रुसी अक्टोबर समाजवादी क्रान्तिको शिक्षा

विनबहादुुर कुँवर
नोभेम्बर ७ रुसी महान् अक्टोबर समाजवादी क्रान्तिको सफलता र विजयको दिन हो । सन १९१७ को यही दिनमा क. लेनिनको नेतृत्वमा यो क्रान्ति सम्पन्न भएको थियो । यो क्रान्ति सम्पन्न भएको सय वर्ष भइसकेको छ । यही रुसी अक्टोबर समाजवादी क्रान्तिको शतवार्र्षिकीको अवसरमा विश्वमा धेरै जसो मुलुकमा यो दिवस भाव्यताका साथ मनाएको छ । स्वयं क. लेनिन, स्टालिन जन्मेको देश सोभियत संघमा समेत यो दिवस भव्यताका साथ मनाइरहेका ठूलठूला समारोहका दृष्यहरु अनलाइन समाचारबाट प्रचार–प्रसार भइरहेका छन् । नेपालमा पनि यहा“का केही कम्युनिष्ट पार्टी र संघ–संस्थाहरुले यस्तै विविध कार्यक्रम गरी यो दिवस मनाएका छन् ।

अक्टोबर समाजवादी क्रान्तिको वैचारिक प्रमुख आधार माक्र्सवाद हो । माक्र्सवादको प्रमुख वैचारिक सिद्धान्त माक्र्स– एंगेल्सद्वारा सन् १८४८ मा निर्मित ‘कम्युनिष्ट पार्टीको घोषणा पत्र’ हो । यो कम्युनिष्टहरुको आम कार्यक्रम पनि हो । यो द्वन्द्वात्मक भौतिकवादी दर्शनमा आधारित छ । यसले तत्कालीन पू“जीवादी शासन व्यवस्थाको अन्त्य र विश्व सर्वहारा वर्गको उदयको युगको घोषणा गर्दै संसारका श्रमजीवीहरु एक हौ भन्ने नारा अघि सार्याे । यही सिद्धान्त र नारालाई व्यवहारिक रुप दिनकै लागि पेरिसका मजदुरहरुले १८ मार्च १७७१ मा त्यहा“ विद्रोह गरी सत्ता आफ्नो हातमा लिई पेरिस कम्युन निर्माण गरे । तर त्यो केवल ७२ दिन मात्र टिक्न सक्यो । यसको असफलतापछि माक्र्सले सत्ता कब्जा गर्नु भन्दा यसलाई टिकाई राख्ने कुरा अझ बढी कठिन भएको बताउ“दै बनी बनाउ राज्यसत्तालाई नभत्काई त्यसको नया“ निर्माण हुन्न त्यसका लागि अनिवार्य शर्त सर्वहारावर्गको अधिनायकत्व नै हो भन्नुभएको छ । पेरिस कम्युनको असफलतापछि युरोप चारैतिर बुर्जुवा सत्ताधारीहरुले ठूलो दमन चक्र चलाए ।

विश्व कम्युनिष्ट आन्दोलन एक प्रकारले सिथिल र मत्थर हुन पुग्यो । सुधारवादी र अवसरवादीहरुको विगविगी हुन थाल्यो । तर रुसमा भने क. लेनिनको नेतृत्वमा त्यो आन्दोलन अघि बढ्न थाल्यो । स्न १८९८ मा लेनिनले एउटा नया“ प्रकारको रुसी सामाजिक जनवादी पार्टीको स्थापना गर्नुभयो । त्यसपछि रुसमा कस्तो पार्टी बनाउने विवाद भयो । त्यसमा लेनिनले अति संगठित, अनुशासित र लडाकु पार्टीको अवधारणा अघि सार्नु भयो । यसै सन्दर्भमा उहा“ले ‘के गर्ने’ र ‘एक कदम अघि र दुई कदम पछि’ जस्ता महत्वपूर्ण रचना लेखी प्रकाशित गर्नुभयो । त्यसको केही दक्षिणपन्थी र अवसरवादी नेताहरुले विरोध गरे । तर महाधिवेशनमा लेनिनको बहुमत भयो । बहुमत पक्षलाई बोल्सेविक र अल्पमत पक्षलाई मेन्सेविक भन्न थालियो । त्यसमा मेन्सेविकहरुको यो भनाई थियो कि पार्टी सदस्यका लागि संगठनात्मक अनुशासन अर्थात् पार्टीको कुनै संगठनमा अनिवार्य बस्नुपर्ने र त्यसको अनुशासन मान्नै पर्ने बाध्यता र आवश्यकता छैन । त्यो लागू भए पार्टी व्यापक हु“दैन र एउटा सानो संकीण गुटमा बदलिन्छ । केवल पार्टी सदस्य भए मात्रै पुग्दछ । संगठनात्मक जिम्मेवारी र लेवी केही नदिए पनि पार्टी सदस्य भइरहने एकदमै खुकुलो नीति मेन्सेविकहरुले अघि सारेका थिए । तर लेनिनले त्यसको घोर विरोध गर्नुभयो र एउटा क्रान्तिकारी र लडाकु पार्टी निर्माणका लागि माथि उल्लेखित तीन शर्त अर्थात् पार्टीको कुनै संगठनमा बसी जनवादी केन्द्रियताको आधारमा त्यसको अनुशासनमा बस्ने अनि नियमित रुपमा लेवी तिर्नुपर्ने शर्त कडाईका साथ लागू गरी क्रान्तिकारी पार्टी बोल्सेविक बनाउनु भयो । र त्यही पार्टीको नेतृत्वमा नै रुसमा अक्टोबर समाजवादी क्रान्ति भयो र त्यसपछि त्यहा“ समाजवाद लागू भयो ।

अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकीको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) को केन्द्रिय समितिद्वारा विपरीत एउटा पर्चामा हाम्रा देशका स्वघोषित केही माक्र्सवादी लेनिनवादी अझ कोही त अझै पनि माओवादी नै भन्ने कम्युनिष्ट पार्टीहरुप्रति लक्षित गर्दै भनिएका केही भनाइहरु उल्लेख गर्नु सान्दर्भिक हुनेछ–‘पुरानो राज्यसत्ता अन्तर्गत संविधानसभाको चुनाव गराएर त्यसैबाट समाजवादमा पुग्न सकिन्छ भन्दै कल्पनाको खिर खुवाउने धोकेवाज पुष्पकमल दाहाल र बाबुराम भट्टराईको कर्तुतलाई यतिबेला गहिरो गरी स्मरण गर्दै महान् वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने प्रतिबद्धतासाथ हामीले अक्टुबर क्रान्तिको शतवार्षिकी भव्यताकापूर्वक मनाउनु पर्दछ । पुष्पकमल दाहाल र बाबुराम भट्टराईले पुरानो राज्यसत्तालाई यथावत राखेर संविधानसभाको चुनावमा भाग लिए र जनताले अरु सबै संसदीय पार्टी भन्दा माओवादी पार्टीलाई बढी स्थान विजयी बनाए । तर नेपालमा न जनसंविधान बन्यो, न त पुरानो सत्ता ढलेर नयां सत्ता प्रदत्त भयो । पुुरानो राज्यसत्ता यथावत राखेर जतिसुकै लोकप्रिय पार्टी भए पनि संसदीय चुनावबाट वैज्ञानिक समाजवादी क्रान्ति गर्न सकिन्न । पुरानो राज्यसत्ता न ढालिकन वैज्ञानिक समाजवादी क्रान्ति खोज्नेहरु कि माक्र्सवादको कखरा नबुझेका मूर्खहरु हुन्, होइन भने ती लालझण्डा मुनि घुसेका साईलक हुन् ।’

अक्टोबर क्रान्तिको उपलब्धि र शिक्षा अनगिन्ती छन् । अक्टोबर क्रान्तिकै कारण विश्वमा ठूलो उथलपुथल भएको छ । सर्वहारा वर्ग जुन पु“जीपति वर्गबाट अति अपहेलित थियो, त्यो वर्गलाई शासन सत्तामा पु¥याएर दुनियांलाई बदल्ने माक्र्स–एंगेल्सको सपना त्यसले सरकार पारेको थियो । अक्टुबर क्रान्तिको तोप–गोलाकै आवाजले विश्वका कैयौ मुलुकमा कम्युनिष्ट पार्टीको जन्म भयो । आज सयौ वर्ष गा“ठपछिको यो अक्टुबर क्रान्तिको स्मरण गर्दा कसैलाई सपना जस्तो पनि लाग्न सक्छ त्यो किनभने आज स्वयं अक्टुबर क्रान्ति सम्पन्न भएको सोभियत रुसमै त्यो कम्युनिष्ट शासन व्यवस्था छैन । त्यो विशाल मुलुक अहिले विभाजित छ । तर पनि अक्टुबर क्रान्तिको त्यो विजयलाई त्यहा“का जनताले पुनः स्मरण गर्न थालेका छन् ।

यही सन्दर्भ पारेर त्यहा“ लेनिन–स्टालिनका फोटासहित यो शतवार्षिकी भव्यताका साथ मनाइएका समाचार बाहिर आएको छ । जसरी विश्व साम्राराज्यवादले विश्वव्यापी रुपमा आफ्नो हस्तक्षेप बढाइरहेको छ । त्यसरी नै विश्वका क्रान्तिकारी कम्युनिष्ट अनि उत्पीडित जनसमुदायहरु पनि त्यसको विरुद्धमा एकजुट हु“दै छन् । अन्तर्राष्ट्रिय संगठन निर्माणमा जुट्दै छन् । पहिलो, दोस्रो र तेस्रो इन्टरनेशनलको अन्त्यपछि विश्वका केही माओवादी घटकहरुले त्यस्तै अन्तर्राष्ट्रिय संगठनकै रुपमा ‘रिम’ गठन भएको थियो । तर अहिले त्यो निस्क्रिय भएकाले त्यसको विकल्पमा भारतीय माओवादी कम्युनिष्ट पार्टीकोे सक्रियता र पहलकदमीमा गत सालको मे दिवसदेखि त्यसको थालनी हुन थालेको छ । खासगरी रिममा आबद्ध केही माओवादी पार्टीहरु जस्तो उदाहरणको लागि प्रचण्ड नेतृत्वको नेकपा (माओवादी) ले त्यसप्रति ठूलो गद्दारी गर्याे । त्यसपछि बबअबाकिनको नेतृत्व गरेको आर.सी.पी. अमेरिकाले पनि त्यसप्रति त्यस्तै गद्दारी गरेकाले अहिले त्यस्तो कुनै अन्तर्राष्ट्रिय संगठन अस्तित्वमा देखिएको छैन ।

अक्टोबर समाजवादी क्रान्तिको सयौ वर्ष पूरा गरिरहंदा हाम्रो देशमा पनि यसको स्मरण गरिदै छ । तर त्यो केवल एउटा औपचारिकताका लागि मात्र भएको छ । किनभने अक्टोबर क्रान्तिले माक्र्सवादलाई लागू गरी लेनिनवादलाई स्थापित ग¥यो । यससंग माक्र्सवाद थियो । सर्वहारा अधिनायकत्वको कार्यक्रम थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टी र त्यसको राजनीति र शैन्य कार्यदिशा थियो । त्यही भएर त्यो सफल भएको थियो । तर नेपालका कुनै पनि कम्युनिष्ट पार्टीसंग अहिले त्यो छैन । सर्वहारा वर्गको अधिनायकत्वको कुरै गर्न हुन्न उनीहरु अत्तालिन्छन् । अनि शैन्य कार्यदिशा भन्ने त उनीहरुसंग झन छँदै छैन । १० वर्षे माओवादी जनयुद्धका हजारौं जनसेनाहरुलाई त्यत्तिकै विसर्जनमा पु¥याए । सारमा भन्दा रुसी वोल्सेविक कार्यदिशा अनुसारको संगठनात्मक पद्धति नै छैन, यी कसैमा पनि । मेन्सेविक कार्यदिशामा यी दौडिरहेका छन् । मास पार्टी, चुनावी पार्टी, वैधानिक पार्टीकै अवधारणामा छन् यिनीहरु । संसदबाट नै यिनीहरु रमाइरहेका छन् । यस अर्थमा नेपालका यी कम्युनिष्ट पार्टीहरुले मनाउने यो अक्टोबर क्रान्तिको कुनै महत्व नै छैन । विना कुनै त्याग–बलिदान अनि विना कुनै क्रान्ति यहा“ पू“जीवादी जनवादी क्रान्ति सम्पन्न भएको भन्दै समाजवाद उन्मुख हुने भन्दै छन् । तर नेपालको स्थिति अहिले पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक नै छ । सामन्ती, दलाल र नोकरशाही बुर्जुवा राज्यसत्ता नै छ अहिले पनि यहा“ । हाम्रो जस्तो यस्तो मुलुकमा हुने पहिलो क्रान्ति भनेको नया“ जनवादी क्रान्ति नै हो । जुन माओवादी सिद्धान्तमा आधारित छ ।

रुसमा अक्टोबर समाजवादी क्रान्ति त्यत्तिकै सफल भएको थिएन । यसका पछाडि एउटा क्रान्तिकारी विचार र सिद्धान्त (माक्र्सवादी) थियो भने त्यसलाई लागू गर्ने एउटा जुझारु कम्युनिष्ट पार्टी (वोल्सेविक) अनि ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सक्ने एउटा क्रान्तिकारी सक्षम नेतृत्व (क. लेनिन–स्टालिन) थियो । तर स्टालिनको मृत्युपछि त्यसलाई उल्टाई प्रतिक्रान्तिमा बदल्ने काम भयो । खु्रश्चोभले स्टालिनको बदनाम गर्दै नव संशोधनवादी विचार अघि सार्यो । अन्ततः अहिले त्यहा“ न समाजवाद रहयो, न सिंगो सोभियत रुस नै रहयो । संशोधनवाद सारमा प्रतिक्रियावाद नै हो । तैपनि नेपालका कतिपय कम्युनिष्ट भनौँदा पार्टीहरुले त्यही पुरानो वासी सडेगलेकोे खु्रश्चोभी नवसंशोधनवादी विचार र लाइनलाई नै अनुसरण गर्ने गरिरहेका छन् । शान्तिपूर्ण र चुनावी माध्यमबाट यहाँ पनि समाजवाद ल्याउन सकिन्छ भन्ने आम जनतालाई भ्रममा पारिरहेका छन् । यिनीहरुले भन्ने गरेको यो विचार र लाइन कुनै नौलो होइन । विश्वका अरु केही मुलुक जस्तो कि सन् १९६५ मा इन्डोनेसिया र १९७३ मा चिलीमा प्रयोग भएको थियो । तर त्यो सफल हुन सकेन ठूलो क्षति व्यहोर्नु पर्याे । एक प्रकारले हाम्रै देशमा पनि यो प्रयोग भयो । १० वर्षे जनयुद्धको विसर्जन गरी संविधानसभा मार्फत सत्ता कब्जा गर्ने प्रचण्ड–बाबुरामको सपना एउटा उपल्लो शैन्य अधिकारीलाई हटाउन खोज्दा चकनाचुर भयो । कटवाल प्रकरण यसको एउटा प्रत्यक्ष उदाहरण छ । संविधानसभामा बहुमत ल्याए पनि न उनीहरुले जनसंविधान बनाउन सके, न पुरानो सत्ता ढालेर नया“ सत्ता नै बनाउन नै सके । त्यही पुरानो, सडेगलेको सामन्ती दलाल र नोकरशाही बुर्जुवा राज्यसत्ता नै यहा“ मजबुत गराउने काम मात्र गरे ।

अब फेरि पनि कथित वाम एकताको होहल्ला गर्दै सदनमा दुई तिहाईभन्दा बढी बहुमत ल्याई संविधान संशोधन गरी ‘समाजवाद’ लागू गर्ने बताइरहेका छन् । अचम्म छ, एक त यो बहुमतको सम्भव नै छैन यहा“ । कुनै कारण भई हाल्यो भने पनि त्यो असम्भव छ, जस्तो माथि उदाहरण इन्डोनेसिया र चिलीको छ । पुरानो राज्यसत्तालाई यथावत राखेर गरिने यस प्रकारका सोचाईको कुनै अर्थ छैन । राज्यसत्ता भनेको सदन मात्र होइन, खासमा यसलाई संचालन गर्ने सेना–पुलिस कर्मचारीतन्त्र अनि अदालत हो । त्यसमा पनि हाल नेपालको राज्यसत्ता माथि भने जस्तै नोकरशाही दलाल प्रकारको छ । यसलाई प्रत्यक्ष आडभरोसा र सहयोग गर्ने साम्राज्यवाद र विस्तारवाद छ । जबसम्म यो विश्व साम्राज्यवाद र विस्तारवादको अन्त्य गरिदैन र यस प्रकारको प्रतिक्रियावादी राज्यसत्तालाई ढलाउन सकिन्न तबसम्म यहा“ समाजवादको त के जनतन्त्रकै पनि लागू हुने स्थिति छैन ।

त्यसैले अन्त्यमा यही अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकीको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) को केन्द्रिय समितिद्वारा विपरीत एउटा पर्चामा हाम्रा देशका स्वघोषित केही माक्र्सवादी लेनिनवादी अझ कोही त अझै पनि माओवादी नै भन्ने कम्युनिष्ट पार्टीहरुप्रति लक्षित गर्दै भनिएका केही भनाइहरु उल्लेख गर्नु सान्दर्भिक हुनेछ–‘पुरानो राज्यसत्ता अन्तर्गत संविधानसभाको चुनाव गराएर त्यसैबाट समाजवादमा पुग्न सकिन्छ भन्दै कल्पनाको खिर खुवाउने धोकेवाज पुष्पकमल दाहाल र बाबुराम भट्टराईको कर्तुतलाई यतिबेला गहिरो गरी स्मरण गर्दै महान् वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने प्रतिबद्धतासाथ हामीले अक्टुबर क्रान्तिको शतवार्षिकी भव्यताकापूर्वक मनाउनु पर्दछ । पुष्पकमल दाहाल र बाबुराम भट्टराईले पुरानो राज्यसत्तालाई यथावत राखेर संविधानसभाको चुनावमा भाग लिए र जनताले अरु सबै संसदीय पार्टी भन्दा माओवादी पार्टीलाई बढी स्थान विजयी बनाए । तर नेपालमा न जनसंविधान बन्यो, न त पुरानो सत्ता ढलेर नयां सत्ता प्रदत्त भयो । पुुरानो राज्यसत्ता यथावत राखेर जतिसुकै लोकप्रिय पार्टी भए पनि संसदीय चुनावबाट वैज्ञानिक समाजवादी क्रान्ति गर्न सकिन्न । पुरानो राज्यसत्ता न ढालिकन वैज्ञानिक समाजवादी क्रान्ति खोज्नेहरु कि माक्र्सवादको कखरा नबुझेका मूर्खहरु हुन्, होइन भने ती लालझण्डा मुनि घुसेका साईलक हुन् ।’