मगर संघद्वारा विपत्तिमा परेका ठूलो लुम्पेकीहरुलाई राहत

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा ३ ठूलो लुम्पेकमा साउन ६ आएको अविरल बर्षाका कारण पहिरोपिडितहरुलाई राहत वितरण गरिएको छ ।

भिषण बर्षापछिको पहिरोले ठूलो जनधनको क्षति भएकाले नेपाल मगर संघ केन्द्रिय समिति,नेपाल महिला मगर संघ,नेपाल मगर युवा संघ र नेपाल मगर संघ अमेरिका लगायत सम्रग मगर समुदायको सहकार्यमा उक्त राहत वितरण गरिएको हो ।

वडा अध्यक्ष रुखबहादुर रानामगर सहितको टोलीले स्थानिय राहत ब्यबस्थापन समितिलाई राहत  हस्तान्तरण गरेसंगै विपत व्यवस्थापन समितिलाई धन्यवाद समेत दिएका छन् ।