अधिकारको प्रत्याभूभि गर्न सबै महिला एक हुनुको विकल्प छैन ःनगर उपप्रमुख वि.क

 

 

 

 

 

 

 

 

अनिल नेपाली
सन्धिखर्क माघ ९
सन्धिखर्क नगरपालिकामा आज एक कार्यक्रममा बीचमा महिलाहरुलाई नेतृत्व तथा संस्थागत विकास सम्वन्धी दुई दिने तालिम सम्पन्न भएको छ । तालिम सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार वि.क किशोर प्रमुख आतिथ्यतमा सम्पन्न भएको छ ।Image may contain: 4 people, people sitting

तालिमको उद्घाटन गदै नगर उपप्रमुख वि.कले महिलाहरु आफ्नो हक अघिकारको लागि एकताबृद्ध भई लाग्नुको विकल्प नरहेको बताउँदै देशमा परिवर्तन ल्याउनको लागि महिलाको ठूलो भूमिका रहेको ती उपलब्धीको रक्षा गर्नको लागि सबै महिला एकताबद्ध भई लागी समृद्ध नगरको रुपमा चिनाउन पर्नेमा जोड दिदै अझै कहि कतै पनि महिलाहरु आफ्नो हक अघिकारको बारेमा जानकार नहुनाले महिला विरुद शोषण दमन अत्याचार बल्लतकार जस्ता घटनाहरु दिनप्रति बढेको हुनाले सबै महिलाहरुले गाँउगाँउमा त्यस्ता घटना न्यूनीकरणमा लाग्नुपर्ने बताउनुभएको थियो । एक फरक प्रसँगमा कुरा गदै नगर उपप्रमुुख वि.क ले सन्धिखर्क नगरपालिकाले समृद्ध नगरभ्ष्टचारभुक्त सुसासनरहित नगर को रुपमा चिनाउनको लागि महत्वपूर्ण योजना सहित लागि परेको बताउँदै यो अभियानमा सहयोग गर्नको लागि सबै नगरबासीलाई आग्रह गर्नुभएको थियोImage may contain: 9 people, people smiling, people sitting
कार्यक्रम महिला बालबालिका संयोजक बेलकुमारी परियारको अध्यक्षता नायब सुब्बा विनोद कुँबरको सञ्चालनमा सम्पन्न कार्यक्रममा निमित्त कार्यकारी प्रमुख गोविन्द के.सी को आतिथ्यता रहेको थियो कार्यक्रम २ दिन चल्ने निमित्त कार्यकारी प्रमुख गोविन्द के.सीले लगायतले प्रशिक्षण दिनुभएकोे छ कार्यक्रममा नगरका महिलाको उल्लेखनीय सहभागिता रहेको थियो ।Image may contain: 6 people, people sitting