चीनले गामेको भुभाग नेपाल सरकारले कुटनितिक माध्यम बाट फिर्ता गनुपर्छ

 

 

 

 

 

 

 

 


सुरेशमणी त्रिपाठी

नेपाल सरकारको परराष्ट्र मंत्रालयले एउटा वक्तब्य जारी गरेर चीनसँग नेपालको कुनै पनि सीमा विवाद नरहेको भनी रहदा मलाई भारतले नेपाल माथि लगाएको नाकाबन्दीको याद दिलाएको छ। नेपालको चीनसँग सीमा विवाद छैन भन्नु भनेको भारतले नेपालमा नाकाबन्दी गर्दा नेपालका ठुला राजनीतिक दलहरुले नाकाबन्दी नभई सीमा अवरोध मात्रै गरेको हो भन्नु जस्तै हो। परराष्ट्र मंत्रालयको यो वक्तब्य चिनको अगाडि नेपालको लम्पसारवाद को नमुना हो। भारतसँगको हाम्रो सम्बन्ध एकदमै जटिल, लगभग सम्बन्ध-विच्छेदको जस्तै अवस्थामा छ। चिनले हाम्रो सीमा मिचेको भए पनि हामी अहिले विरोध गर्न सक्ने अवस्थामा छैनौ। एक त चीनको विरोध गरेर राष्ट्रवादी भईदैन भने अर्को तिर नेपाल सरकारको यही रवैया हो भने उत्तरी छिमेकी चीनको सबै कुरा सहेर चीन शरणं गच्छामि भन्ने बाहेक हामीसँग अरु कुनै विकल्प हुने छैन