पक्राउ परेका यातायात व्यवसायी रिहा, हड्ताल नगर्ने सहमति

जनबाटो संवाददाता । सिन्डीकेट खारेजीको विरोधमा उत्रिदा पक्राउ परेका यातायात व्यवसायीहरु रिहा भएका छन् । यातायात व्यवसायी र प्रशासन वीच अबका दिनमा राज्यको कानुन उलंघन नगर्ने सहमतिपछि रिहा भएका हुन् ।

पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जीवन बञ्जाडे, महासचिव पदम गाहा, सहसचिव चेतनारायण बेल्वासे, बुटवल यातायातका अशोक कुमार श्रेष्ठ सहित १२ जना पक्राउ परेका थिए ।