एमाले–माके एकता संयोजन समितिको बैठक अनिश्चित

जनबाटो संवाददाता । माघ २६–आज बस्ने भनिएको एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक अनिश्चित बनेको छ।

दुबै पार्टीका शीर्ष नेताहरु उपत्यका बाहिरै भएकाले बैठकको समय अझै निश्चित भइनसकेको एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव चेतन अधिकारीले बताए।

दुवै पार्टीका अध्यक्षबीच बिहिवार भएको भेटमा एकता संयोजन समितिको बैठक आइतबार बोलाउने सहमति भएको थियो।