स्मृतिमा विकास केसी

पछिल्लो चरणमा उहाँ र मैले एउटै कार्य समितिमा बस्ने सौभाग्य पाएको थियौं । प्रगतिशील लेखक संघ रुपन्देहीको म कोषाध्यक्ष थिएँ । उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो । यसको साथै उहाँसित मेरो भेट सम्पर्क पटक पटक माक्र्सवादी विचार मञ्चको कार्यक्रममा पनि हुने गर्दथ्यो । उहाँ बेला बखतमा विभिन्न कार्यक्रम बैठक आदिमा सम्मिलित हुन हाम्रो ल फर्ममा आइरहनु हुन्थ्यो । ल फर्ममा बसेर देश र क्रान्तिका कुरा गर्नु हुन्थ्यो । उहाँ बर्तमान परिवर्तनबाट सन्तुष्ट हुनु हुन्नथ्यो । उहाँ वाम बिचारका अभियन्ता भए पनि कुनै पार्टीमा सम्मिलित हुनु हुँदैनथ्यो । उहाँ एकजना स्वतन्त्र बाम बुद्धिजीवी तथा साहित्यकारको रुपमा स्थापित हुनुहुन्थ्यो ।

-ज्ञानु केसी

बिहान फोनको घण्टी बज्यो । हेलौ भन्ने बित्तिकै एक्कासि विकास केसीको मृत्यु भएको दुखद खबर सुनियो । खबर दिएका
थिए–बिनबहादुर कुँवरले । विकास के सीका आत्मीय मित्र बिनबहादुर कुँवरले । उनको दुखद् मृत्युको खबर सुनेर हामी स्तब्ध भयौं । हामीलाई छाँगाबाट खसे जस्तो लाग्यो । उहाँको कसरी मृत्यु भयो ? के भएर मृत्यु भयो ? हाम्रा अगाडि धेरै प्रश्न देखा परे । खडा हुन पुगे । अन्त्यमा उहाँको मृत्यु दुर्घटनाबाट भएको थाहा लाग्यो ।

रातिको समयमा मूल सडकबाट उहाँ घरतिर जान मोडिदा आफु पछि–पछि आइरहेको बसले ठक्कर दिएको हुनाले उहाँ गंभीर घाइते हुनु भएको रहेछ । उहाँलाई उपचारार्थ तुरुन्त लुम्बिनी अंचल अस्पतालमा पुराइएको रहेछ । अस्पतालमा पुराउँदा उहाँ होशमा नै हुनुहँदोरहेछ । उहाँले सर्वप्रथम पदम कार्कीको फोन नम्बर दिनु भएछ । त्यही फोनबाट नै उहाँका परिवारजनका साथसाथै उहाँका अनन्य मित्र बिनबहादुर कुवरलाई जानकारी भएको रहेछ । जानकारी गराइएको रहेछ । रातको बेला भएको हुनाले सबै जना ठीक समयमा उपस्थित हुृन संभव भएन । उहाँको उपचारको लागि उहाँलाई सुविधा सम्पन्न अस्पतालमा पुराउन नसक्नृु पनि

उहाँको मृत्युको एउटा कारण बन्न पुग्यो । मान्छे जन्मेपछि मृत्यु अवश्यभावी हुन्छ । तर उहाँको मृत्यु अकल्पनीय र असायमिक हुन पुग्यो । दुर्घटनाबाट उहाँको मृत्यु भयो । उहाँको मृत्यु अत्यन्त दुखदायी तथा अप्रत्याशीत थियो । उहाँको मृत्युले प्रगतिवादी आन्दोलनले निकै ठूलो क्षति बेहोर्न परिरहेको छ ।

मैले उहाँलाई २०६३ सालदेखि चिन्दै जान्दै आएकी थिएँ । उहाँ जुनसुकै आन्दोलन र सभा समारोहमा सक्रियतापूर्वक
भाग लिनु हुन्थ्यो । नागिरक समाजका हरेक कार्यक्रममा उहाँको उपस्थिति बाक्लो हुने गर्दथ्यो । पछिल्लो चरणमा उहाँ र मैले एउटै कार्य समितिमा बस्ने सौभाग्य पाएको थियौं । प्रगतिशील लेखक संघ रुपन्देहीको म कोषाध्यक्ष थिएँ । उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो । यसको साथै उहाँसित मेरो भेट सम्पर्क पटक पटक माक्र्सवादी विचार मञ्चको कार्यक्रममा पनि हुने गर्दथ्यो । उहाँ बेला बखतमा विभिन्न कार्यक्रम बैठक आदिमा सम्मिलित हुन हाम्रो ल फर्ममा आइरहनु हुन्थ्यो । ल फर्ममा बसेर देश र क्रान्तिका कुरा गर्नु हुन्थ्यो । उहाँ बर्तमान परिवर्तनबाट सन्तुष्ट हुनु हुन्नथ्यो । उहाँ वाम बिचारका अभियन्ता भए पनि कुनै पार्टीमा सम्मिलित हुनु हुँदैनथ्यो । उहाँ एकजना स्वतन्त्र बाम बुद्धिजीवी तथा साहित्यकारको रुपमा स्थापित हुनुहुन्थ्यो ।

उहाँका लेखनमा देशभक्ति भावना व्यक्त हुन्थे । उहाँ लुम्बिनी पत्रिकासित पनि प्रत्यक्ष सम्पर्कमा हुनुहुन्थ्यो । उहाँ एक
अर्थमा पत्रकार पनि हुनुहुन्थ्यो । वास्तवमा पत्रिकामा लेख पुराउने सिलसिलामा नै मोटर बाइक दुर्घटनामा परेर उहाँको मृत्यु हुन गएको हो । उहाँ आफूलाई चित्त नबुझेको कुरा हाँकाहाकी गर्नु हुन्थ्यो । उहाँ निडर तथा खरो स्वभाव भएको व्यक्ति हुनुहुन्थ्यो । स्पष्ट वक्ता हुनुहुन्थ्यो । उहाँका जोशिला कविता सुन्ने मौका पनि मैले प्राप्त गरेकी थिएँ ।, उहाँका कविता क्रान्तिकारी बिचार बोकेका हुन्थे । उहाँका कवितामा विद्रोहको स्वर गुञ्जित भएको हुन्थ्यो ।

उहाँ सभा समारोहमा कविता बाचन गर्न निकै रुचि लिनु हुन्थ्यो । भाषणको सट्टा पनि उहाँ कविता नै सुनाउनुृ हुन्थ्यो । उहाँको मृत्युपछि उहाँको अन्येष्टि कार्यक्रममा सम्मिलित हुन म पदम कार्कीहरूसित रोहिणीघाट पुगेको थिएँ । उहाँको अन्त्येष्टि कार्यक्रममा सम्मिलित हुन र उहाँप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न मोहनबिक्रम सिंह, चित्रबहादुर केसी ,तेजप्रसाद कंडेल, दिल साहनी लगायत विभिन्न राजनैतिक दलका व्यक्ति,कानून व्यवसायी आफन्त जन, शुभचिन्तक र साथीहरू उपस्थित थिए । हजारौ जनसमूहको उपस्थितिमा रोहिणी खोलामा ्उहाँको दाह संस्कार सम्पन्न भएको थियो । यिनै शब्दमार्फत म उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

स्रोत– प्रलेस रुपन्देही, विकास केसी विशेषाङ्क