कालु स्कुल जाँदैछ (लघु बाल उपन्यास)

यो उत्तरी चीनको पहाडी गाउँको एउटा बच्चाको कथा हो । यसले जापानी अतिक्रमण विरोधी युद्ध (१९३७–१९४५) को अवधिमा आठ वर्षको बच्चा गरिबीको कारणले स्कुलबाट कसरी निकालियो भन्ने कुरा बताउँछ । आमाले उसलाई स्कुल पठाउन १०० वटा अण्डा जम्मा गरी राख्छिन् तर सबै अण्डा जमिन्दारको चम्चाले खोसेर लैजान्छ ।

त्यसपछि पहाडमा शिकार गरी जिविकोपार्जन गर्ने कालुको बाजेले जनावरहरुको छाला बिक्री गरी स्कुलमा तिर्नु पर्ने शुल्कको लागि पैसा जम्मा गर्छन् तर पनि परपीडक जमिन्दारले उसलाई स्कुलबाट निकालि दिन्छ, यहाँसम्म कि यसको विरोध गर्ने शिक्षकलाई पनि स्कुलबाट निकालि दिन्छ । त्यसपछि आठौं मार्ग सेनाले सो गाउँलाई मुक्त गर्दछ र गाउँमा जनसत्ता स्थापना हुन्छ ।

गाउँका गरीबले देशद्रोही जमिन्दारलाई फालेर आफैले स्कुलको स्थापना गरे जहाँ कालु र ऊ जस्ता अरु बच्चाहरुले पढ्न पाए । यस कथाले पुरानो चीनमा देशद्रोही जमिन्दारले कति निर्दयतापूर्वक किसानहरुलाई दमन गरी शोषण गर्दथ्यो भन्ने कुरा देखाउँछ र त्यसको विरुद्धमा संघर्ष गर्ने कालुको न्यानो प्रशंसा गर्दछ ।

लेखकः कुवान हुवा
अनुवादकः देवेन्द्र तिम्ला
प्रकाशकः चिन्तन प्रकाशन, काठमाडौं

https://devendratimla.wordpress.com