बुटवलमा सरकार विरुद्ध मानवसागर उर्लियो

जेठ ३०, बुटवल । केपी वली नेतृत्वको सरकार विरुद्ध शुक्रबार बुटवलमा मानवसागर उर्लिएको छ । सरकारले जनताको स्वास्थ्यमा ध्यान नदिएको भन्दै आक्रोश स्वरुप प्रदर्शन गरिएको हो ।

मुख्यमन्त्रीको कार्यालय नजिकै विशाल विरोध प्रदर्शन गरिएको हो । केही दिन अगाडीदेखि जनताले लडकाडन तोड्दै सडकमा निस्किएर विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले कोरोना नियन्त्रणमा भएको १० अर्ब खर्चको हिसाब दिनुपर्ने, आरडीटी टेष्टमा खर्च बन्द गर्नुपर्ने, सबै नागरिकको पीसीआर टेष्ट अनिवार्य गर्नुपर्नेलगायतका माग राख्दै आएका छन् ।

प्रदर्शनमा उनीहरुले ‘१०० प्रतिशत पीसीआर लागु गर’, ‘असुरक्षित क्वारेन्टिन बन्द गर’, ‘नो पीसीआर, नुन, तेल, बेसार’, ‘खाएर बेसा हुँदैन कोरोनाको उपचार, चाहियो पीसीआर’, ‘कुर्सीमुनि कार्पेट, कार्पेटमुनि जनता ?’ लगायतका नारा लगाएका थिए ।

बिहीबार पनि काठमाडौंमा बालुवाटार र देशका प्रमुख सहरहरुमा सरकारविरुद्ध प्रदर्शन भएको थियो ।