‘नागरिकले आफ्नो अघिकारको प्रयोग गर्न पाउनुपर्छ’ -नगर प्रमुख भुसाल

 

 

 

 

अनिल नेपाली
अर्घाखाँची २० असार
सन्धिखर्क नगरपालिका बाट बिनियोजित बजेटबाट दलित सशक्तिकरण एव कानुनी सारक्षरता सम्वन्धी अभिमुखीकरण कार्यक्रम एक कार्यक्रमका बीच सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

नगर प्रमुख भुसालले कार्यक्रमको उद्घाटन गदै मुलुकमा जातजातिको अन्त्य भईसकेको मुलुकमा कही कतै म यस्तो हु भन्ने मान्छेमा मात्र जातिय भेदभाबको जरो रहेको ती जराको अत्न्य गर्नका लागि मुलुकमा सविधानले दिइएको अघिकारको प्रत्याभुति दिलाई दलितलाई दक्ष बनाउनको लागि नगरपालिकाले तालिम सञ्चालित गरेको तालिमा सिकेका कुरालाई आफुले मात्र नराखि गाँउगाँउमा बाड्न सकेमा मुलुकमा जातजातिको अन्तय भई मुलुकले फरक दिसा लिने बताउनुभएको थियो ।

 

कार्यक्रममा मन्तब्य राख्दै नगर उपप्रमुख ठाकुर कुमार वि. क किशोरले मुलुकमा केही अतिबादी तिक्ष्ण सोच भएका मान्छेमा मात्र जातिय भाबना रहेको भन्दै यस्ता तत्वलाई निमूल पारी मुलुकलाई सबैको साझा फूलबारी बनाउनका लागि सबै नागरिकको महत्वपूर्ण भुमिका रहेको भन्दै यसलाई निमूल पार्नको लागि नगरमा बसोबास गर्ने सबैको भुमिका रहेको बताउनुभएको थियोे ।

 

यसरी कार्यक्रममा मन्तब्य राख्नेमा नगर प्रबक्ता तथा वडा न ३ का अध्यक्ष लिलाराम गौतम सहायक प्रशासकीय अघिकृत गोविन्द के.सी लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै जातीय भावनाको अन्तय गरी नगरलाई सबैकोे साझा फुलबारी बनाउनका लागि सबैको महत्वपूर्ण भुमिका रहने बताएका थिए कार्यक्रममा वडा न १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाली नगर शिक्षा संयोजक बलराम मिश्र नगर स्वास्थ्य संयोजक पूर्ण बहादुर घर्ती अधिबक्ता जगनाथ भुसाल दलित अभियान्ता तथा नेपाली काग्रेसका नेता लोकेन्द्र विश्वकर्मा महिला नेत्री राधा नेपाली पत्रकार महासंघका सहसचिब अनिल नेपाली पत्रकार रुद्रमणी भुसाल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो


कार्यक्रम नगर उपप्रमुख ठाकुर कुमार वि.कको अध्यक्षता नगर प्रबक्ता लिलाराम गौतमको स्वागत मन्तब्य सब इन्जिनियर नारायण पोख्रेलको सञ्चालनमा कार्यक्रममा सम्पन्न भएको थियो कार्यक्रममा दलितका हक अघिकार कानुनी प्राबधान तथा निति निर्माण दलित इतिहास बर्तमान सवाल आगामी योजनाबारेमा तालिम दिईने जनाइएको छ ।