फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, उपभोक्तालाई सास्ती

जनबाटो संवाददाता । पौष १८– नेपाल आयल निगमले सोमबार राति १२ बजेपछि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक एक रुपैयाँ मूल्यवृद्धि गरिएको छ। यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर १०२, डिजेल र मट्टितेल प्रति लिटर ७९, खाना पकाउने ग्यास प्रति सिलिण्डर एक हजार ३ सय ७५ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ९० कायम गरिएको छ।

भारतीय आयल निगमले सोमबार नयाँ मूल्यसूची पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ।