देउवाले प्रदेश प्रमुख र राजधानीवारे निर्णय गरेनन्, सहिद घोषणा गरे

जनबाटो संवाददाता । पौष २८–आजको बैठकबाट प्रदेश प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोक्ने अपेक्षा गरेपनि त्यससम्बन्धी कुनै निर्णय नगरी आजको मन्त्री परिषद बैठक समाप्त भएको छ।

आजको बैठकले २०३६ मा धनकुटाको छिन्ताङमा सरकारद्वारा मारिएका १६ जनालाई शहीद घोषणा गरेको छ भने केही महत्वपूर्ण नियुक्ति समेत गरेको छ।

बैठकले न्याय सेवाका विशिष्ठ अधिकृतमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा र पुनरावेदन समितिको प्रमुखमा हेमराज पन्तलाई नियुक्त गर्ने निर्णय गरेको छ।

यसैगरी बैशाखदेखि आर्थिक गणना गर्ने निर्णयपनि आजको बैठकले गरेको छ।