अध्यक्ष माओको चर्चित कविता ‘हिउँ’

-क. माओत्सेतुङ

देशको उत्तरतिर
सयौँ समूहहरु बरफमा थुनिएका छन्
हिउँका भुँवरीहरुबीच
हजारौँ समूह छन् ।
ठूलो पर्खालको दुवैतर्फ
केवल एउटा श्वेत अनन्तता छ ।
पहेँलो नदीको बेगिलो प्रवाह
मूलदेखि पुछारसम्म एकाएक रोकिएको छ ।
हिमालहरु
चाँदीका नागजसरी नाच्दैछन्
उच्च भूमिहरु
रुपान्तर हुँदैछन् – मैनका हात्तीहरुमा
र, स्वर्गसँग प्रतिष्ठाको लडाइँ लड्दैछन् ।

एउटा रमाइलो दिनमा
सेतो आवरणको धर्ती,
रातो पोशाकमा सजिएपछि
उसको सौन्दर्य बढ्दै गएको छ ।
यो धर्ती सौन्दर्यको धनी छ
अनगिन्ति सम्मानित वीरहरु
यही धर्तीले जन्माएको छ ।
तर,
चीन सी ह्वाङ र हान उ – तीप्रति दुःख छ
उनीहरुले गुमाएका छन्
– पुर्खाको साहस ।
अनि, किञ्चित कविताको बास छ
ताङ ताइ–त्सुङ र सुङ ताइ–तसुको मुटुमा ।
अनि, कुनै दिन स्वर्गका योग्य छोरा ठहरिएका
चङ्गेज खाँ पनि,
चिलहरु मार्नमात्र जान्ने भएका छन्,
उनको बाँण भुत्ते भएको छ ।
सबै विगत भइसके, गइसके ।
अबका महान् व्यक्तिले नै
आजको युगलाई हाँक्नुपर्छ ।

फेब्रुअरी १९३६ ।