भलवारी इन्जिनियरिङ कलेजको स्ववियु चुनावमा नेविसंघ विजयी

भलवारी स्थित लुम्बिनी इन्जिनियरिङ कलेजमा हिजो भएको बिद्यार्थी कल्याणकारी इकाईको निर्वाचनमा एक ढिक्का भएर प्रस्तुत भए फलस्वरुप बिभिन्न बिद्यार्थी संगठनहरु मिलेर बनाएको संयुक्त प्यानललाई पराजित गरेका छन् ।

निर्वाचनमा नेपाल विद्यार्थी संघ एक्लै प्रतिष्पर्धामा थियो भने अनेरास्ववियु क्रान्तिकारी र राप्रविसंघ संयुक्त प्यानल बनाएर प्रतिष्पर्धामा उत्रिएका थिए ।बिहान ८ बजेदेखि अपरान्हसम्म भएको मतदानको मध्यरातमा मतगणना सकिएको छ । नेविसंघले सचिव बाहेकका सवै पद जितेको छ ।

मतपरिणाम अनुसार नेबि संघको तर्फबाट सभापतिमा सोचित वाग्ले,उप सभापतिमा दिनेश घिमिरे, सहसचिबमा दिनेश बोहोरा,कोषाध्यक्षमा विराज सोमै मगर, सहकोषाध्यक्षमा प्रकृति रिजाल र सदस्यमा शिवनी धिमिरे,रामनरेश मैरीया,सीमा तिवारी,कनैहिया कलवार सुरज जैसवाल,आशिष पाण्डे र सोनी पाण्डे निर्वा्चित हुनु भएको छ । त्यस्तै अनेरास्ववियु क्रान्तिकारी र राप्रविसंघ संयुक्त प्यानलका तर्फबाट सचिवमा सरोज कुमार दास निर्वाचित हुनु भएको छ ।