पारिजात र भारतीय साहित्य

नेपाली जनक्रान्ति आज महत्वपूर्ण ऐतिहासिक मोडमा आइपुगेको छ तर यी सबैको साक्षी बन्नका लागि हाम्रा बीचमा पारिजात जीवित छैनन् । उनको विरासत थामेर हिँड्ने उनका पुराना साथीहरू लेखक–संस्कृतिकर्मीहरूको एउटा नयाँ पिढी छ जसले पारिजातको सपना जोगाउँदै आउँदो लडाइँ लड्नु छ ।

-कात्यायनी

यसलाई एउटा बिडम्बना नै भन्नुपर्छ कि हिन्दीका पाठकहरू पारिजातको व्यक्तित्व र कृतित्वसँग ज्यादै कम परिचित छन् । उनका अङ्ग्रेजीमा अनुवाद भएका केही कविताहरू हामीले पढ्न पाएका छौँ । त्यसमा विशेषतः ‘मानुषी’ कविता उल्लेखनीय छ । सन् २००३ मा सुरेश सलिलद्वारा अनूदित तथा सम्पादित विश्वका एकतीस भाषाका एक सय १२ कविहरूका कविताहरूको सङ्कलन ‘रोशनी का खिड्कियाँ’ प्रकाशित भएको थियो जसमा पारिजातका ‘मृत्यु’ र ‘आमा’ कविता सङ्कलित छन् । यसमध्ये विशेषरूपमा ‘मृत्यु’ कविता पारिजातको जीवनदृष्टिको विकासयात्राको विलक्षण काव्यात्मक दस्तावेज हो जस्तो लाग्छ ।

पारिजातको सम्पूर्ण कृतित्व यस्तो कविताभै लाग्छ जो कहिल्यै भूठो बोल्दैन । युनानी महाकवि ओडिसियस इलाइटिस लेख्छन् – ‘कविता कहिल्यै झुठो बोल्दैन । यस्ता मान्छेहरूलाई देखेर मलाई बडो माया लाग्छ जो युद्धका लागि सुरुङ खन्छन् या मध्यरातमा खुसीको खोजीमा बाहिर निस्कन्छन् । के चिज नष्ट हुनु बढी बेफाइदाजनक हुन्छ ? के तपाईलाई थाहा छ ? के तपाईं भन्न सक्नुहुन्छ ? हामीलाई प्राप्त बहुमूल्य समयमा धर्तीको गन्ध र भव्यता लुकेको छ । मान्छेहरूको जीवनकहानी नदीको छाल, मुस्कुराइरहेको बादल, ठोस हुँदै गरेको फलाम र भयङ्कर ज्वालामुखी विस्फोटका बीचमा, प्रकृतिले हामीलाई छक्क पार्न रचेका विभिन्न प्रतिरूपहरूका बीचमा जारी रहन्छ । ताराको अर्थ जानेर एउटा आइमाईको छाती खुसीले ढुकढुक गर्न थाल्छ ।’

पारिजातले निजी कष्ट, पीडा र निराशाबाट मुक्तिका लागि सृजनकर्मको विकल्प रोजिन् । र, हिन्दीमा प्रगतिशील कवि मुक्तिबोधले भँैm आफ्नो मुक्तिको बाटो एक्लैदोक्लैले फेला पार्न सकिँदैन भन्ने निष्कर्षमा पुगिन् । अस्तित्ववादी निराशा, निरर्थकताबोध र निराशावाददेखि अराजकतावादी निम्नबुर्जुवा विद्रोहसम्म, त्यहाँदेखि फेरि मानवमुक्तिको ऐतिहासिक भौतिकवादी अवधारणासम्मको उनको विचारयात्रा स्वाभाविक अन्तरर्विरोधहरूसहितको एउटा महाकाव्यात्मक गाथा हो । जब उनले आफ्नो जीवनलाई मुक्तिकामी सङ्घर्षशील जनतासँग जोडे तब त्यसलाई मृत्युपर्यन्त जोडाइराखे । सबैभन्दा महत्वपूर्ण कुरा यो हो । ओडिसियस इलाइटिसले दुई प्रकारका कविहरूको चर्चा गरेका छन् –‘एकथरी यस्ता छन्, उनीहरू यसरी कविता लेख्छन्, मानौँ कि उनीहरू पैसा कमाइरहेका छन् अथवा वेश्यासँग रात काटिरहेका छन् । अर्काथरी छन्, उनीहरू यसरी कविता लेख्छन्, मानौँ कि प्रेमको चक्कुले उनीहरूको मुटु चिरिदिएको छ अथवा विशाल हरियालीयुक्त जग्गामा आँखा बन्द गरेर भोकै प्यासै घोडामा सवार छन् ।’ पारिजात दोस्रो कोटिका रचनाकार थिइन् ।
पारिजात ः मान्छेहरूको सङ्घर्ष र सृजनाको जुन अतुल्य शक्तिमा तिम्रो अटल आस्था थियो, त्यही कुराले तिम्रो शब्दलाई अमरत्व प्रदान गर्छ । सङ्घर्षरत विद्रोहीहरूले तिम्रो कवितालाई त्यसरी नै प्रेम गर्नेछन् जसरी वसन्तमा लाग्ने बादलु पूर्वबाट बहेर आएको हावाको पहिलो झोक्का, सागरको ज्वार, कोपिला, पुर्खाहरूको विरासत र भविष्यका सपनाहरूलाई प्रेम गर्छन् ।

पारिजातको कृतित्वबारे नेपाली भाषामा थुप्रै आलोचनात्मक लेखन भएको छ । अङ्ग्रेजी अनुवाद र नेपाली भाषाको अधकल्चो ज्ञानका आधारमा हामी कमरेड निनु चापागाई, महेश मास्के र केही अरू आलोचकहरूका रचनासँग परिचित छौँ । पारिजातले सही जीवनमूल्य र यथार्थवादी मुक्तिमार्ग पहिल्याउन जो सुदीर्ध यात्रा गरिन्, त्यसको वस्तुगत आधार नेपाली जनताको लगभग आधा शताब्दीको इतिहास त हो नै, त्यसका साथै पूरै भारतीय उपमहाद्वीपको इतिहास पनि हो । पारिजातको विकासयात्रा र पूरै भारतीय उपमहाद्वीपको प्रगतिशील बामपन्थी धाराको विकासयात्रामा धेरै हदसम्म समानता छ । पारिजात रचनाकर्मको यात्रामा जब अस्तित्वाद र ‘एब्सर्ड पोयट्री’ द्वारा प्रभावित थिइन्, त्यो केवल उनको निजी जीवनको त्रासदी र बिडम्बनाहरूको प्रतिफलमात्र थिएन । राणाशासन ढलेपछि बहुदलीय व्यवस्थाको अल्पकालीन यात्राकै क्रममा बुर्जुवातन्त्रको जो असली रूप देखिएको थियो र पञ्चायती व्यवस्थाको नाममा निरङ्कुश स्वेच्छाचारी शासनले नेपाली जनताको शिरमा जुन कष्ट थोपरिदिएको थियो, त्यसले सामाजिक राजनीतिक जीवनमा चौतर्फी गतिरोध पैदा भएको थियो । पारिजातको रचनाकर्मको अस्तित्ववादी यात्रालाई मूलतः र मुख्यतः यही गतिरोधको अभिव्यक्ति या प्रभाव मान्न सकिन्छ । दोस्रो चरम, राल्फा आन्दोलनसँग जोडिएको छ जुन यथास्थितिवादलाई अस्वीकार गर्न बाटो खोज्दै निम्न बुर्जुवा, व्यक्तिवादी र स्वच्छन्द (रोमानी) क्रान्तिकारी विद्रोही स्वरको रूपमा देखा पर्छ । तेस्रो चरण अर्थात् सन् १९७० को दशकमा उनले माक्र्सवादी लेनिनवादी जीवनदृष्टि अपनाइन् जसमा उनी जीवनभर अविचल रहिन् ।

ध्यान दिनयोग्य कुरा के छ भने हिन्दी र केही अन्य भारतीय भाषाहरूमा पनि सन् १९५० को दशकदेखि १९६० को मध्यसम्म नयाँ कविता र नयाँ कथाको चरण थियो जसमाथि अस्तित्वाद, ‘एब्सर्ड पोयट्री’ र निम्नबुर्जुवा रोमान्सको सधन प्रभाव परेको थियो । यो त्यही समय थियो जतिबेला नेहरू ब्रान्ड समाजवादको असली चेहरा क्रमशः नाङ्गिँदै थियो र बुर्जुवा लोकतन्त्रको सीमा तथा निरङ्कुश जनविरोधी चरित्र बढीभन्दा बढी छर्लङ्दिै थियो । सन् १९६० को मध्यसम्ममा नेहरूका आर्थिक नीतिको विफलता प्रस्टिसकेको थियो । साहित्यकलाको दुनियामा यस बेला कुण्ठा, सन्त्रास, माहेभङ्गजस्ता कुराहरूको बोलवाला थियो । त्यसपछिको चरण नाङ्गो पिढी, भोको पिढी, श्मशानी पिढी र अकविता आन्दोलनको अराजकतावादी निम्न बुर्जुवा, रोमानी विद्रोहको थियो । त्यही समयमा चिनीयाँ कम्युनिष्ट पार्टीको खु्रस्चोभी संशोधनवादविरुद्ध सिद्धान्तनिष्ठ सङ्घर्ष र महान् सर्वहारा सांस्कृतिक क्रान्तिले विश्वस्तरमा क्रान्तिकारी बामआन्दोलनतर्पm नयाँ शिराबाट सङ्गठित हुने सन्देश मात्र दिएन सबै देशका मुक्तिकामी जनताहरूलाई नयाँ प्रेरणा पनि प्रदान ग¥यो । यही समयमा एसिया, अफ्रिका, ल्याटिन अमेरिकी मुलुकहरूमा जनमुक्ति सङ्घर्षको ज्वार उर्लिरहेको थियो । युरोपदेखि लिएर अमेरिकासम्म विद्यार्थी, महिला तथा अश्वेतहरूको जुझारु आन्दोलन चलिरहेको थियो । क्युवापछि भियतनामी क्रान्तिले पूरै दुनियाँको ध्यान खिँचिरहेको थियो । क्यास्ट्रो, चे, रेजिस देब्रे, हर्बर्ट माक्र्युस आदिको नाम मध्यमवर्गीय युवाहरूको बीचमा ज्यादै लोकप्रिय थियो । यी सबको प्रभाव भारतीय बुद्धिजीवी र युवाहरूमाथि पनि परिरहेको थियो ।

यही समयमा नक्सलवादीहरूको ऐतिहासिक किसान विद्रोह भयो जसले संसद्वादी बामपन्थीहरूका विरुद्ध क्रान्तिकारीहरूलाई विद्रोहको नयाँ सन्देश दियो । साहित्यको क्षेत्रमा अराजतावादी निम्नबुर्जुवा रुमानी विद्रोहका विभिन्नथरी धाराहरूका थुप्रै अगुवाहरू यसको प्रभावमा परेर माक्र्सवाद लेनिनवादतर्पm मोडिए । र, क्रान्तिकारी बामपन्थी साहित्यको नयाँ उभारको सूत्रपात भयो । भारतीय कम्युनिष्ट आन्दोलनको विचारधारात्मक कमजोरी र विफलताहरूको जो वस्तुगत ऐतिहासिक कारण रहेको छ, त्यसबारेमा यहाँ चर्चा गर्न सम्भव छैन । तर यति उल्लेख गर्नु नै पर्छ कि क्रान्तिकारी बामधाराको सांस्कृतिक आन्दोलन र सृजनकर्मका विसङ्गति, विफलता, दुर्बलताहरूको लागि पनि मूलतः यही वस्तुगत ऐतिहासिक कारण नै जिम्मेवार रहेको छ । नक्सलवादी किसान आन्दोलनले जन्माएको क्रान्तिकारी बामधारामा चाँडै बामपन्थी दुस्साहसवाद हावी हुन पुग्यो जसले भारतीय समाजको प्रकृति र क्रान्तिका समस्याहरूमाथि मौलिक चिन्तन र वादविवादको प्रक्रियालाई निमोठियो । यस भड्कावको प्रभाव साहित्यमा पनि प-यो । क्रान्तिकारी बामधाराका कविता र कथाहरूमा यान्त्रिक भौतिकवादी दृष्टिकोण, निम्नबुर्जुवा क्रान्तिकारी रोमान्स, सतही नाराबाजी र सूत्रबद्ध लेखन हावी हुन पुग्यो । राजनीतिक वृत्तमा क्रान्तिकारी जनदिशाको जुन धाराले ‘बामपन्थी’ दुस्साहसवादको विरोध गरिरहेको थियो, त्यो अपेक्षाकृत कमजोर र स्वयम् पनि यान्त्रिक भौतिकवादी दृष्टिकोण र चिनियाँ क्रान्तिको अन्धनक्कलको शिकार भएको थियो । त्यसका साथै उसमा दक्षिणपन्थी अवसरवादी भड्काव पनि विद्यमान थियो । यस धारले पनि भारतीय समाजको विकासको दिशा, उत्पादनसम्बन्ध र अधिरचनाको अध्ययन गर्नुको बदला चिनियाँ क्रान्तिको प्रारूप र बाटोलाई नै केही थपघट गरेर अपनायो जसले गर्दा उनीहरू कालान्तरमा ‘माक्र्सवादी’ नरोदवादी बन्न पुगे । भारतमा जनदिशापक्षधर अधिकांश क्रान्तिकारी बामसङ्गठन भारतीय समाजको प्रकृति र क्रान्तिको रणानीति एवम् आम रणकौशलका कारण पैदा भएको गतिरोधले आज मुख्यतः दक्षिणपन्थी विचलनको शिकार हुन पुगेको छ । अर्कातर्पm बितेको लगभग चार दशकको दौरानमा ‘बामपन्थी’ दुस्साहसवादको एउटा धारा दक्षिणपन्थी कित्तामा पुगिरहेको छ भने उसको ठाउँ अर्को कुनै धारले लिइरहेको छ । आज भारतको क्रान्तिकारी आन्दोलनमा एकातिर सैन्यवादी, ‘बामपन्थी’ आतङ्कवादी ध्रुव र अर्कोतर्पm संसदीय र अर्थवादी भड्कावको शिकार भएका सङ्गठनहरू छन् । अन्य केही बामधारचाहिँ गतिरोधका कारण क्रमशः विघटनको प्रक्रियाबाट गुज्रिरहेका छन् । केही यस्ता पनि छन् जो ‘स्वतन्त्र चिन्तन’ को नाममा पश्चिमी नववाम, बौद्धिक वाम र उत्तरमाक्र्सवादको लपेटामा परेका छन् । जम्माजम्मीमा भारतीय क्रान्तिकारी वामशिविर आज मूलतः र मुख्यतः विघटित भएको छ । प्रश्न, त्यसलाई पुनर्गठन गर्ने होइन कि नयाँ शिराबाट पुननिर्माण गर्ने रहेको छ ।

यी सारा राजनीतिक परिदृश्यबाट सांस्कृतिक साहित्यिक परिदृश्य अलग छैन ‘बामपन्थी’ दुस्साहवादको लहरबाट प्रभावित सृजनकर्मी सन् १९७० को दशकमा जो यान्त्रिक, सतही र राजनीतिक नाराबाजीयुक्त कविता–कथा लेख्थे, उनीहरू १९८० को दशकमा ग्लास्नोस्त–पेरेस्त्रोइकाको हल्लिखल्लीका बीचमा कलामा अनावश्यक जोड र लगाव दर्शाएर जीवनको ऊष्मा र लय (यथार्थबाट त उनीहरू धेरै पहिले नै फुकिसकेका थिए) रहित भएर नवरूपवादको सती गए । सन् १९६० को दशकको अन्तिम वर्षमा साहित्यिक जगत्मा जन्मेको बाम धारा ‘बामपन्थी’ आतङ्कवादको प्रभावमा जन्मिएको सतही र यान्त्रिकताका कारण क्रान्तिकारी बामसाहित्यको अग्रगामी विकासको रूपमा अघि आउन सकेन बरु बामसाहित्यको जनस्वीकार्यताको भरपूर फाइदा संशोधनवादी र सामाजिक जनवादी साहित्यले लियो । सन् १९८० को दशकमा नवसाहित्यको ठूलो हिस्सा संशोधनवादी, सामाजिक जनवादी धारासँग घुलमिल भयो । अथवा यी दुईका बीचमा शान्तिपूर्ण सहअस्तित्व कायम हुन पुग्यो । सन् १९९० पछि अभूतपूर्व ऐतिहासिक गडबडी र प्रतिक्रान्तिको लहर हावी हुन सुरु हुँदा उल्लेखित साहित्यिक परिदृश्य नयाँ रूपमा विकसित भयो । त्यसपछि त क्रान्तिकारी बाम र छद्म बामका बीचमा होइन, बामपन्थी सहित्य र कला–रूपवादी बुर्जुवा साहित्यका बीचमा नै त्यस्तो स्पष्ट भिन्नता देखिन छाड्यो । केही बामपन्थीहरूले निरपेक्ष मानवमूल्यको दुहाइ दिन थाले, केहीले माक्र्सवाद, लोहियावाद, गान्धीवाद, अम्बेडकरवादका बीचमा विचारधारात्मक समायोजन गर्न थाले, केहीले अजेय, जैनेन्द्र, मलयज, अशोक वाजपेयीसम्मको पुनमूल्याङ्कन गर्दै उनीहरूलाई प्रगतिशील घोषणा गर्न थाले । र, केही भने उत्तरआधुनिकतावादी माक्र्सवादी विमर्शको भुमरीमा भुलिन थाले । हिन्दी साहित्यमा मात्र होइन, हामीलाई जानकारी भएसम्म बङ्गला, मराठी, पन्जावी र मलयामल आदि भाषाका साहित्यमा पनि थोरबहुत यस्तै स्थिति छ ।

यस्तो हुनाको आम र सामान्य कारण भारतको औपनिवेशिक अतीतदेखि स्वातन्त्रोत्तर कालको इतिहासमा मौजुद छ भने त्यसभन्दा बढी प्रत्यक्ष कारण भारतको कम्युनिष्ट आन्दोलन र त्यससँग जोडिएको सांस्कृतिक आन्दोलनको विचारधारात्मक कमजोरीमा विद्यमान छ । त्यसमा थप अर्कोै तत्कालीन सामाजिक कारण पनि विद्यमान छ, जसका बारेमा चर्चा गर्न आवश्यक छ । भारतमा बामपन्थी लेखकहरूको ठूलो हिस्सा प्राध्यापक, डाक्टर, पत्रकार, इलेक्ट्रोनिक मिडियाकर्मी, इन्जिनियर, प्रबन्धक र सरकारी हाकिम छन् । भारतजस्तो आम रूपमा पछाडि परेको देशमा आम उत्पादक वर्गको बीचबाट वैचारिक रूपमा सचेत लेखक कलाकारहरू जन्मनु त्यसै पनि कठिन छ । जनताका बीचमा गहिरोसँग सम्बन्ध गाँसेर कम्युनिष्ट आन्दोलनको यस प्रकारको अप्ठ्यारालाई केही हदसम्म टार्न सक्थ्यो तर त्यस्तो पनि भएन । विगत दुई दशकको बीचमा उदारीकरण, निजीकरणको लहरले भारतको मध्यम वर्गको ठूलो हिस्सालाई ‘माइनोरिटी कन्ज्युमर क्लास’ मा बदलिदिएर पूँजी र पूँजीवादी व्यवस्थाप्रति उनीहरूको वर्गीय बफादारी कायम गरिदियो । कुल जनसंख्याको अत्यन्तै थोरै रहेको उनीहरूको लागि सपिङ मल, भव्य मल्टिप्लेक्स, थरिथरिका कार, टीभी, एसी, फ्रिज आदि बजारमा उपलब्ध छ । सेयर बजारबाट मालामाल हुने र एनआरआई बन्ने सपना पालेका छन् । देशको करिब ४० करोड असङ्गठित मजदुर र दैनिक बीस रुपियाँभन्दा कम कमाइमा गुजारा गरिरहेका ८४ करोड जनतासँग उनीहरूको कुनै भौतिक आत्मिक सम्बन्ध छैन । पूँजी र श्रम बीचको अन्तर्विरोधमा उनीहरूको वर्गगत स्थिति पूँजीको पक्षमा रहन्छ । त्यसैले त हाइसन्चोमा रहेका मध्यमवर्गीय, बुद्धिजीवीहरूको यो हिस्साले जनआकाङ्क्षाप्रति ‘ऐतिहासिक विश्वासघात’ गरिसकेको छ । यो एउटा खेदजनक विषय नै हो कि भारतीय बामपन्थी लेखक बुद्धिजीवीहरूको ठूलो हस्सिा यसै वर्गका रहेका छन् । अहिले पनि उनीहरूले आपूmलाई बामपन्थी नै भनेर विज्ञापन गरिहेका छन् किनभने साहित्यिक बजारमा बामपन्थको स्थान उँचो नै छ । यिनीहरू तथाकथित बामपन्थी साहित्य लेख्छन्, त्यससँगै सेयरमा पैसा लगानी गर्छन्, पद प्रतिष्ठा पुरस्कारका लागि दौडधुप गर्छन् र सत्तासिन हत्याराहरूको दरबारमा राग पनि अलाप्छन् । क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको विफलता, कमजोरी र खराबी त्यस्तो मनोगत उपादान (एब्जेक्टिभ फ्याक्टर) हो जसले यस घृणित परिदृश्यलाई सहायता पु¥याइरहेको छ । भारतमा कम्युनिष्ट क्रान्तिकारी आन्दोलन सामुन्ने आज पुनर्गठनको होइन, पुनर्निर्माणको कार्यभार छ । यही कार्यभार बामपन्थी साहित्य आन्दोलनको सामुन्ने पनि छ । क्रान्तिकारी बामपन्थी साहित्य–कला–संस्कृतिलाई एकातर्पm अभिजात्य समाजका गैरजिम्मेवार विमर्शको दायराबाट बाहिरियाएर आम जनताको जीवन, सङ्घर्ष, स्मृति र सपनासम्म पु¥याउनु छ भने अर्को्तिर त्यसलाई नयाँ शिराबाट गम्भीर विचारधारात्मक आधार दिनु छ । अतीतका विरासतलाई आलोचनात्मक विवेकसहित अपनाउनुपर्छ । त्यति मात्र होइन, हाम्रा सामु खडा भएका नयाँ प्रश्न र पुराना अनुत्तरित प्रश्नसँग जोडिएको जिम्मेवारीलाई हामी नयाँ सर्वहारा पुनर्जागरण र नयाँ सर्वहारा प्रबर्धनलाई वैचारिक सांस्कृतिक कार्यभारको रूपमा निरुपित गर्दछौँ ।

पहिले नै चर्चा गरिसकिएको छ कि सन् १९५० देखि १९७० सम्म नेपाली साहित्यमा विकसित विभिन्न धारा, प्रवृत्तिहरूको इतिहास पनि धेरै हदसम्म विभिन्न भारतीय भाषाहरूका साहित्यको इतिहाससँग मिल्दोजुल्दो छ । तर त्यसभन्दा यता थुप्रै भिन्नताहरू रहेका छन् । नेपालमा पनि वगामपन्थी साहित्यमा सामाजिक जनवादी, यहाँ पनि उत्तरआधुनिकतावाद र उत्तरमाक्र्सवादी विमर्शले बामपन्थी साहित्यलाई एक हदसम्म प्रभावित गरेको छ तर यी सबै कुराका बीचमा पारिजातदेखि आहुतिसम्म तथा अझ क्रान्तिकारी बामपन्थी रचनाकारहरूको सिङ्गो नयाँ पिढीसम्म नै सही धारा निरन्तर विकासमान रहेको छ । यसो हुनुको असली करण नेपाली र भारतीय समाजको ऐतिहासिक विशिष्टता हो । साम्राज्यवादी उत्पीडन तथा भारतीय विस्तारवादको लामो दबाबका बाबजुद नेपाली समाज कहिल्यै पनि पूर्ण औपनिवेशिकृत भएन । यसले गर्दा यहाँका बौद्धिक समाजको मानस सांस्कृतिक वैचारिक उपनिवेशिताबाट लठेब्रो हुने गरी ग्रस्त भएन । संशोधनवाद र ‘बामपन्थी’ दुस्साहसवादसँगको निरन्तरको सङ्घर्षको परम्परा यहाँको कम्युनिष्ट आन्दोलनमा ज्यादै सशक्त रहेको छ । यही नै यसको वर्तमान अग्रगतिको महत्वपूर्ण कारण हो । पछौटे समाज हुनुका कारण यहाँका बुद्धिजीवी समाजको त्यति ठूलो हिस्सा अहिलेसम्म पनि जनआकाङ्क्षाप्रति विश्वासघात गर्ने सत्ताधारी बनिसकेका छैनन् जति भारतमा । यी सबै कारणहरू हुँदाहुँदै, यी तमाम समस्या र जटिलताहरू हुँदाहुँदै एकदम प्रतिकूल विश्वपरिस्थितिमा नेपालको राष्ट्रिय जनवादी क्रान्ति आज लगातार अघि बढिरहेको छ । र, नेपाली भाषाको बामपन्थी साहित्यआन्दोलन पनि आज नयाँ संवेगसहित गतिमान छ ।

नेपाली जनक्रान्ति आज महत्वपूर्ण ऐतिहासिक मोडमा आइपुगेको छ तर यी सबैको साक्षी बन्नका लागि हाम्रा बीचमा पारिजात जीवित छैनन् । उनको विरासत थामेर हिँड्ने उनका पुराना साथीहरू लेखक–संस्कृतिकर्मीहरूको एउटा नयाँ पिढी छ जसले पारिजातको सपना जोगाउँदै आउँदो लडाइँ लड्नु छ । नेपालको राष्ट्रिय जनवादी क्रान्तिले अहिले महत्वपूर्ण तर प्रारम्भिक उपलब्धि हासिल गरेको छ । क्रान्ति अहिले पनि जारी छ । यसपछिको सङ्घर्ष अझ कठिन र जटिल छ । यसको प्रक्रिया अभैm दीर्घकालिक हुनेछ । वर्गसङ्घर्ष अब नयाँ धरातलमा चल्नेछ । यसको अभिव्यक्रि संविधानसभाभित्र र संविधान निर्माणको क्रममा देखिनेछ । यो एउटा क्रान्तिकारी सङ्क्रमणकाल हो । धेरै कुरा यसमा पनि निर्भर हुनेछ, जस्तो कि नयाँ संघात्मक जनवादी गणराज्यको स्वरूप कस्तो हुनेछ, यसअन्तर्गत गठित केन्द्रीय सत्ताको समानान्तर प्रक्रियाका सन्दर्भमा वैकल्पिक क्रान्तिकारी जनसत्ता कसरी र कुन रूपमा अस्तित्वमा रहन्छ, राज्य र समाजको पुनर्गठनका लागि कस्तो प्रक्रिया अपनाइनेछ र क्रान्तिकारी भूमिसुधारको काममा हात हाल्नासाथ देशव्यापी रूपमा उग्र रूपमा चल्ने वर्गसङ्घर्षमा क्रान्तिका जितुवा शक्तिहरूले आफ्नो भूमिका कसरी निर्वाह गर्नेछन् । धेरै कुरा क्रान्तिकारी बामशक्तिहरू विचलनहरूबाट मुक्त भएर एकताको दिशामा कसरी अघि बढ्छन् भन्नेमा पनि भर पर्छ । खतरा कहिँ बहुदलीय लोकतन्त्रप्रति कुनै प्रकारको मोहभ्रम आउँदा दिनहरूमा दक्षिणपन्थी ‘प्रैग्मेठिजम’ को भड्कावमा फस्ने कुराको पनि छ । तर आश्वस्त हुन सकिने स्थिति पनि छ किनभने सम्भावित अड्कावप्रति क्रान्तिकारी बामशिविरमा काफी सजगता पनि छ । यदि यस्ता भड्काव पैदा भइहालेमा क्रान्तिकारी बामशिविरबाट कुनै नयाँ वैकल्पिक उपधारा प्रभावशाली रूपमा हुर्केर जनसंघर्षको बलमा राजनीतिक नेतृत्व र प्रभुत्व कायम गर्न र नेपाली क्रान्तिलाई अर्को खुट्किलामा पु-याउन सक्छ । भविष्यको गर्भमा थुप्रै सम्भावनाहरू लुकेका छन् । आजको दिनसम्म यसको सकारात्मक पक्ष नै बलशाली छ । यस सङ्क्रमणकालीन नेपालका बामपन्थी जनवादी लेखक–संस्कृतिकर्मीहरूको दायित्व अत्यन्त कठिन र चुनौतिपूर्ण हुन पुगेको छ । उनीहरूले नेपाली जनतालाई अझ जटिल र कठिन लडाइँका लागि तयार गर्न अहम् भूमिका खेल्नुपर्छ । उनीहरूले जनतालाई बताउनुपर्छ कि राजतन्त्रको अन्त्य सङ्घर्षको अन्त्य होइन, प्रारम्भिक उपलब्धि मात्र हो । उनीहरूले जनतालाई बुर्जुवा जनवादको असली चरित्र, बहुदलीय व्यवस्थाको सीमा र संविधानसभाका जटिलता र सीमाहरूका बारेमा जानकारी गराउनु छ । जनवादी क्रान्तिको वास्तविक लक्ष्य र चरित्रको बारेमा जनसमुदायलाई परिचित गराउने काम र त्यसका लागि उनीहरूको पहलकदमी र सिर्जनात्मकतालाई निर्बन्ध बनाउन सांस्कृतिक कामको भूमिका त्यत्तिकै महत्वपूर्ण हुन्छ जति राजनीतिक प्रचारको हुन्छ । यो चुनौति नेपालका लेखक र संस्कृतिकर्मी कमरेडहरूको सामुन्ने छ । हामी साँचो अन्तर्राष्ट्रियतावादी भावनासँगै, पुरै कर्मठताका साथ तपाईहरूको साथमा छौँ ।

यस प्रतिकूल समयमा पनि पाब्लो नेहदाबाट शब्द सापटी लिएर म आप्mनो यो विश्वास व्यक्त गर्न चाहन्छु कि सङ्घर्षको तातो भट्टीमा खारिएर त्यस्तो समय अवश्य पनि आउनेछ जतिबेला ‘दुनियाँमा इन्द्रधनुषका सबै रङका घोडा र कविताका लागि फराकिलो ठाउँ प्राप्त हुनेछ ।’ त्यसका लागि हामी उच्च शिखरसम्म पुग्नुपर्छ । किनकि कमरेड माओत्सेतुङले आफ्नो एउटा कवितामा भनेका छन् –
दुर्गम खतरनाक उचाइमा पुगेपछि मात्र
देखिन्छ सुन्दरतालाई
आफ्नो अनन्त रूपमा ।

(पारिजात स्मृति दिवस ०२६ मा काठमाडौंमा दिइएको संभाषण)