श्रीलंका र बर्माका राष्ट्र प्रमुख लुम्बिनी आउने तयारी

बिन्दु कुमार चौहान/लुम्बिनी । काठमान्डौमा आयोजित बिमेस्टेक सम्मेलनको अवसर पारी छुट्टाछुट्टै रुपमा यही भदौ १३ र १६ गते हुन लागेको श्रीलंका तथा बर्मा राष्ट्र प्रमुख द्वारा बुद्धजन्म स्थल लुम्बिनी भ्रमण सम्बन्धी लुम्बिनी बिकास कोष द्वारा आवश्यक तयारी पूरा भएको छ ।

भदौ १३ गते बिहान नौ बजे म्यामारका राष्ट्रपति बिन मियिन्टको बुद्धजन्म स्थल लुम्बिनीमा हुन लागेको पहिलो पटक औपचारिक भ्रमणको स्वागत सत्कार तथा सुरक्षा सम्बन्धी कोषले सबै तयारी पूरा गरेको हो।
लुम्बिनी बिकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टरार्इंका अनुसार बर्मेली राष्ट्र प्रमुखको लुम्बिनी भ्रमणको दौरानमा कोषका पदाधिकारी, सुरक्षाकर्मी तथा स्थानीयको रोहबरमा लुम्बिनी मायादेबीमन्दिर अखण्ड शान्तिद्वीप बर्मामन्दिर , केन्द्रियनहर तीनवटा हेलीपैड ,गेट नं. १ देखि ९ नं.गेट सम्म लगभग एक हजार जनाको सहभागितामा सरसफाई गरिएको छ ।

त्यस्तै बर्मेली राष्ट्रप्रमुख मियिन्ट आफनो धर्मपत्नी सँगै बुद्धजन्म स्थल लुम्बिनी मायादेबी मन्दिरमा बौद्धपरम्परा अनुसार पूजाआराधना उपहार प्रदान पश्चात बर्मा बौद्ध बिहारका प्रमुख भिक्षु द्वारा धर्मदेशना गृहण पश्चात पण्डितारामा ध्यानकेन्द्रमा ध्यान पश्चात दिउसो तीन बजे सम्म होटल कासाईमा बिश्राम समेत गर्ने कोषका निमित्त सदस्यसचिव भट्टराईले बताए ।

त्यति मात्र नभई भदौ १६ गते श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाको लुम्बिनी भ्रमणको दौरानमा पनि मायादेबीमन्दिर ,श्रीलंका बौद्धबिहारमा पूजाआराधना पश्चात श्रीलंका बिश्रामगृहको अवलोकन गर्ने कार्यक्रम सुनिश्चित भएको कोषले जनाएको छ ।

यसै गरि दुई राष्ट्रप्रमुखको लुम्बिनी भ्रमणको बिषेश सुरक्षार्थ नेपालीसेना,नेपालप्रहरी,दंगाप्रहरी,सशस्त्र प्रहरी गरि चारवटै सुरक्षा अंग परिचालन गरि सुरक्षा ब्यवस्था कडा पारिने सुरक्षा समिती संयोजक तथा रुपन्देही प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानामगरले जानकारी गराए ।
पहिलो पटक हुन लागेको बर्मा तथा श्रीलंका राष्ट्रप्रमुख द्वयको लुम्बिनी भ्रमण पश्चात बुद्धजन्म स्थल लुम्बिनीको गरिमा अझ उचाईमा पुग्नुका साथै बर्मा तथा श्रीलंकाको पर्यटकहरुको लुम्बिनी आगमनमा बृद्धि हुने अपेक्षा समेत गरिएको छ ।