उत्पादनमा बृद्धि गरी आत्भनिर्भर बन्नुपर्ने राष्ट्रिय सभा सदस्य खड्का

 

 

 

 

अनिल नेपाली

अर्घाखाँची १५ साउन

राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्जवले जिल्लालाई कृषिकोे क्षेत्रमा उत्पादनमा बृद्धि गरी आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ  तरकारी जोन सन्चालक समिति गठनको लागि छलफल तथा अन्तरकृया कार्यक्रमको  आज सन्धिखर्कमा  उद्घघाटन गदै खड्काले यस्तो बताउनुभएको हो । Image may contain: one or more people and people sittingराष्ट्रियसभा सदस्य खड्काले कृषिकोे क्षेत्रमा उत्पादनमा विस्तार गरी आर्यआर्जन गरी बैदेशिक रोजगारीलाई न्युनिकरण गर्न सकिने बताउदै बर्तमान समयमा उत्पादित प्रविधिको प्रयोग गर्नुको विकल्प नरहेको बताउदै कृषिलाई व्यबसायीकरण गर्नुको विकल्प नरहेको बताउनुभएको थियो । कार्यक्रममा सन्धिखर्क नगरपालिका नगरप्रमुख कमल प्रसाद भुसाल छत्रदेब गाँउपालिका प्रमुख लेखनाथ पोख्रेल मालारानी गाँउपालिकाका अध्यक्ष बालकृष्ण आचार्य बाख्रा जोनका अध्यक्ष राम बहादुर रायमाझी पत्रकार महासंघका अध्यक्ष हिम ब जि.सी लेकाली तरकारी जोनका ईकाई प्रमुख बुद्धिराम भट्टाराई लगायतले कार्यक्रममा मन्तब्य राख्दै कृषिको क्षेत्रमा किसानलाई  प्रोत्साहन गरी बास्तविक विकासलाई अनुदान  दिनुपर्ने बताउदै अनुदान बास्तविक किसानलाई दिनुको विकल्प नरहेको बताएका थिए । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालको अध्यक्षता तरकारी जोनका सचिब विष्णु प्रसाद भुसालको सञ्चालन तरकारी जोनका सहसयोजक सरोेज भुसालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रम उल्लेखनीय रुपमा कृषकको सहभागिता रहेको थियोे कार्यक्रमले सरोज भुसालको संयोजकतत्वमा ९ सदस्यीय  नयाँ नेतृत्व समेत चयन गरेको छ जसको सहसयोजकमा पुष्करनाथ बन्जाडे सचिबमा विष्णु प्रसाद भुसाल रहेको समिति समेत गठन गरेको छ ।

Image may contain: 2 people, people sitting and indoor