हुम्लामा तारा एयर दुर्घटना, तीन जनाको अवस्था गम्भीर

जनवाटो संवाददाता । मंसिर १२ हुम्ला । हुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ । उडान भर्ने क्रममा हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको नाइन एन एबीएम विमान दुर्घटना भएको हो ।

मंगलबार बिहान विमानको अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो । दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति भएको छ ।

विहान उडान भर्ने क्रममा दुर्घटनाका सबै घाइते सुरक्षाकर्मी भएको खुलेको छ ।

मंगलबार विहान हुम्लाको सिमकोट विमानस्थलमा दुर्घटना भएको तारा एयरको नाइन एन एबीएम कलसाइन ट्वीनअटर विमानमा चालक दलका तीन सदस्यबाहेक १३ जना सुरक्षाकर्मी सवार थिए । चुनाव सकेर उनीहरु सुर्खेत फर्कदै थिए ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसारका अनुसार विमानमा सिनियर क्याप्टेन बसन्त लामा, क्याप्टेन अमित गुरुङ, एयर होस्टेज श्रेया श्रेष्ठसहित १३ जना सुरक्षाकर्मी सुर्खेत आउँदै थिए ।गड्न लागेको विमान विमान धावन मार्गबाट उछिट्टिएर मानव बस्तीमा पुगेको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ । दुर्घटनामा परेको विमानको अगाडिको भागमा पूर्ण रुपमा क्षति पुगेको छ ।