नेकपा नेता वीरजङ्गलाई अदालतबाटै गिरफ्तार, भोजपुर पुर्याइयो

साउन १६, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन पोलिटब्युरो सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई अदालतले रिहाइको आदेश दिए पनि प्रहरीले पुनः गिरफ्तार गरेको छ । नेता वीरजङ्गलाई जिल्ला अदालत काभ्रेले बिहीबार सिलिन्डर बम विस्फोटको मुद्दामा सफाइ दिएको थियो ।

जिल्ला अदालत दाङ देउखुरीले नेता वीरजङ्गलाई रिहा गरेलगत्तै प्रहरीले सङ्गठित अपराधको मुद्दा लगाई काभ्रेको बनेपामा राखेको थियो । उक्त मुद्दामा पनि जिल्ला अदालतले रिहाइको आदेश दिएपछि नेता वीरजङ्गलाई अर्को मुद्दा लगाई भोजपुर लगिएको समाचार प्राप्त भएको छ । सङ्गठित अपराधको मुद्दामा प्रहरीले वीरजङ्गलाई भोजपुर लगेको पारिवारिक स्रोतले जनाएको छ ।

उक्त मुद्दामा अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, कान्तिराम ढुङ्गाना, देवकुमार मोक्तान र रामकृष्ण भण्डारीले बहस गरेका थिए ।