वनमन्त्री शक्ति बस्नेतकी भतिजी मृत अवस्थामा भेटिइन्

वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत अवस्थामा भेटिएकी छिन्।

आइतबार  बिहान  प्रहरीले बबिताको शव ढोका फोडेर  बाहिर निकालेको ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकले नेपालखबरलाई बताए।

उनका अनुसार बबिताका श्रीमान् सञ्चारकर्मी तथा ऊर्जा मन्त्री वर्षमान पुनका प्रेस संयोजक रोशन खड्का घर पास गर्ने भन्दै बिहान निस्किएका थिए।

ललितपुरको बालकुमारीस्थित वेस्टार अपार्टमेन्टमा श्रीमानसँगै बस्दै आएकी बस्नेतको शव सलको पासोमा झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको हो।

आइतबार बिहान अबेरसम्म ढोका ढक्ढक्याउँदा पनि नउठेपछि नन्दले  प्रहरीलाई खबर गरेकी थिइन्। खबर पउनासाथ घटनास्थल पुगेको प्रहरीले ढोका फोरेर हेर्दा बबितालाई सलको पासो लगाइरहेको अवस्थामा फेला पारेको हो।

बस्नेत वनमन्त्री शक्ति बस्नेतकी दाइकी छोरी हुन।

प्रहरीले घटना संकास्पद रहेको भन्दै अनुसन्धान भइरहेको जनाएको छ ।