रुपन्देहीमा जनपरिषद भन्यो– ‘जनप्रतिनिधिहरु तत्काल राजिनामा देऊ !’

जनबाटो संवाददाता । समानान्तर सत्ताको अभ्यास गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीले देशैभर सरकारले गरेको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई तत्काल राजिनामा दिन पत्राचार गरेको छ । नेकपाले अवध स्वायत्त प्रदेश, जिल्ला समितिको रुपन्देहीको नाममा बुधवार बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको कार्यकक्षमा पुगेर उहाँलाई नगर प्रमुखबाट तत्काल राजिनामा दिन पत्र काटेको बताइएको छ ।

स्वायत्त प्रदेश, जिल्ला समिति रुपन्देही प्रमुख शिशिरद्धारा हस्ताक्षरित पत्रमा  नगर प्रमुखबाट तत्काल राजिनामा दिन भन्दै बुधवार पत्र बुझाएको बताइएको छ । सुवेदीको कार्यकक्षमा पुगेको  टोलीले प्रमुख सुवेदीलाई राजिनामा दिन पत्र पठाएको हो । रुपन्देहीका सवै जनप्रतिनिधिहरुलाई जनपरिषदले राजिनामा दिन पत्राचार गरेको स्रोतले बताएको छ ।