गृहमन्त्री थापालाई पत्र : ‘माइला लामाको हातमा हत्कडी किन ?’

माननीय गृहमन्त्री ज्यु,
नमस्कार !

नेपाली जनता र सर्बहारा बर्गको निम्ति जनताको गीत गाउदै आउनु भएका जनताको आदरणीय नेता जनवादी गायक एवं नेकपाका केन्द्रीय सदस्य र उपत्यका व्युरो इन्चार्ज माइला लामालाई बिनाकारण तपाईंको मातहतमा रहेको प्रहरी प्रशासनलाई गिरफ्तारको आदेश दिनु अत्यन्तै दुखद् र कायरतापूर्ण व्यबहार हो ।

नेपाली जनता र सामन्ती राज्यसत्ता शोषकहरुको विरुद्धमा बैज्ञानिक समाजबाद प्राप्ति र उन्नतिका लागि हिजो दस बर्षको लडाइँ लड्दा लड्दै आधा जीवन व्यतित गर्नुका साथै .शारीरिक रुपले निकै नि घाइते हुनुभएका आदरणीय कमरेड माइला लामा तत्कालीन जनयुद्धकालिन समयका हालका गृहमन्त्री रामबहादुर थापाका नजिकैको बिश्वासयोग्य पात्र हुनुहुन्थ्यो । तर आजको बादल नेतृत्व गृह प्रशासनले आफ्नो होस् नै गुमाएर आदरणीय जनताको नेता माइला लामालाई गिरफ्तार गर्न लगाउनु पर्ने के कारण होला ? आफ्नै सहयोद्वालाई पक्राउ गर्न आदेश दिनु तपाईको कुन नैतिकता हो मन्त्री ज्यू ?

हिजो जटिल परिस्थितिको लडाइँ लड्दा कयौं नेपाली जनताको रगत र पसिनाले आज यहि देशको हालीमुहाली गर्नु भएको छ । तिनै नेता कार्यकर्ता नेपाली जनतालाई धोका दिनै तपाईहरुलाई जनता एक दिन जनताको अदालतमा हाजिर गराइ छाडने छन् । देश परिवर्तनको मुक्तिको खातिर उनै युद्धकालिन समयका माइला लामा जस्ताले नलडिदिएको भए आज तपाईं गृहमन्त्री समाली रहनु हुने थियो ? यिनै साहसी योद्धा माइला लामा नेपाल परिवर्तनको खातिर गणतन्त्र ल्याउनको लागि निकै सङ्घर्स गर्नु भएको थियो । यहि गणतन्त्र प्राप्तिको लागि माइला लामाले आँखा कान गुमाउनु परेको छ ।

जसले कालोबजारी भ्रष्टाचारको विषयमा बोल्छ, बलात्कारको विषयमा आवाज निकाल्छ, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको मुद्दाहरुमा बोल्छ, के तिनीहरु अपराधी हुन् र ?  तपाइले सक्नुहुन्छ भन्ने सिमाना आफ्नो झन्डा गाड्नु होस् । सारिएका जङ्गे पिलर फिर्ता ल्याउनुहोस्, कालोबजारी, बलात्कारीहरुलाई पक्राउ गरेर देखाउनुहोस् । जनतालाई शान्तिको प्रत्याभूति गराउने नसक्ने तर जनताका गायकलाई पक्रेर देखाउनु तपाईको महानता हो ?
महान जनयुद्धको ज्यूँदो सहिद संस्कृतिकर्मी माइला लामा लगायत सम्पुर्ण बन्दीहरुलाई ससमान रिहाइ गरियोस् ।

-नकुल चौलागाईं काठमाडौं