विप्लवको ‘सपनाका यात्रीहरू’ गीत सार्वजनिक

जेठ २६, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले लेखेको सपनाका यात्रीहरु नामक गित यूटुबमार्फत् सार्बजनिक भएको छ । सपनाका यात्रीहरु सपना जोगाउनु पर्छ बोलको उक्त गीतको संगीतकार नेकपाका नेता चिरन पुन रहेको छन् भने उक्त गीतको गायककार योगेश काजी रहेका छन ।

नेकपाका महासचिव विप्लवले थुपै्र देशभक्ती, क्रान्तिकारी अर्थात् गरिब दुःखी श्रमजीवी वर्गको पक्षमा गीतहरु लेख्दै आउनु भएको छ । उनका थुप्रै गीतहरु यस अगाडी सार्वजनिक भइसकेका छन् । साथै महासचिव विप्लव कवि पनि हुनुहुन्छ । उहाँका दर्जनौं कविताहरु प्रकाशित भएका छन् ।