महान् सर्वहारा सांस्कृतिक क्रान्ति

सोभियत रूसको कम्युनिस्ट आन्दोलनको इतिहासमा खुश्चेव स्टालिनका महाभक्त थिए । सन् १९५३ मा स्टालिनको निधन भएपछि खुश्चेवले स्टालिनका विरूद्धमा तरवार उठाएका थिए । चीनको कम्युनिस्ट आन्दोलनमा लिनपियाओ पनि माओका महाभक्त थिए । लिनपियाओले माओको हत्या गर्ने षडयन्त्रको नेतृत्व गरे । चिन्तनगत हिसाबले दुवै स्तुतिवादी नेताहरू थिए । तिनको परिणती खतरनाक भयो ।

– शशिधर भन्डारी

विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्ति एउटा अनुपम घटना थियो । कम्युनिस्ट पार्टीले सत्ता हासिल गरेपछि पुँजीवादको पुनस्र्थापनाका विरूद्धमा संचालित यो क्रान्ति कम्युनिस्ट पार्टीभित्रको माक्र्सवाद र संशोधनवादका बीचको खुल्ला निर्मम, तीब्र र भीषण संघर्षको इतिहास हो । चिनियाँ कम्युनिस्ट पार्टीको मुख्यालयमा संशोधनवादीहरूको बहुमत भएपछि स्वयं माओलाई “पार्टी मुख्यालय माथि वम वर्षाउ” भन्न प¥यो । सन् १९७६ मा माओको निधन हुँदा बित्तिकै चीनमा प्रतिक्रान्ति भएपछि सर्वहारा सांस्कृतिक क्रान्तिका चार जना सेनानीहरूलाई संशोधनवादीहरूले कडा सजायको भागिदार बनाए । यही सिलसिलामा माओकी पत्नी कमरेड च्याङचिङलाई बीसौं वर्ष जेलमा बस्न प¥यो र जेलमै रहस्यमय तरिकाले उनको दुःखद निधन भएको थियो ।

सोभियत संशोधनवादको खुल्ला वकालत गर्न थालेपछि रक्षामन्त्री पेङतेह हुईलाई पार्टीले पदबाट बर्खास्त गरेको थियो । त्य दौरानमा स्वयं माओले पनि राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । ल्यू शाओची राष्ट्रपति भएका थिए । पेङ तेह हुइको बर्खास्तीलाई दक्षिणपन्थीहरूले अत्यन्त ठूलो मुद्दा बनाए । त्यस सिलसिलामा दक्षिणपन्थी संशोधनवादीहरूले पहिले कला, साहित्य, शिक्षा लगायतका क्षेत्रमा समेत आफ्नो वैचारिक प्रभुत्व कायम गरेर क्रान्तिकारीहरूलाई आक्रमण गर्ने नीति अपनाए । यसरी आफ्नो जनमत तयार पार्ने नीति अन्तर्गत दक्ष्ँिणपन्थीहरूले सन् १९६१ मा “हाई चुई पदबाट बरखास्त गरियो ।” (Haif\ Juif\ Dimissed From Office) भन्ने नाटकको प्रदर्शन गरे । सर्वप्रथम बेजिङमा रिहल्सन गरिएको सो नाटक बेजिड्डका उप मियर बुहानले लेखेका थिए । सो नाटकमा माओलाई बादशाह बताइएको थियो । र एउटा बादशाहले हाइचुईलाई पदबाट बर्खास्त गरेको घटना उल्लेख गरेर पेङ तेह हुईलाई हाइजुइको “सिम्बोल” बनाइएको थियो । यो नाटकको कारण पार्टीमा गम्भीर विवादको सुत्रपात भयो । पार्टीले नाटकको परिभाषा लगाउन र तथ्य पत्तालगाउन भनेर एउटा आयोग बनायो । सो आयोगको अध्यक्षमा पेङ चेन नियुक्त भएका थिए । उनी बेजिड्ड नगर प्रमुख र सो नाटकका समर्थक थिए । सो आयोगले १९६६ मा एउटा प्रतिवेदन पार्टीलाई बुझायो । सो प्रतिवेदनमा वास्तविक तथ्य र उद्देश्यलाई बड्डाएर प्रस्तुत गरिएको थियो । प्रतिवेदन बाहिर आएपछि विवादले झन उग्र रूप लियो । अबको वादविाद पार्टी घेराभन्दा बाहिर गयो । असन्तुष्टहरूले सो नाटकका विरूद्धमा हेन्डविल, पर्चा, भित्ते लेखन र पोस्टरहरू बनाएर संशोधनवादका विरूद्धमा प्रतिरोध गर्न थाले । विश्व विद्यालय, विद्यालय प्राविधिक शिक्षालय मात्र होइन प्रशासनिक र विकासे कार्यालयहरू समेत सैद्धान्तिक राजनीतिक बहसका केन्द्र बन्न थाले ।

कैयौं शैक्षिक संस्थाहरू बन्द र आम हड्तालका केन्द्र बन्न गए । जनसाधारणले समेत खुल्ला रूपमा आफ्ना विचारहरू प्रकट गर्न थाले । त्यस दौडानमा केही बुद्धिजीवी, पुराना पुँजीपति तथा डाक्टर इन्जिनियरको ठूलो तप्का लम्बे छलाड्डको मात्र होइन माओको क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी लाइनको विरूद्धमा खडा भयो । बहस विशेषतः नाटककै विषयमा केन्द्रित भयो । माओको राजनीतिक लाइनका पक्ष्ँधर युयाओ बेन युनले “हाई चुई पदबाट बर्खास्त गरियो” भन्ने नाटकको भन्डाफोर गरेर एउटा लेख लेखे । त्यो लेखले दक्षिणपन्थीहरूको मंथिगलमा भयानक हलचल मच्चाएको थियो । यो लेख १९६५ मा साँघाईको प्रकाशनगृहबाट प्रकाशन भएको थियो किनभने बेजिड्डको सम्पूर्ण पार्टी संयन्त्रको कमान्ड दक्षिणपन्थीहरूको हातमा थियो । सन् १९६६ मा चीनको कम्युनिस्ट पार्टीले माओको नेतृत्वमा पुँजीवादको पुनस्र्थापनाको खतरा तथा संशोधनवादी लाइनका विरूद्धमा व्यापक रूपले संघर्ष उठाउन र त्यसका पक्षमा जनमत तयार पार्न भनेर त्यस वर्षको अगस्तमा सर्वहारा सांस्कृतिक क्रान्तिको घोषणा ग¥यो । पार्टीले १६ सुत्रीय घोषणापत्र जारी गर्दै पुँजीपति वर्ग सत्ताबाट फ्याँकिए पनि तिनीहरूले जनताका पुराना विचार, पुरानो संस्कृति र पुराना चलन भन्ने पिछडिएको चेतनास्तरलाई उपयोग गरेर पुँजीवादको पुनस्र्थापनामा जोड लगाउँछन् । त्यसैले सत्तामा रहेका पुँजीवादी बाटो समातेका तत्वहरूलाई पराजित गर्नु, प्रतिक्रियावादी चिन्तनप्रणाली बोकेका शैक्षिक अधिकारीहरूको आलोचना गर्नु, सबै खाले शोषक र प्रतिक्रियावादी विचारधाराका विरूद्ध संघर्ष गर्न , शिक्षा, साहित्य, कला र संस्कृतिलाई समाजवादीकरण गर्नु, समाजवादी आर्थिक, सामाजिक आधारभूमीसित मेल नखाने सम्पूर्ण अधिरचना –क्गउभच कतचगअतगचभ लाई बदल्नु । थोरै संख्यामा रहेका अतिप्रतिक्रियावादी पुँजीवादी दक्षिणपन्थीहरू र सबै संशोधनवादीहरूलाई नियन्त्रण गर्ने काममा पार्टीको क्रान्तिकारी तागतलाई एकजुट बनाउनु नै थियो । त्यसक्रममा पार्टीले पार्टीभित्रका पुँजीवादी बाटो समातेका सत्ताधारीहरूलाई हटाउने कुरामा प्रधान जोड दिने फैसला ग-यो ।

इतिहासका निर्माता जनता हुन् । राजनीतिमा हारजीतको फैसला गर्ने तागत बहुसंख्यक जनतामा हुन्छ भन्ने विश्वास माओलाई थियो । मेहनतकस जनतालाई जागृत र सैद्धान्तिक रूपमा लेस बनाएर मात्र पुँजीवादको पुनस्र्थापनालाई रोक्न सकिन्छ भन्ने उद्देश्यले माओको नेतृत्वमा सर्वहारा सांस्कृतिक क्रान्ति अगाडि बढेको थियो । पुँजीवादी दृष्टिकोण बोकेका पार्टीका उच्च तहका पदाधिकारीका विरूद्ध जनताले खुल्ला र कडा आलोचना गरे । पार्टी मुख्यालयको यो कार्यमा असहयोग भयो । त्यसकारण माओ–त्सेतुङले “हेडक्वाटर माथि वम वर्षाउ” भन्नुभयो । सर्वहारा सांस्कृतिक क्रान्तिलाई अगाडि बढाउन भटाभट लालरक्षकहरू गठन हुँदै गए । लालरक्षकहरूले तुफानको गतिमा आफ्नो अभियान अगाडि बढाउँदा कैयौं आधिकारी जनकार्वाही र बरर्खास्तीमा परे । ल्यू शाओचीले लालरक्षकहरूका सम्पूर्ण समितिहरूलाई अवैद्य घोषणा गरे । तर लाल रक्षकहरूको अभियान थप तेज गतिले अगाडि बढ्यो । लालरक्षकको भूमिकाको प्रश्नलाई लिएर कम्युनिस्ट पार्टीभित्र माओ–त्सेतुङ र ल्यूशाओचीका बीचको मतभेदले अत्यन्त उग्र रूप लियो । ल्यू शाओची र देङस्याउपिङले आफ्नो दक्षिणपन्थी तथा संशोधनवादी लाइनलाई अगाडि बढाई रहे । सन् १९६८ अक्टुवर मा चिनियाँ कम्युनिस्ट पार्टीको आठौं केन्द्रीय समितिको बाह्रौं पूर्ण बैठकले ल्यू शाओची र देड्ड स्याउपिङलाई पार्टी र सरकारका सबै जिम्मेवारी र पदीय दायित्वबाट हटाउने निर्णय ग¥यो । सन्१९६७ को अन्त्सम्ममा सम्पूर्ण चीनमा क्रान्तिकारी जनसमितिहरू गठन गरिसकिएको थियो । ती समितिहरू सेना, क्रान्तिकारी कार्यकर्ता तथा मजदुर वर्गीय एकतामा आधारित थिए । शिक्षण संस्था, कृषि उद्योग, ठूला उद्योग लगायतका सम्पूर्ण तहमा त्यसप्रकारका समितिहरू स्थापना गरिएका थिए ।

सामाजिक वर्ग संघर्ष, उत्पादनका लागि संघर्ष र वैज्ञानिक प्रयोग आदि क्षेत्रमा समाजवाद निर्माण प्रक्रियाका निम्ति संघर्ष गर्दै सलहको गतिमा लालरक्षकहरू अगाडि बढेका थिए । कार्य सम्पादनका क्रममा उपस्थित समस्याहरूलाई सुझाव, आलोचना र रूपान्तरणको विधिबाट समाधान गर्ने गरियो । सर्वहारा सांस्कृतिक क्रान्तिको दौरानमा नयाँ पिंढीबाट क्रान्तिकारी योद्दाहरू नेतृत्वदायी भूमिकामा अगाडि आए, त्यसमा कमरेड चिङचाङ चाओ, कमरेड बाँङहुङ वेन, कमरेड याओ वेन युआन र कमरेड च्याङचिङ (माओ पत्नी) मुख्य छन् । तिनीहरूले कमरेड माओको निर्देशन र सल्लाह बमोजिम अत्यन्त क्रान्तिकारी जोस र उत्साहका साथ काम गरे । सर्वहारा सांस्कृतिक क्रान्तिको समयमा कृषि र उद्योग, गाउँ र शहर तथा बौद्धिक श्रम र शारीरिक श्रमका बीचमा रहेको विभेदलाई न्यूनिकरण गर्ने प्रयत्न गरिएको थियो । सार्वजनिक स्थलहरूमा “बुर्जुवा वा पुँजीवादी पार्टी मुख्यालयमाथि वमवार्ड गर”, प्रतिक्रियावादीहरूका विरूद्ध विद्रोह गर्नु न्यायोचित छ,” लगायतका नाराहरू लेखिएका हुन्थे । विद्यालय र विश्व विद्यालयका प्रध्यापक, शिक्षक र विद्यार्थीहरूले सैद्धान्तिक अध्ययनमा समय लगाए त्यसपछि कारखाना, उद्योग र कृषिका फर्महरूमा गई किसान मजदुरसित उत्पादन कार्यमा सहभागिता जनाउने र सीप आर्जन गर्ने गर्दथे । सांस्कृतिक क्रान्तिको कालमा कैयौं क्षेत्रहरूमा केही उग्रज्यादती र उपद्रहहरू पनि भएका थिए । पार्टीमा सेनाको भूमिका बढेको थियो ।

२६ मार्च १९६७ मा ३५ जना प्रमुख व्यक्तिहरूलाई जनमुक्ति सेनाको सहयोगमा लालरक्षकहरूले गिरफ्तार गरेका थिए । १८ सिप्टेम्बर १९६६ मा पेकिङमा एउटा विशाल जनसभाको आयोजना गरियो जुन सभामा ल्यू शाओचीको राजनीतिक लाइनको मात्र आलोचना भएन उनीमाथि व्यक्तिगत रूपमा पनि लालछनाहरू लगाइयो । “चिनियाँ सुश्चेव” उनको उपनाम जस्तो भयो । आफ्नो अभियानका दौरान सांस्कृतिक क्रान्तिका एकजना अगुवा चेनपौताले सशस्त्र प्रतिरोध पनि गरेका थिए । पछि माओको पहलकदमीमा उनलाई विशेष जिम्मेवारीबाट मुक्त गरिएको थियो ।

केही कमजोरीहरूका बाबजुद महान सर्वहारा सांस्कृतिक क्रान्तिको लक्ष्य र स्पीरिट सही थियो । सन् १९६९ अप्रेल १ देखि २४ सम्म चिनियाँ कम्युनिस्ट पार्टीको नवौं महाधिवेशन बेजिङमा सम्पन्न भएको थियो । त्यो एउटा गरमागर्मी बहसको महाधिवेशनले सर्वहारा सांस्कृतिक क्रान्तिको सकारात्मक मूल्यांकन गर्दै त्यसको स्पीरिटलाई जोडदार रूपमा पक्रने निर्णय ग¥यो । नवौं महाधिवेशनको राजनीति प्रतिवेदन पार्टी केन्द्रको तर्फबाट लिन पियाओले प्रस्तु गरेका थिए । सो प्रतिवेदनमा ल्यू शाओचीको कडा आलोचना थियो । त्यतिबेला लिन पियाओ माओका दाहिने हात हुन् भन्ने महसुस हुन्थ्यो । १९७३ को २४ अगस्त देखि २८ सम्म वेजिङमा नै पार्टीको दशौं महाधिवेशन भयो सो महाधिवेशनमा पार्टी केन्द्रको तर्फबाट चाउ एन लाइले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे । त्यसमा लिनपियाओको षडयन्त्रकारी भूमिकाको तीब्र आलोचना थियो । दशौं महाधिवेशनले लिनपियाओको षडयन्त्रकारी भूमिकाको आलोचना मात्र गरेन । महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई निरन्तरता दिने निर्णय समेत गरेको थियो । तर सर्वहारा सांस्कृतिक क्रान्तिकै कालमा पार्टी र सरकारको जिम्मेवार पदबाट फालिएका ल्यू शाओची र देड्डस्याउपिङलाई पुनः पार्टी र सरकारमा पुनस्र्थापना गर्ने निर्णय गरेर महाधिवेशनले गम्भीर गल्ती गर्न पुग्यो । वास्तविक अर्थमा ल्यू शाओची र देड्डस्याउपिङलाई पुनस्र्थापना गर्ने काममा प्रधानमन्त्री चाउ एनलाईको मुख्य पहलकदमी रहेको थियो । चिनियाँ कम्युनिस्ट आन्दोलनको इतिहासमा चाउ एनलाईले वामपन्थी र दक्षिणपन्थी राजनीतिक लाइनका प्रश्नमा चल्ने अन्तरसंघर्षमा मध्यपन्थी भूमिका निर्वाह गरेका थिए । उनको त्यो मध्यपन्थी भूमिकाले क्रान्तिकारीहरूलाई कम तर दक्षिणपन्थीहरूलाई बढ्ता फाइदा पुग्न गयो । जसले गर्दा एकपटक संशोधनवादी दक्षिणपन्थी करार भएर सरकार र पार्टीबाट अपदस्त भएका व्यक्तिहरूको पुनस्र्थापना हुँदा माओको निधन पश्चात् प्रतिक्रान्तिका लागि सहज वातावरण निर्माण भयो ।

महाधिवेशनमा दक्षिणपन्थीहरूको पुनस्र्थापनाको प्रश्नलाई लिएर सर्वहारा सांस्कृतिक क्रान्तिका सेनानी चिङचाङचाओ, च्याङचिङ, वाङ हुङ वेन, याओ वेन युआन आदिले कडा विरोध गरेका थिए । १९७६ को जनवरी महिनामा चाउलाईको देहान्त भयो । शोकसभामा देड्ड स्याउपिङले माओ विचारधाराका विरूद्धमा भाषण गरे । त्यसपछि ७ अप्रेलमा बसेको पार्टीको पोलिटव्यूरो बैठकले देड्ड स्याउपिड्डलाई सरकार र पार्टीका सम्पूर्ण पदहरूबाट हटाउने निर्णय ग¥यो । बैठकले हुवाको फड्डलाई पार्टीको प्रथम उपाध्यक्ष र सरकारको प्रधानमन्त्री बनाउने निर्णय ग¥यो । १९७६ कै सेप्टेम्बर ९ मा माओको दुःखद निधन हुन गयो । माओको निधन भएको एक महिना पनि बित्न नपाउँदै चीनमा प्रतिक्रान्ति भयो । सरकार र पार्टी दक्षिणपन्थी संशोधनवादीहरूको कब्जामा गयो । सर्वहारा सांस्कृतिक क्रान्तिका सेनानीहरूमा चिङचाङ चाओ, च्याङचिङ, क, वाङ, हुङ वेन, माओ बेन युआन जस्ता व्यक्तित्वहरूलाई पक्रेर कारवासको सजाय दिइयो । सांस्कृतिक क्रान्ति पक्ष्ँधर कार्यकर्ताहरूलाई व्यापक रूपमा धरपकड गरियो । सांस्कृतिक क्रान्तिको अन्तिमतिर पार्टीको प्रथम उपाध्यक्ष र प्रधानमन्त्री बनेका हुवाको फेड्डलाई पनि दक्षिणपन्थीहरूले नै उपयोग गरे । २५ जनवरी १९८१ मा प्रतिक्रान्तिकारी अदालतले लिन पियाओको तहमा झारेर कमरेड च्याङचिङ र च्याङ चुन चियाओलाई आजीवन कैद, वाड्डहुङ वेनलाई जन्मकैद र माओ वेन यु आनलाई २० वर्ष कैदको सजाय सुनाइएको थियो । कमरेड च्याङचिङ र च्याङचुन चियाओले उच्चप्रकारको क्रान्तिकारीताका प्रदर्शन गरेका थिए ।

सन् १९६६ देखि १९७६ सम्मको दशवर्ष चीनमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको काल रह्यो । यो कम्युनिस्ट पार्टीभित्र घुसेका पुँजीवादी तत्वहरूका विरूद्धको विराट संघर्षको इतिहास हो । यो सर्वहारा सांस्कृतिक क्रान्ति विश्व कम्युनिस्ट आन्दोलनको प्रेरणाको स्रँेत बोकेको महाक्रान्ति हो । सांस्कृतिक क्रान्तिमा केही सामान्य कमजोरी अवश्य भएका थिए तर त्यो क्रान्तिको स्पीरिटको मूल्यांकन गर्न पर्दा सांस्कृतिक क्रान्ति वर्तमान र भावी कम्युनिस्ट आन्दोलनको प्रवाहमा वैचारिक संघर्षका दौरानमा आवश्यक पर्ने एक ऐतिहासिक मार्गदर्शन हो ।

लिन पियाओ प्रकरण :

इतिहासका अघिला दृश्यहरू हेर्दा लिन पियाओको जीवन चिनियाँ कम्युनिस्ट आन्दोलनको इतिहासमा वीरता र समर्पणले भरिएको देखिन्छ । सन् १९०८ मा चीनको हुपेईमा एउटा कारखाना मालिकको परिवारमा जन्मेका लिन पियाओ जीवनका सम्पूर्ण क्षण कम्युनिस्ट आन्दोलनमा बिताएका थिए । सांस्कृतिक क्रान्तिको कालसम्म आउँदा उनी माओको अन्धसमर्थकका रूपमा अत्यन्त महत्वपूर्ण स्थानमा थिए । लिन पियाओले जापानी साम्राज्यवाद विरूद्धको युद्धमा अनुपम वीरता प्रदर्शन गरेका थिए । त्यस दौरानमा उनी लडाईमा घाइते पनि भएका थिए । सन् १९५९ मा रक्षामन्त्री पेङ तेह हुईले लम्बे छलाड्डको विरोध गरेर खुश्चेवी संशोधनवादको वकालत गरेपछि पार्टीले उनलाई पदबाट हटायो । त्यसपछि पेङ तेह हुइको स्थान लिन पियाओले लिएका थिए । अनि लिनपियाओले माओको कार्यक्रमको पक्षमा उग्र आवाज उठाउन थाले र चिनियाँ जनमुक्ति सेनालाई व्यवस्थित बनाउने काम पनि गरे । सन् १९६५ मा लिन पियाओलाई पार्टीले प्रथम उपप्रधानमन्त्री पदमा नियुक्त ग¥यो । लिनपियाओले भाषण र प्रशिक्षणमा माओका भनाईहरूलाई उद्धत गरेर मात्र विषयवस्तु प्रस्तुत गर्दथे । माओका प्रमुख भनाईहरूलाई एकत्रित गरेर उनले एउटा पुस्तिका पनि प्रकाशन गरेका थिए । लिनपियाओले माओप्रतिको अन्धभक्ति एकपटक यसरी प्रकट गरेका थिए ।” माओ–त्सेतुड्डका विचारहरूलाई यदि हामीले मान्दछौं भने त्यसलाई क्रियान्वयन पनि गर्नुपर्दछ । अझै पनि हामीले माओका विचारहरूलाई मान्न सकेका छैनांै । आँखा चिम्लेर उनका विचारलाई स्वीकार गर्नुपर्दछ ।”

अक्टुवर १९६८ मा लिउ शाओची बर्खास्तीमा परे । पछि त्यो स्थानमा लिन पियाआ पुगे । उनी चिनियाँ कम्युनिस्ट पार्टीका उपाध्यक्ष मात्र होइन । माओ–त्सेतुङका उत्तराधिकारी समेत घोषित भएका थिए । चीनमा उनी शक्तिशाली हुँदै गएपछि उनलाई माओको नजिकको नेता भनेर समेत सम्बोधन गर्न थालियो । कम्युनिस्ट आन्दोलनमा कही नभएको र असोभनीय कुरा लिन पियाओलाई माओको उत्तराधिकारी घोषणा गरेर चिनियाँ कम्युनिस्ट पार्टीले ठूलो गल्ती गरेको थियो ।
१९६९ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनमा लिन पियाओले नै राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो राजनीतिक प्रतिवेदन ल्यू शाओचीका विरूद्धमा जोडले केन्द्रित भएको छ । लिनपियाओमा वाम दुस्साहसवादी चिन्तनको जोड थियो । लिनपियाओको पुस्तक जनयुद्धको विजय दीर्घजीवि हुन्छ भन्ने थियो । नवौं महाधिवेशनको दस्तावेजले पनि त्यो झलक दिन्छन् । त्यतिबेला सोभियत संघमा संशोधनवादी राजनीतिक लाइन व्यवस्थित भइसकेको थियो । सोभियत संशोधनवादको प्रभाव विश्वव्यापी भएको कारणले विश्व कम्युनिष्ट आन्दोलन माथिल्लो तह मात्र होइन विश्वभरीका कम्युनिस्ट पार्टीहरू सोभियत धु्रव र चिनियाँ धु्रवमा विभाजित भई सकेका थिए । पार्टी विभाजन नभएका कतिपय मुलुकहरूमा संशोधनवाद र माक्र्सवाद लेनिनवादका बीचमा गम्भीर मतभेद र अन्तरसंघर्षको अवस्था तीब्र बनेको थियो । चिनियाँ कम्युनिस्ट पार्टीमा पनि सोभियत संशोधनवादको बेजोड प्रभाव परेको थियो । पेङतेह हुई, देङ स्याउमिङ तथा ल्यू शाओचिहरूले त्यो धारको नेतृत्व गरिरहेका थिए । त्यसैले त्यो समय माक्र्सवादी लेनिनवादी धारा कमजोर रहेको र दक्षिणपन्थी संशोधनवादी धार शक्तिशाली भइरहेको अवस्था थियो । निश्चय नै सच्चा माक्र्सवादी लेनिनवादी आन्दोलनका लागि संशोधनवाद एउटा चुनौती बनेको थियो । यस्तो अवथामा लिनपियाओले “नयाँ युग” को अवधारणा अगाडि सारे । यसरी उनले “नयाँ युग” को व्यवस्थाका साथ साम्राज्यवादको पूर्ण पतन र समाजवादको विश्वव्यापी विजयको युगको रूपमा परिभाषा गरे । उनले माओ–त्सेतुङ विचारधारालाई नयाँ युगको माक्र्सवाद लेनिनवाद बताए र माओवादी युग शुरू भएको जिकिर समेत गरे । वास्तविक रूपमा लिन पियाओको यो विचार ठोस परिस्थितिको ठोस विश्लेषणमा आधारित नभएर मनोगतवादमा आधारित थियो । सही रूपमा लिन पियाओको यो विचारले वाम दुस्साहसवादको प्रतिनिधित्व गर्दथ्यो ।

लिनपियाओको यस्तो वाम दुस्साहसवादी लाइनको असर पनि विश्वव्यापी बन्न गएको थियो । भारतको कम्युनिस्ट आन्दोलनमा महादेव मुखर्जीले लिनपियाओको लाइनको समर्थन गरेका थिए । लिनपियाओ वाम दुस्साहसवादी लाइनमा उभिन सकेनन् । नवौं महाधिवेशनमा चेनपोंदा र लिन पियाओले तयार पारेको मस्यौदा पार्टीको केन्द्रीय समितिले सच्चाएको थियो । त्यस्तो उग्रता टिक्न सक्ने अवस्था भएन । रक्षा र उपप्रधानमन्त्री र सैन्य क्ष्ँेत्रको हर्ताकर्ता हुँदा लिन पियाओमा धेरै अभियान पनि बढ्यो । माओ र पार्टी केन्द्रीय समितिले आलोचना र चेतावनी दिंदा समेत लिनपियाओमा सुधार हुन सकेन । उत्तराधिकारी घोषित भएको कारणले सीघ्र सत्ताप्राप्तिको लालसाले पनि उनलाई खेद्न थाल्यो । कमरेड माओ–त्सेतुङसित पार्टीको कार्यप्रणाली लगायतका विषयमा मतभेद शुरू भएपछि लिन पियाओले सोभियत संशोधनवादी नेताहरूसित सम्बन्ध विस्तार गरे । १९४९ मा चीनमा जनताको नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि अमेरिकाले चीनलाई राष्ट्र नै स्वीकार गरेको थिएन । च्याङकाइसेकको फर्मासालाई मात्र राष्ट्र मानेर सम्बन्ध कायम गरेको थियो । तर माओ–त्सेतुङले नेतृत्व गरेको कम्युनिस्ट चीनले छोटो समयमा नै विकास र समृद्धि प्राप्त ग¥यो । चीन पनि एउटा शक्ति राष्ट्रका रूपमा उदायो । चीन संयुक्त राष्ट्र संघको सदस्य पनि थिएन । सोभियत संघ र चीनका बीचमा सिद्धान्तको प्रश्नलाई लिएर विवाद तीब्र बनेपछि अमेरिकाले चीनसित कुटनीतिक सम्बन्ध कायम गर्नका लागि इच्छा प्रकट ग¥यो । त्यसका लागि वातावरण निर्माण गर्न पाकिस्तानलाई मध्यस्तताका लागि आग्रह ग¥यो । कमरेड माओ–त्सेतुङले पनि अमेरिकासित कुटनीतिक सम्बन्ध स्थापना गर्न उचित माने । अमेरिकाका तत्कालिन राष्ट्रपति निक्सनले चीनको भ्रमण गर्ने कार्यक्रम बन्यो । लिनपियाओले अमेरिकासित कुटनीतिक सम्बन्ध कायम गर्न हुँदैन भन्ने मत राखे ।

त्यतिबेलाको राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक शक्ति सन्तुलनका लागि अमेरिकासितको कुटनीतिक सम्बन्धको आवश्यकता थियो । माओको त्यो द्वन्द्वात्मक नीतिलाई लिन%