बुटवलमा एमसीसी विरुद्ध नागरिक आन्दोलन

असार १४, बुटवल । मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) नयाँ प्रकारको उपनिवेसिक कदम भएको भन्दै बुटवलमा शनिवार प्रर्दशन भएको छ ।

एमसीसी होइन अर्थतन्त्रमा आत्मनिभर बन्ने नीति लिनु पर्ने भन्दै प्रर्दशनकारीले कालो व्यानर सहित प्रर्दशन गरेका हुन् ।

 


एमसीसी विरुद्ध नगरिक अभियानका नाममा गरिएको प्रर्दशनमा भाषण भने गरिएन । एमसीसी रिजेक्ट लेखिएको नेपालको नक्साधारी टिसर्ट लगाएका युवाहरुले विभिन्न प्ले कार्ड सहित विरोध जनाएका हुन् । बुटवलको पुष्पलाल पार्कबाट सुरु भएको विरोध र्याली नगरका विभिन्न स्थानहरुमा पुगी पुन पुष्पलालपार्कमा आइ सकिएको थियो ।


एमसीसी राष्टिय स्वाधीनता विरुद्ध रहेको भन्दै त्यसको खारेजीको माग गरिएको छ ।
प्रर्दशनकारीले एमसीसीको विरोध गरौँ, विकासको नयाँ मोडल तयार गरौँ जस्ता प्लेकार्ड बोकेका थिए ।