सिरियाको मानवीय क्षतिका लागि अमेरिकी साम्राज्यवाद जिम्मेवार

  –प्रकाश 

अहिले सिरिया सञ्चार माध्यममा छाएको छ । सिरियाको स्थितिबारे अर्धसत्य समाचारको बाढी नै आएको छ । ती समाचारहरूमा विभिन्न सङ्ख्या उल्लेख गरी ‘सिरियाली सरकारी सेनाको आक्रमणमा यति बालबालिकासहित यति जना सर्वसाधारण मारिएका छन्’ भनी प्रचार (दुष्प्रचार) गरिएका छन् । तिनै आधारहीन समाचारका आधारमा विभिन्न युद्धका तस्विर सङ्कलन गरी फेसबुक, ट्विटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालहरूमा अपडेट गर्ने र शेयर गरी समवेदना जनाउने लहर पनि चलेको छ । तर सिरियाको वास्तविकताबारे थोरैले मात्र जानकारी शेयर गर्ने गरेका छन् ।

हो, सिरियामा अहिले गृहयुद्ध चलिरहेको छ । त्यसैले सेना, विद्रोही लडाकूमात्र नभई सयौं सर्वसाधारण र बालबालिकाले ज्यान गुमाइरहेका छन् । तर ती सबै मृत्युका लागि सिरियाली र सेनामात्र जिम्मेवार होइनन् । बरु सिरियाको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताविरुद्ध अहिले पश्चिमा साम्राज्यवादीहरू, यहुदी जातिवादी इजरायल र अरब देशका कट्टरपन्थी मुस्लिमहरूले आक्रमण गरिरहेका छन् र सिरियाली सरकार, सेना र जनता आफ्नो देश बचाउनका लागि लडिरहेका छन् ।  छलफल अहिले चर्चामा रहेको घौटा (Ghauta)  बाट अगाडि बढाऔं ।

घौटा सिरियाली राजधानी दमासकसको दक्षिण पूर्वमा अवस्थित प्राचीन नगरसहितको एक सहर हो । दमासकस र घौटा दुवै बारादा नदीको किनारमा छन् । दमासकस सहरको क्षेत्रफल वृद्धिसगै दुवै सहर झण्डै जोडिएका छन् । सिरियामा गृहयुद्ध सुरु भएदेखि नै उक्त सहरलाई कहिले आईएसआईएलले त कहिले जाभात अल नुस्रा नामका मुस्लिम कट्टरपन्थी समूहहरूको कब्जा गर्दै आएको थिए । पछिल्लो समय आईएस आईएस समूह विभिन्न युद्धमा पराजित हुँदै पछाडि हटेपछि जाभात अल नुस्राको नियन्त्रण घौटामा बलियो भएको थियो । त्यस सलाफवादी कट्टरपन्थी समूहले त्यहाँका सर्वसाधारण सिरियाली जनतालाई बन्दी बनाई उनीहरूलाई मानव ढालका रुपमा प्रयोग गर्दै आएको हो । अल नुस्रा फ्रन्टले त्यहाँबाट राजधानी दमासकसको बाहिरी घेरासम्म निरन्तर मोर्टार (सानो क्षेप्यास्त्र) आक्रमण गर्दै आएको थियो । जसबाट दमाकसका सयौं मानिसको मृत्यु हुनुका साथै हजारौं घाइते भइसकेका छन् ।

सिरियाली अरब समाचार संस्था साना र प्रेस टिभीका अनुसार फेब्रुअरी २४ का दिन सिरियाको पूर्वी ड्यार अल ज्वार प्रान्तमा अमेरिकी गठबन्धनको सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा २९ जना नागरिकको ज्यान गएको छ । हवाई हमला अल शाफ्ता र धरात अलौनी गाउँहरूमा छुट्टाछुटै गरिएको थियो । आक्रमणमा परी दर्जनौं अन्य नागरिक पनि घाइते भएका थिए । घाइतेमध्ये केहीको स्वास्थ्यस्थिति गम्भीर रहेको छ ।

 

देशका विभिन्न भागलाई विद्रोहीमुक्त बनाउँदै अगाडि बढेको सिरियाली सेनाले घौटालाई पनि विद्रोहीमुक्त बनाउन आक्रमण थालेको हो । त्यसमा उनीहरूलाई रुसी हवाई सेनाको सहयोग मिलिरहेको छ । आक्रमण थाल्नुभन्दा झण्डै एक महिना अगाडिदेखि नै सिरियाली सरकारले त्यहाँका सर्वसाधारणलाई त्यहाँबाट दमासकस वा अन्य सुरक्षित स्थानमा सर्न भन्दै आएको थियो । अल नुस्रा फ्रन्टले बन्दी बनाइएका र त्यहाँबाट निस्कन नचाहने मानिसहरू मात्र त्यहाँ बाँकी छन् । निश्चय नै घौटाको मात्र होइन सिरियाको धेरै क्षेत्रको मानवीय स्थिति दयनीय छ ।पश्चिमाहरूको दोहोरो मापदण्ड सिरियाली सेनाले आतङ्कवादी अल नुस्रा फ्रन्टविरुद्ध आक्रमण गर्दा त्यहाँ मर्ने विद्रोहीहरूलाई समेत सर्वसाधारण नागरिक देख्ने संरा अमेरिकीलगायत पश्चिमा शासकहरू र सञ्चार माध्यमहरूले सिरियाको अर्को भागमा आफै अन्धाधुन्ध बमबारी गरी सर्वसाधारण जनताको हत्या गरिरहेका छन् ।

सिरियाली अरब समाचार संस्था – साना र प्रेस टिभीका अनुसार फेब्रुअरी २४ का दिन सिरियाको पूर्वी ड्यार अल ज्वार प्रान्तमा अमेरिकी गठबन्धनको सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा २९ जना नागरिकको ज्यान गएको छ । हवाई हमला अल शाफ्ता र धरात अलौनी गाउँहरूमा छुट्टाछुटै गरिएको थियो । आक्रमणमा परी दर्जनौं अन्य नागरिक पनि घाइते भएका थिए । घाइतेमध्ये केहीको स्वास्थ्यस्थिति गम्भीर रहेको छ । लण्डनस्थित अन्तर्राष्ट्रिय एयरवेज सङ्गठनका अनुसार अमेरिकी गठबन्धनको हवाई आक्रमणका कारण सन् २०१८ को जनवरी सम्ममा ५९६१ सर्वसाधारण नागरिकले ज्यान गुमाइसकेका छन् । सिरियन अब्जरवेटरी फर ह्युमन राइट्स नामक कथित मानव अधिकारवादी संस्थाले पनि अमेरिकी गठबन्धनको हवाई आक्रमणमा परी ६४४ नाबालक र ४७० महिलासहित र २७५९ जना सिरियाली नागरिकले ज्यान गुमाएको स्वीकार गरेको छ ।

संरा अमेरिका र त्यसका मित्र देशका गठबन्धन सेनाले सिरियाली सरकारसित अनुमति नलिइकनै र कुनै राष्ट्रसङ्घीय निर्णय विना नै आतङ्कवादविरुद्ध लडाइँको नाममा सेप्टेम्बर २०१४ देखि सिरियाका गाउँ–सहरमा बमबारी गरिरहेको छ । ती हवाई आक्रमणमा कहिलेकाहिं आईएस आतङ्कवादीहरू परे पनि अधिकांशमा सर्वसाधारण सिरियाली जनता नै परिरहेका छन् । अमेरिकी गठबन्धनको आक्रमणको सिरियाली सरकारले कडा विरोध गरेको छ र सिरियाली विदेश मन्त्रालयले आफ्नो देशको सार्वभौमिकतामाथि अतिक्रमण भएको भन्दै कैयौं पटक संयुक्त राष्ट्र सङ्घमा लिखित गुनासो तथा विरोध दर्ता गराएको छ । तर त्यसको सुनुवाइ गरिएको छैन ।

अमेरिकी गठबन्धनको हवाई आक्रममणको निशाना त्यहाँका पुल–पुलेसा, उद्योग कल–कारखाना, गाउँँसहरहरूमा पर्नुले ती आक्रमणको उद्देश्य आतङ्ककारीहरूको निर्मूलन नभई सिरियाको आर्थिक स्रोत सम्पतिको नाश भएको प्रष्ट हुन्छ । उदेकलाग्दो कुरो आईएसविरुद्ध आक्रमणमा उत्रेको अमेरिकी नेतृत्वको गठबन्धन सेनाले आईएसजत्तिकै कट्टर विचार बोक्ने र घृणित नरसंहार मच्चाउने कथित अलनुस्रा फ्रन्ट र सिरियाली डेमोक्रेटिक फोर्सेस (एसडीएफ) विरुद्ध भने कुनै कारबाही गरेको छैन । कोही कट्टरपन्थी र आतङ्ककारी हुने वा नहुने भन्ने मापदण्ड उनीहरूका विचार र क्रियाकलाप नभई संरा अमेरिका र त्यसका मित्रमण्डली देशसितको सम्बन्ध र सम्पर्क हुने गरेको छ । संरा अमेरिका र पश्चिमा राष्ट्रहरूको यही दोहोरो मापदण्डले आतङ्कवादी सङ्गठनहरूलाई ठूलै सहयोग पुगिरहेको छ ।सिरिया रणनीतिक महत्वको देश मध्यपूर्वको नक्सामा सिरियालाई देखेपछि नै त्यस देशको रणनीतिक महत्व स्पष्ट हुन्छ । सिरिया अरब देशहरूको केन्द्रका साथै अरब देशहरू र पूर्वलाई युरोपेली देशहरूसित जोड्ने रणनीतिक बिन्दू पनि हो । सिरियाको पूर्वमा इराक, उतरमा टर्की, दक्षिणमा जोर्डन प्यालेष्टाइन र इजरायल तथा पश्चिममा लेबनान र भूमध्य सागर पर्दछ । सिरियाको सकारात्मक र नकारात्मक परिवर्तनले ती सबै अरब देशहरूमा प्रभाव पर्ने गरेको छ ।

विशाल र शक्तिशाली सिरिया अरब देशहरूमा रहेको पेट्रोलियम भण्डार कब्जा र लुटमा पश्चिमा साम्राज्यवादीहरूका लागि तगारो बनिरहेको थियो । पहिले हाफेज अलअस्सद र अहिले बशर अल अस्सदको नेतृत्व जनता तथा विभिन्न अरब देशका साम्राज्यवाद विरोधीहरूको एकताको प्रतीक रहेको छ । त्यसैले राष्ट्रपति अस्सद र सिरियाली संस्थापन साम्राज्यवादीहरू र सञ्चार माध्यमका आँखाको कसिंगर बनेको हो । सिरियाविरुद्ध छद्म युद्ध सिरिया अरब मूलका विभिन्न धर्म सम्प्रदाय र जातजातिको बसोबास रहेको देश हो । उनीहरू सदियौंदेखि मिलेर बस्दै आएका छन् । सिरियामा यदाकदा धार्मिक कट्टरपन्थीहरू देखा परे पनि त्यहाँको समाजले स्थान दिएको थिएन । सिरियाका तिनै सलाफवादी ९क्बबिााष्कत० मुस्लिम कट्टरपन्थीहरूलाई अत्याधुनिक शस्त्रअस्त्र र डलरले सुसज्जित गरी अमेरिकी नेतृत्वको गठबन्धनले नै त्यहाँ युद्धको थालनी गराएको हो ।

टर्की, साउदी अरेबिया र कतारमा ती कट्टरपन्थी लडाकूहरूलाई तालिम दिई इराक र सिरियामा पठाइएको केही वर्षअघि प्रमाणसहित पुष्टि गरिएको थियो र ती देशका सरकारहरूले खुलेरै स्वीकार गरेका पनि थिए । सिरिया अहिले ‘एसडीएफ’, ‘आईएसआईएल’, ‘अलनुस्रा फ्रन्ट’सँगै ‘फ्री सिरियन आर्मी’, ‘सिरियन नेशनल आर्मी’, ‘सिरियन लिब्ररेशन फ्रन्ट’, आर्मी अफ इस्लाम’ ‘फ्रि सिरियन पोलिस’ जस्ता समूह सरकारविरुद्ध लड्दै छन् । ती समूहहरूमा सिरियालीहरू थोरै र संसारभरका कट्टरपन्थी मुस्लिम र आतङ्कवादीहरू बढी छन् । ती समूहहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अमेरिकी नेतृत्वको गठबन्धनले सहयोग पु¥याइरहेको छ । नामले पश्चिमा देशबाट परिचालित छन् ।  सिरियाली सरकारी फौजका तिनै अङ्ग सिरियाली सशस्त्र बल, सिरियाली अरब सेना र रिपब्लिकन गार्ड विद्रोहीविरुद्ध लडिरहेका छन् र आफ्नो सम्पूर्ण शक्ति विद्रोहीलाई ध्वंश पार्नमा लगाइरहेका छन् ।  राष्ट्रपति अस्सदविरुद्धको कथित शान्तिपूर्ण आन्दोलन युद्ध थालनी गर्ने बहानामात्र थियो । अराजकता नियन्त्रण गर्ने सरकारको प्रयासलाई दमन बताइएको थियो ।

सिरियाविरुद्ध छद्म युद्ध गरेका साम्राज्यवादीहरू र तिनका पिछलग्गुहरूले सिरियाली सरकार वर्ष दिन पनि टिक्न नसक्ने आँकलन गरेका थिए तर युद्धको ६ वर्षमा पनि सिरियाली सरकारलाई अस्थिर पार्न सकेको छैन । हो, पश्चिमाहरूको अत्याधुनिक शस्त्र अस्त्रको प्रहारको सामना गर्न सिरियाले रुसी विमान र इरानी क्षेप्यास्त्रको सहयोग लिएको छ ।  सिरियाका अत्यन्त बहुमत जनता राष्ट्रपति बशर अल अस्सद र सिरियाली सरकारको पक्षमा छन् । आफ्नो छद्म युद्धले सिरियाभर फैलाइएको आतङ्कमाथि सिरियाली सेना र जनताले विजय प्राप्त गर्न लागेपछि साम्राज्यवादीहरू सर्वसाधारणमाथि आक्रमण, रसायनिक हतियारको प्रयोग आदि झूटा प्रचार गरी प्रत्यक्ष आक्रमणको लागि बहाना खोज्दैछन्् ।

अनलाईनमजदुर डटकम