भ्रष्टाचार सुशासन पारदर्शि नगरपालिका बनाउछौ नगर प्रमुख भुसाल

 

 

 

 

 

 

 

अनिल नेपाली
अर्घाखाँची १६ असार
सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुसालले भ्रष्टाचार सुशासन पारदर्शिता नगरपालिकाको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । आर्थिक बर्ष २०७७÷७८को बार्षिक बजेट निति तथा कार्यक्रमका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा मन्तब्य राख्दै नगर प्रमुख भुसालले यस्तो बताउनुभएको हो ।
नगर प्रमुख भुसालले नगरपालिकालाई पारदर्शित जवाफदेही बनाई विकासका योजनालाई चौतफी रुपमा अगाढि बढाई विकास गर्नको लागि सुशासनको आबश्यक रहेको बताउदै सबै नगरबासीको मागलाई सम्वोधन गदै शिक्षा स्वास्थ्य कृषि पर्यटन प्रर्बद्धनको निम्ति उचित मार्गदर्शन सहित अगाडि बढेकोले नगरभित्रका दीर्घकालिन अल्पकालिन योजनालाई समेत आफुहरुले समेटेको बताउनुभएको थियो । एक फरक प्रसँगमा कुरा गदै नगर प्रमुख भुसालले बैदेशिक रोजगारबाट स्वदेश फर्किएका युवाहरु समेत पहिचान गरी रोजगारमा सहभागी गराउने बताउनुभएको थियो ।

कार्यक्रममा मन्तब्य राख्दै नगर उपप्रमुख तथा बजेट कार्यान्वयन तथा तर्जुमा समितिका संयोजक ठाकुर कुुमार विक किशोरले नगरबासीको चाहनालाई साकार पार्नको लागि नगरपालिकाले नगरभित्र विभिन्न योजनालाई चौतफी रुपमा अगाडी बढाउनको लागि बजेट विनियोजन गरेको बताउदै सबै योजनालाई साकार पार्न हराभरा सुन्दर नगरपालिका बनाउनको सबै लाग्नुको विकल्प नरहेको बताउनुभएको थियो नगरपालिका ८७करोड ४९लाख सातौ नगरसभाबाट बजेट विनियोजन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । कार्यक्रम नगर प्रमुख कमल प्रसाद भुसालको अध्यक्षता प्रमुख प्रशासकीय अघिकृत जीवन ज्ञवाली सञ्चालनमा वडा न ३ का अध्यक्ष तथा नगर प्रबक्ता लिलाराम गौतमको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जिल्लामा सचारकर्मी कार्यपालिका सदस्य कर्मचारी लगायतको सहभागिता रहेको थियो । Image may contain: Jeevan Gyawali, sitting and indoor