‘भ्रष्टाचार र अत्यधिक कर बृद्धिले जनताको ढाड सेकियो’–नेता चौधरी

जनबाटो संवाददाता । फागुन ३–समानान्तर सत्ताको अभ्यास गर्दै आइरहेको नेपाल कम्युनिष्ट पार्टी निकट थारुवान स्वायत्त जनपरिषद् नेपालले महान जनयुद्धको २३ औं बर्षगाँठको अवसरमा प्रेश विज्ञप्ती जारी गरेको छ । थारुवान स्वायत्त प्रादेशिक जनपरिषद् नेपालका प्रमुख रामवहादुर चौधरीद्धारा हस्ताक्षरित विज्ञप्तीमा कथित संविधान र संघीयताको नाममा देशमा ठूलो आर्थिक भ्रष्टाचार भएको र अत्यधिक कर बृद्धि गरी जनताको ढाड सेकिएको बताइएको छ ।

गरिब जनताले सामान्य औषधी समेत गर्न नसकेर अकालमा मृत्यवरण गरिरहेको बेला सरकारमा बसेको दलाल र तिनका कर्मचारीहरुले देशविदेश घुमेर लाखौं रुपैया राज्यको ढुकुटी रित्याएको प्रति आपत्ति जनाएको छ ।

देशमा शान्ति, संमृद्धि, स्वशासन र विकास दलाल संसदीय पुँजीवादी व्यवस्थाबाट सम्भव नभएको समेत विज्ञप्तीमा उल्लेख छ । त्यसका लागी वैज्ञानिक समाजवादी आवश्यक रहेको कुरा बताइएको छ ।
यस्तो छ विज्ञप्ती–