बाणगंगामा अद्भूत दैवीय अनुभूति हुने शिवा पार्वती गुफा

कमलचौधरी, कपिलबस्तु । साउन २८ ।  कपिलवस्तुको वाणगंगा–८ मा रहेको अद्भुत दैवीय अनुभूति हुने शिवा पार्वती गुफाले एक एक भक्ताजनहरु जान थालेका छन् ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग बोर्डगाँउ बन्डौली, मोर्मी हुँदै करिव ६ किलो मिटर उत्तर विशाल जंगल भित्र अद्भुत दैवीय अनुभूति हुने दर्शनीय शिवा पार्वती गुफाले अहिले दिनहुँ भक्ताजनहरुको चाप हुन थालेको छ ।
उक्ता गुफा भित्र शिवा र पार्वती जस्तै आकृति देखिएको र धेरै बर्ष पहिले देखि त्यस ठाउँमा बाबाले ध्यान गरेकोले छुट्टै अध्यत्मीक शक्ति रहेको जनविश्वस छ ।
प्राचीन भागिरथी नदिको प्रतिक मानिएको बाणगङ्गा नदिको ऐतिहासिक, धार्मिक महत्व संगै शिवा पर्वती गुफाले बाणगंगा नगर सांच्चैनै एउटा छुट्टै आध्यत्मीक तथा धार्मिक स्थाल रहेको स्थानीयहरुको दावी छ ।
हुन त यस ठाउँमा भगवान रामचन्द्रले बनवासमा रहँदा पानीको समस्या देखि बाण प्रहार गरि पानीको मुल फुटेर गंगाको रुपमा परिणत भई बाणगङ्गा नदिको नामाकरण पनि यस ठाउँमा गरिएको विभिन्न किमदन्तीहरु रहिआएको छ ।
यही ठाउँमा शाक्य दर्शनका प्रणेता महर्षी कपिलमुनिको तपोभूमि, श्रृङ्गिघाट, मधुवनधाम, कपिलधाम, रामदातुवीन, लक्ष्मण घाट संगै शिवा पार्वती गुफाको सम्बन्ध हुन सक्ने जनविश्वास रहिआएको छ ।
सथै यस कपिलबस्तुमा विभिन्न कालखण्डमा ऋषीमुनिहरुको ध्यान स्थाल र शक्तिपिठहरु रहको विभिन्न लेखहरुमा उल्लेख भएको हुनले उक्त शिवा पार्वती गुफा पनि प्राचिन ऋषीमुनीहरुको ध्यान स्थाल रहेको हुनसक्ने सजिलै अनुमान गर्न सकिन्छ ।
अद्भूत अध्यत्मीक शक्ति रहेको जनविश्वास
शिवा र पार्वतीको जस्तै अकृति देखिएको र धेरै बर्ष देखि यस ठाउँमा बाबाहरुले ध्यान गर्दै आएकोले यस ठाउँमा अध्यत्मीक शक्ति रहेको त्यहाँ बस्दै आएका एक जना बाबाले जनकारी गराए ।
त्यहाँ एक जना मनिसले त्यस शिवा पार्वती गुफामा रहेको शिला घर लगेपाछी विरामी भएको र पुनः त्यो शिलालाई त्यही ठाउँमा राखेरा पुजा गरेपछी ठिक भएपछि गुफामा पुजा तथा भकल गर्न आउँने गर्दछन् ।
त्यस गुफामा आफुले मागेको मनोकामना पुरा हुने जनविश्वास रहेको स्थानिय बसिन्द कृष्ण घिमिरेले जनकारी गराए ।
वडा अध्यक्ष सहितको टोली द्वारा शिवा पार्वती गुफाको आवलोकन
एक–एक भक्तजनहरु जान थालेपछि मंगलबार बाणगंगा–८ का वडा अध्यक्ष गुणनिधी भुषाल सहितको टोली द्वारा उक्ता क्षेत्रको अवलोकन गरिएको छ ।
आवलोकनको क्रममा टोलविकास समितिका अध्यक्ष संक्रान्ती चौधरी, समाजसेवी राविराज आचार्य, समाजसेवी धुव्र कडेल, टोल विकास समितिका सचिव राज कडेल, पत्रकार कमल चौधरी लगायतको टोलीले शिवा पार्वती गुफाको आवलोकन गरेको हो ।
बाणगंगा–८ वडा अध्यक्ष गुणनिधी भुषालले गुफाको आवलोकन गर्दै साँच्चै यस ठाउँमा अध्यत्मीक शंक्ति रहेको र यसलाई संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक रहेको बताए । उहाँले बाणगंगा–८ त्रिशक्ति समुदायिक वन भित्र पर्ने शिवा पार्वती गुफाको संरक्षण र प्रवद्र्धन गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्दै छिट्टै यहाँ आउँने भक्तजनहरुको लागी आवस निर्माण गर्ने जनकारी गराए ।
त्यस्तै समाजसेवी राविराज आचार्यले यस शिवा पार्वती गुफालाई गुरु योजना अनुसार विकास गर्दै अगाडी लैजाने बताए । उनले बाणगंगा नगरको प्रर्यटकीय विकासको लागी यस शिवा पार्वती गुफाले महत्वपूर्ण भुमिका खेल्ने दावी समेत गरे ।
त्यस्तै टोल विकास समितिका अध्यक्ष सक्रान्ती चौधरीले अद्भुत अध्यत्मीक शक्ति भएको यस पवित्र स्थाल शिवा पार्वती गुफाको प्रचार–प्रसार गर्दै यस ठाउँको संरक्षण र प्रवद्र्धन गर्दै विकास गर्दै अगाडी बढाउँने जनकारी दिए ।
भक्तजनलाई समस्या
शिवा पार्वती गुफालाई दिनहुँ पुजा गर्न जाने कृष्ण घिमिरेले भने —“छिट्टै राम्रो बाटो, विजुली र खाने पानीको राम्रो व्यवस्था हुनुपर्छ । राम्रो बाटो नहुँदा कतिपय दर्शकहरु त्यस ठाउँमा पुग्न समास्य रहेको गुनासे गरे ।”