बुटवलको एक होटलबाट अबैध रकम सहित ३ जना पक्राउ

रुपन्देहीको बुटवलमा होटलमा बास बस्दै गरेका ३ जनाट अबैध नगद सहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा २ भारतीय र १ जना नेपाली नागरिक छन् । उनीहरुको साथबाट ८ लाख ७८ हजार ४ सय रुपैया बरामद भएको हो ।

ईलाका प्रहरी कार्यलय बुटवलका अनुसार बुटवल नेपाल गञ्जरोडमा रहेको ग्रान्ड होटलबाट ४ लाख ३० हजार २ सय ५० भारु र १ लाख ९० हजार नेपाली सहित उनीहरुलाइ होटलबाटै पक्राउ परेको ईलाका प्रहरी कार्यलय बुटबलका प्रहरी नायव उपरिक्षक डिल्ली बहादुर मल्लले बताए । बिषेश सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरि अनुसन्धानको लागी राखिएको बताएका छन ।

पक्राउ पर्नेमा भारतिय नागरिक मेराजुन मिया, ईमरान खान नेपाली नागरिक मेघनाथ कुशपडिया छन् । तीनै जनालाइ अनुसन्धानको लागी ईलाका प्रहरी कार्यलय बुटबलमा राखिएको छ । मिया र खान भारत उत्तर प्रदेश बैराइच जिल्लाका हुन् भने कुशपडिया बांके नेपालगंजका हुन् ।