन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार र पुष्पा चौधरी सहित चार जनालाई महाधिवेशन कार्यक्रममा उत्कृष्ट पत्रकारीता पुरस्कारबाट सम्मानित गरिएको हो । उहाँहरुलाई नगद सहित सम्मानित गरिएको हो । त्यस्तै हरेक बर्ष संघले एक जिल्ला शाखालाई उत्कृष्ट शाखा घोषाण गरी सम्मान प्रदान गर्दै आईरहेको छ । तर यस बर्षको उत्कृष्ट शाखा दुई वटा जिल्ला शाखा पर्न सफल भएका छन् । जसमा चितवन शाखालाई महाधिवेशन कार्यक्रमा सम्मानित गरिएको हो । त्यस्तै कपिलबस्तु शाखालाई एक कार्यक्रमका विच उत्कृष्ट शाखा घोषाण गर्ने कार्यक्रम रहेको निवर्तमान अध्यक्ष मदन चौधरीले जनकारी दिनुभयो ।

दहितको नेतृत्वमा थारु पत्रकार संघको नयाँ कार्यसमिति
त्यस्तै महाधिवेशनले केन्द्रीय महाधिवेशनले सन्तोष दहितको नेतृत्वमा थारु पत्रकार संघको नयाँ कार्यसमिति चयनगरेको छ । थारु पत्रकार संघ नेपालको चौथो केन्द्रीय महाधिवेशनको चितवनको सौराहामा सम्पन्न महाधिवेशनका लागि भदौं २० गते नै देशभजबरका थारु पत्रकार चितवनको सौराहा भेला भई अधिबेशन सम्पन्न गरेका हुन् । संघको देशभर १८ जिल्लामा शाखा छ । जहाँ करिब अढाईसय पत्रकार आवद्ध छन् । थारु पत्रकार संघ नेपालले सन्तोष दहितको (दाङ्ग) अध्यक्षतामा दुई सदस्य मनोनयन गर्ने गरि १७ सदस्यीय नयाँ कार्य समिति सर्वसहमति चयन गरेको निर्वाचन समितिका संयोजक लक्की चौधरीले जनकारी दिनुभयो । जसमा महासचिबमा सन्त कुमार चौधरी (चितवन), उपाध्यक्षमा उन्नती चौधरी (कैलाली), सचिबमा कमल चौधरी (रुपन्देही), कोषाध्यक्षमा दुष्यन्त चौधरी (बारा) रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा राजु चौधरी (चितवन), रामचन्द्र कुश्मी (कञ्चनपुर), हेमन्त चौधरी (बाँके), दिप्ती शिखा चौधरी (दाङ्ग), श्रीराम दहित (दाङ्ग), मधुरानी चौधरी (बाँके), रेनु चौधरी (बारा), शम्भु प्रसाद थारु (बाँके), राम अवतार चौधरी (कपिलबस्तु), चन्द्रिका चौधरी (कञ्चनपुर) चयन भएका छन् ।

९ बुदेँ घोषणापत्र जारी गर्दै महाधिवेशन सम्पन्न
महाधिवेशनमा ९ बदें चितवन सौराहा घोषणापत्र जारी गर्दै २१, २२ र २३ गतेको महाधिवेशन कार्यक्रम सम्पन्न भएको छ । जसमा नेपालको संविधान २०७२ ले थारु समुदायलाई छुट्टै क्लस्टरको व्यवस्था गरेकोले सोही अनुसार नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारी र सदस्यहरुमा थारु कोटाको छुट्टै व्यवस्था हुनुपर्ने, थारु क्लस्टर छिन्न भिन्न बनाइएकोले थारु पहिचान खुल्ने गरी छुट्टै प्रदेश र सांविधानले व्यवस्था गरेको विषेश क्षेत्र र संरक्षित क्षेत्र निर्माण गर्न, थारु बाहुल क्षेत्र रहेको स्थानीय तहहरुमा थारु मातृभााषालाई कामकाजी भाषा बनाउन, नेपाल सरकार (संघ, प्रदेश र स्थानिय तह) ले पत्रकारिताको विकासका लागी प्रदान गर्दे अनुदान र सहयोग थारु पत्रकार संघलाई उपलब्ध गराउन, मुलधारका मिडियामा थारु समुदायका सबाल प्रकाशन तथा प्रसारण सन्तोषजनक नभएकाले त्यमा ध्यान दिन लायत ९ बुदें घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न भएको घोषणापत्र तयारी समितिका संयोजक गणेश चौधरीले जानकारी दिनुभयो ।