चौथो अर्घाखाँची महोत्सव २७ गते देखि हुने, महोत्सवको उपराष्ट्रपतिले उद्घाटन गर्ने

 

 

 

 

 

अनिल नेपाली

अर्घाखाँची २१ पुस । अर्घाखाँचीमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उदेश्यले पुस २७ गते देखि सन्धिखर्कमा चौथो अर्घाखाँची महोत्सवको  हुने भएको छ । अर्घाखाँची जिल्लालाई ब्यवसायिक पर्यटकिय हिसाबले देश विदेशमा चिनाउन जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित बस्तुहरुको प्रर्बद्धन गर्नको लागि महोत्सवको आयोजना गर्न लागीएको हो ।

अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा पुस २७ गतेदेखि माघ ८ गते सम्म सन्धिखर्क १ को कुडुले फाटमा कृषि उद्योग व्यापार पर्यटन तथा साँस्कृतिक महोत्सव हुने उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठले बताउनु भयो  ।

महोत्सवमा जिल्लाका स्थानीय उत्पादन, कोदो, फापर र मकैका परिकार, परम्परागत तेल पेल्ने कोल, ढिकी, जातो लगायत जिल्लाको सुन्तला, ढाकाका उत्पादन , जिल्लाको अर्गानीक कफी प्रमुख आकर्षणको रुपमा रहने महोत्सव मुल आयोजक समितिका बरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसालले बताउनु भयो ।


अर्घाखाँचीमा लुकेका सबै बस्तुहरुको प्रचार प्रसार गरि जिल्लालाइ पर्यटकीय स्थलको रुपमा विका स गर्न महोत्सवको आयोजना भएको छ । स्थानीय उत्पादन संगसंगै वाल उद्यान, झुला, पिंग तथा दैनिक रुपमा राष्ट्रिय कलाकरहरुको बजोड प्रस्तुती रहने छ ।

महोत्सवबाट संकलित रकमबाट जिल्ला अस्पताल सन्धिखर्कमा भवन निर्माण गरिने उद्योग वाणिज्य संका कोषाध्यक्ष तुल्सीराम खनालले बताउनु भयो  ।मेलाको २७ गते विहान ११ बजे उप राष्ट्रपति नन्द किशोर पुन पासांङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्धाटनको दिन जिल्लाका विभिन्न झाकीहरु प्रस्तुत हुनेछन । भैरव नाच, मारुनी नाच, मयुर नाच, सोरोठी नाच संगसंगै विभिन्न जातजातीका भेषभुसा सहितका झाकीहरु प्रस्तुत हुने आयोजकले बताएको छ  ।

आज महोत्सव मुल आयोजक समितिको बैठक सम्पन्न भएको छ । बैठक महासचिव प्रदिप मिश्रको सञ्चालनमा सम्पन्न भएको हो