स्टालिनवारे भ्रम र यथार्थ



वास्तवमा स्टालिनको वरिपरी व्यक्ति पुजाको पर्दा लगाउने कामको सुरुवात गर्ने व्यक्ति कार्ल राडेक थिए । जो सन् १९३७ को सार्वजनिक सुनुवाईको क्रममा देशद्रोहको मुद्दामा दोषी करार गरिए ।

–बिल ब्लान्ड

आज जसले आफुले आफुलाई माक्र्सवादी–लेनिनवादी भन्छन् , तिनीहरूले यो कुरालाई स्वीकार गर्छन् कि आफ्ना अन्तिम दिनहरूमा रसियाको कम्युनिस्ट पार्टी संसोधनवादीहरूको प्रभुत्वमा थियो । त्यसको मतलब जसले आफुलाई माक्र्सवादी–लेनिनवादी भनेर दाबी गर्थे वास्तविकतामा तिनीहरूले नै भ्रुणावस्थामा रहेको पुँजीपति वर्गको स्वार्थलाई सहयोग गर्न माक्र्सवाद–लेनिनवादलाई विकृत बनाए ।

एउटा प्रश्न, तथापि त्यसमा सहमत छैन्, कहिलेदेखि सोभियत संघको कम्युनिस्ट पार्टीमा संसोधनवादीहरूको प्रभुत्व सुरु भयो ? अहिले धेरै जसो मान्छे सिपिएसयू (कम्युनिस्ट पार्टी अफ सोभियत युनियन) को बिसौं कङ्ग्रेसबाट यसको सुरुवात भयो भन्छन् । जतिबेला ख्रुस्चेबले आप्mनो झुटो माक्र्सवादी–लेनिनवादी मुकुन्डो उतारेका थिए ।

तथापि सन् १९५३ मा स्टालिनको मृत्यु हुनुभन्दा धेरै वर्ष अगाडि नै सोभियत नेतृत्वको बहुसङ्ख्यक नेताहरू कित छद्मभेषी या अप्रकट सुधारवादीहरू थिए भन्ने दाबी गर्नका लागि प्रशस्त आधारहरू पाइन्छन् । उदाहरणका लागि सन् १९२० को दशकमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा त्यति सक्रिय भूमिका निर्वाह गरेका स्टालिनले सन् १९२६ पछि किन त्यस्तो गर्न छाडे ?

किन स्टालिनका रचनाहरू स्टालिनको मृत्यु हुनुभन्दा ४ वर्ष अगाडि सन् १९४९ मा १३ औं भोल्युममा पुगेर प्रकाशन रोकियो जुन पहिले नै १६ औं भोल्युमसम्म निकाल्ने योजना बनिसकेको थियो । किन स्टालिनलाई सन् १९५२ को १९ औं कङ्ग्रेसमा केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गर्न भनिएन ?

किन स्टालिनको पछिल्लो लेखन भाषाविज्ञान र अर्थशास्त्रको प्रस्तावित पाठ्यपुस्तकको आलोचना जस्ता विषयहरूमा केन्द्रित थियो ? किन सन् १९४७ मा प्यालेस्टाइनलाई विभाजन गर्ने अमेरिकी प्रस्तावलाई अनुमोदन गर्नका निम्ति सोभियत सरकारले अचानक आप्mनो वैदेशिक नीति उल्ट्याएर सबैलाई अचम्मित गर्याे ? त्यो प्रस्ताव पछि गएर मध्यपूर्वका देशहरूका लागि विनाशकारी साबित भयो । यदि हामिले स्टालिनको मृत्युभन्दा केही वर्ष अगाडि उनी र उनका माक्र्सवादी–लेनिनवादी सहकर्मीहरू सोभियतसंघको नेतृत्वमा अल्पमतमा थिए भन्ने कुरालाई स्वीकार ग¥यौं भने यी सबै कुराहरू सजिलै बुझ्न सकिन्छ ।

सिपिएसयूको नेतृत्व तहमा रहेको संसोधनवादी बहुमतलाई स्टालिनको वरिपरी निर्माण भएको व्यक्ति पुजाको पर्दाले लुकाइदिएको थियो । स्टालिन आपैmले पनि विभिन्न अवसरहरूमा यो पुजा गर्ने प्रवृत्तिको आलोचना र उपहास गर्थे त्यै पनि यो चलिरहेकै थियो । यसले के परिस्थिति उत्पन्न गर्याे भने स्टालिन या त पूर्ण रूपमा ढोँगी थिए । या त्यो व्यक्ति पुजालाई रोक्न असफल भएका थिए ।

वास्तवमा स्टालिनको वरिपरी व्यक्ति पुजाको पर्दा लगाउने कामको सुरुवात गर्ने व्यक्ति कार्ल राडेक थिए । जो सन् १९३७ को सार्वजनिक सुनुवाईको क्रममा देशद्रोहको मुद्दामा दोषी करार गरिए ।

व्यक्ति पुजाको विशिष्ट उदाहरण तलको एउटा उद्धरणमा भेट्टाउन सकिन्छ । “ए दुखी बाम पुड्केहरू ! तिमीहरूले महामानव, बुद्धपुरुष हाम्रो नेता काम्रेड स्टालिनको बिरुद्ध हात उठाएका छौ । काम्रेड स्टालिन हामीले तपाईंलाई विश्वस्त पार्न चाहान्छौ कि हामीले आप्mनो स्टालिनवादी सतर्कता अझ बढाउने छौ र स्टालिनवादी केन्द्रीय समिति साथै महान स्टालिनको वरिपरी गोलबद्ध हुनेछौ ।”

यी शब्दहरू लेख्ने काम निकिता ख्रुस्चेबले गरेका थिए । जसले सन् १९५६ मा व्यक्ति पुजालाई स्टालिनको घमन्ड र व्यक्तिगत शक्तिको सङ्केत भएको आरोप लगाएका थिए । ‘भोज्हद’ भन्ने शब्दबाट स्टालिनको परिचय गराउनेकाम पनि ख्रुस्चेबले नै गरेका थिए । जसको अर्थ लिडर अर्थात् नेता भन्ने हुन्छ र त्यो भनेको नाजी शब्द ‘फ्युहरर’ भन्नु (जुन पद हिटलरले लिएका थिए) जस्तै हो ।

किन संसोधनवादीहरूलाई स्टालिनको वरिपरी व्यक्ति पुजाको साम्राज्य खडा गर्न आवश्यक पर्याे त ? यस्तो भयो, किनकी ती स्टालिन र माक्र्सवादी–लेनिनवादी नभई समाजवादका विरोधी छद्मभेषीहरू नेतृत्व तहमा बहुमतमा थिए भन्ने तथ्यलाई लुकाउथ्यो यसले तिनीहरूलाई कुनै कदम चाल्नका लागि सक्षम बनाउथ्यो जस्तै सन् १९३४ र १९३८ को बिचमा निर्दोष व्यक्तिहरूलाई गरिएको पक्राऊ ( यो त्यतिबेला भयो जतिबेला संसोधनवादीहरूले सुरक्षा निकायहरू नियन्त्रण गर्थे) र तत्कालै स्टालिनमाथि समाजवादी वैधता तोडेको आरोप लगाइयो । सन् १९३६ मा स्टालिन आफैले जर्मन लेखक लायन फ्युच्वेङ्गरलाई आफ्नो व्यक्ति पुजा आफ्नै राजनीतिक विरोधीहरूले गरेका हुन भनेर भनेको कुराको प्रमाण भेटाउन सकिन्छ । (एउटा आरोपमा स्टालिन र संसोधनवादीहरू सहमत छन् कि स्टालिनको समयमा न्यायको हत्या भयो । जसमा निर्दाेष जनताको गैर न्यायिक हत्या भयो ।) संसोधनवादीहरूले त न्यायको हत्यामा स्टालिन नै जिम्मेवार हुन भनेर पन्छिए तर यँहा कुरा विरोधाभासपूर्ण छ । ख्रुस्चेब आफैले सन् १९५६ को एउटा गोप्य भाषणमा भनेका छन् ।

“यँहा निर प्रश्न जटिल छ किनकी शत्रूहरूको योजना विरुद्ध मजदूर वर्गको हितको रक्षा गर्न आवश्यक छ भन्ने कुरामा स्टालिन सहमत भएपछि यो सबै भएको थियो । उनले यसलाई मजदूरवर्गको हित र समाजवादको विजयको हितको स्थानबाट हेरेका थिए ।” तर विल्कुल पागल मान्छेले मात्र यो सोँच्न सक्छ कि निर्दोष मान्छेहरूलाई पक्राऊ गरेर समाजवादको सेवा गर्न सकिन्छ भन्ने कुरा तर सबै प्रमाणहरूले के देखाउँछन् भने उनी अन्तिम समयसम्म पनि मानसिक रूपमा ठिकठाक थिए । तथापि यदि यी गैर न्यायिक हत्याहरू स्टालिन र माक्र्सवादी–लेनिनवादीहरूको आदेशमा होइन कि समाजवादका विरोधी तथा संसोधनवादीहरूको आदेशमा भएको हो भन्ने तथ्यलाई मान्ने हो भने यो विवाद आपैm समाधान हुन्छ ।

सन् १९३८ को सार्वजनिक सुनुवाईमा आन्तरिक मामिलाका पूर्व जन कमिसार जेन्रिक योगदालाई आप्mना पूर्ववर्ती भ्याचेसलब म्यान्जेस्काईको हत्याको योजना बनाएको मुद्दामा दोषी ठहर गरियो । जुन उनले सोभियत सुरक्षा सेवाको नेतृत्वमा बडुवाको लागि गरेका थिए । त्यस पछि उनको आप्mनै स्वीकारोक्तिका अनुसार त्यो पदलाई स्टालिनको नजिकका महत्वपूर्ण माक्र्सवादी–लेनिनवादी नेताहरूलाई हत्या गर्ने आतङ्कारीहरूलाई संरक्षण गर्नमा प्रयोग गरे । तिनीहरूमा पार्टीको लेनिनग्राद सेक्रेटरी सर्गेइ किरोभ र प्रसिद्ध लेखक म्याक्सिम गोर्की थिए ।
सुरक्षा निकाय बेकम्मा भएको भान नपार्नका लागि योगदाले धेरै मान्छेहरूलाई समात्न लगाए जो वास्तवमा षडयन्त्रकारी थिएनन् । योगदा पक्राऊ परे पछि पनि षडयन्त्रकारीहरूले योगदा जस्तै अर्को व्यक्ति निकोलाई एजोभलाई पाउन सफल भए जसले पहिलेका कामलाई निरन्तरता र अभैm बढी सघन पार्दै लग्यो ।

स्टालिन र माक्र्र्सवादी–लेनिनवादीहरूले सुरक्षा निकायहरूले (अपराधीलाई संरक्षण दिई निर्दोषलाई सजाँय दिई ) गलत रूपमा काम गरिराखेका छन् भन्ने शङ्खा गर्न थाले पछि स्टालिनको निजी सचिवालयलाई नै प्रयोग गर्न सुरु गरे जसको नेतृत्व अलेक्जेन्डर पोस्क्रेविसेभले गरेका थिए । छद्मभेषी संसोधनवादीहरूले आफ्नो भेषलाई कायम राखिराख्नका लागि योगदा र यजोभ लगायतका वास्तविक षडयन्त्रकारीहरूको पक्राऊलाई स्वीकार गर्न बाध्य भए भन्ने कुरा यो सचिवालयले प्रमाणहरूमा आधारित भएर उजागर गरेको थियो र सिधै पार्टीलाई बुझाएको थियो । र सन् १९३८ मा स्टालिन कै अग्रसरतामा उनका मित्र जो सच्चा माक्र्सवादी–लेनिनवादी थिए लाभरेन्ती बेरियालाई ककेसियाबाट सुरक्षा निकायको नेतृत्व सम्हाल्न मस्को बोलाइयो । मेरियाको मातहतमा योगदा र यजोबको समयमा समातिएका राजनैतिक बन्धीहरूको मुद्दालाई पुनरावलोकन गरियो र जसरी पश्चिमा मिडियाहरूले गैर न्यायिक रूपमा मारिएको भनिएकाहरू थिए तिनीहरूलाई वास्तवमा जेलमुक्त गरियो र पुनःस्थापना गरियो ।

(ब्रिटेनका माक्र्सवादी–लेनिनवादीहरूले सिपिएसयूभित्र अल्पमतमा परेका सच्चा माक्र्सवादी–लेनिनवादीहरूको वास्तविकतालाई स्वीकार्न गाह्रो मान्नु हुँदैन ।) बेलायतको कम्युनिस्ट पार्टीका कति जना सदस्यहरू समाजवादको बेलायती बाटो नामक संसोधनवदको विपक्षमा आए ? जसले समाजवादको संसदवादी बाटो भनेर बेतुकको प्रवचन दिन्छ र यो सन् १९५१ मा पार्टीले पारित गरेको थियो । मलाई लाग्छ त्यसको विपक्षमा आउने जम्मा ४ जना मात्र थिए ।

अवश्य पनि प्रश्न उठ्छ, यदि सिपिएसयूको नेतृत्वमा सन् १९३० देखि नै संसोधनवादीहरूको बहुमत थियो भने किन तिनीहरूले स्टालिनको मृत्यु पछि सन् १९५६ भन्दा यता समाजवादलाई समाप्त गर्न कुनै कदम चालेनन् ? यसको छोटो उत्तर के हो भने तिनीहरूले प्रयास गरेका थिए तर सकेनन् । सन् १९४० को दशकको सुरुवाती वर्षमा नै अर्थशास्त्रीहरू युजेन भर्जा र निकोलाइ भोज्नसेन्की दुवैले किताब निकाले जसमा खुलै रूपमा संसोधनवादी कार्यक्रमलाई समर्थन गरिएको थियो र माक्र्सवादी–लेनिनवादीहरूले तत्कालै कडा आलोचना गरेका थिए । सन् १९६० को दशकमा सोभियत विरोधी प्रोपोगान्डा पुनः प्रकाशित भयो । जुन सुरुमा नाजी जर्मनीबाट प्रकाशित भएको थियो । यसलाई बेलायतको गुप्तचर विभागको पूर्व एजेन्ट रोबर्ट कङ्कोयस्टले हावर्ड विश्वविद्यालयको कभरमा पुनः प्रकाशन गर्ने काम गरे । सन् १९६९ मा प्रकाशित उनको किताब द ग्रेट टेलरमा कङ्कोयस्टले स्टालिनबाट प्रताडित मान्छे ५ देखि ६ मिलियनको बिचमा भएको बताएका छन् । तर सन् १९८० देखि फेरी त्यही कङ्कोयस्टले नै सन् १९३९ मा सोभियत संघमा जम्मा २५ देखि ३० मिलियन बन्दी थिए भन्न सुरु गरे र सन् १९५० मा १२ मिलियन राजनैतिक बन्दी थिए भनेर आरोप लगाए । तर गोर्बाचोभको बेलामा सिपिएसयूको केन्द्रीय समितिको अर्काइभ अनुसन्धानकर्ताहरूलाई खुला गरियो । र यो थाहा भयो कि सन् १९३९ मा ४ लाख ५४ हजार राजनैतिक बन्दीहरू थिए । न कि कङ्कोयस्टले भने जस्तो १० औं लाख । यदि हामीले जेलमा भएका सबै बन्दीहरूलाई जोड्यौ भने तथ्याङ्क लगभग २.५ मिलियन हुन आउँछ । जुन त्यति बेलाको वयस्क जनसङ्ख्याको २.४ प्रतिशत हो । त्यसैलाई अमेरिकाको सन् १९९६ को तथ्याङ्कसँग तुलना गर्ने हो भने पनि ५.५ मिलियन मान्छे जेलमा छन् जुन वयस्क जनसङ्ख्याको २.८ प्रतिशत हुन आउँछ ।

स्टालिनको मृत्यु हुनुभन्दा लगभग दुई महिना पहिले सन् १९५३ को जनवरीमा क्रेनलिनमा काम गरिरहेका ९ जना डाक्टरहरूलाई आन्द्रेइ ज्दानोभ (सन् १९४८) लगायतका नेताहरूलाई जानीबुझी गलत मेडिकल उपचार गरी हत्या गरिएको अभियोगमा पक्राऊ गरिएको थियो । यी कारबाहीहरू एक जना महिला डाक्टर लादियातिमासोकले लगाएका आरोपमाथि छानबिन गर्दा थाहा पाई गरिएको हो । आरोपी डाक्टरहरूलाई अमेरिकी जियोदवादी संस्था ज्वाइन्टसँगको साँठगाँठमा हत्याको षडयन्त्रको आरोप लगाइएको थियो । पश्चिमा मिडियाका प्रतिनिधीहरूले केही सोभियत नेता पनि घटनाको सम्बन्धमा छानबिनमा परेका छन् भनेर दाबी गरेका थिए । तर मुद्दा इजलासमा नजाँदै स्टालिनको मृत्यु भयो ।

अल्बानियाका माक्र्सवादी–लेनिनवादी नेता एन्वर हुक्जा जो संसोधनवादका कडा विरोधी थिए र हल्लाहरूका पछि लाग्ने मान्छे थिएनन् । उनले के दाबी गरेका छन् भने सोभियत नेताहरूले उनीसँग स्टालिनलाई आफुहरुले नै मारेको भनेर स्वीकार गरेका छन् । हामीलाई पनि के थाहा छ भन्दा स्टालिनका छोराले पनि आफ्नो बुबा वृहत योजनाको एउटा अंश मुताबिक मारिएको दाबी गर्नासाथ पक्राऊ गरेर जेल पठाइएको थियो ।
त्यसको लगत्तै पहिले पक्राऊ परेका डाक्टरहरूलाई पनि छोडियो र पुनः आ–आफ्नो काममा फर्काइयो । त्यस पछि लाभरेन्ती बेरिया जो संसोधनवादीहरूका लागि स्टालिन पछिको दोस्रो अभिशाप थिए, तिनलाई सैनिक कू गरी पक्राऊ गरियो र गोप्य रूपमा मृत्युदण्ड दिइयो ।

निष्कर्ष :
यी तथ्यहरूको वस्तुगत रूपमा गरिएको अध्ययन पश्चात खिचिएको स्टालिनको वास्तविक तस्बीर हो । यो एउटा महान माक्र्सवादी–लेनिनवादी जो समाजवाद र मजदूर वर्गका लागि जीवनभर लड्यो त्यसको तस्बीर हो ।

यो महान माक्र्सवादी–लेनिनवादीको तस्बीर हो जो संसोधनवादी विश्वासघातीहरूबाट घेरिएको थियो र संसोधनवादी बहुमतलाई मजदूर वर्ग प्रति विश्वासघातमा प्रयोग हुनबाट जोगायो साथै पूँजीवादको पुनःस्थापना हुन दिएन । हामी सबै देशमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई पुनः निर्माण गर्ने कार्यभार बोकेकाहरूले स्टालिनको प्रतिरक्षालाई माक्र्सवाद लेनिनवादको प्रतिरक्षाको एउटा भागका रूपमा हेर्नुपर्छ । जो माक्र्सवादी–लेनिनवादी हो त्यसलाई स्टालिनवादी भन्नु जस्तो ठूलो प्रसंशा केही हुँदैन ।

(सन् १९९९ मा पेरिसमा भएको ‘अन्तर्राष्ट्रिय सङ्घर्षः माक्र्सवादी–लेनिनवादी’ नामक सम्मेलनमा यो लेख प्रस्तुत गर्ने पूर्वनिधारित योजना थियो तर अन्तिम समयमा बिल ब्लान्डले कार्यक्रममा भाग लिन नसकेको कारण प्रस्तुत हुन सकेन)
अनुवादकः विष्णु अधिकारी