रुकुम घटनामा ज्यान गुमाउनेको सम्झनामा दिप प्रज्वलन (फोटो फिचर)

जेठ २४, बुटवल । पश्चिम रुकुमको घटनामा ज्यान गुमाउने नवराज विक सहित ६ जनाको सम्झनामा काठमाडौंको माइतीघरमा दिप प्रज्वलन गरिएको छ । संयुक्त दलित संघर्ष समितिको आयोजनामा शुक्रबार साँझ नवराज विक, टिकाराम सुनार, गणेश बुढा, लोकन्द्र सुनार, गोविन्द शाही र सन्दिप विकको सम्झनामा श्रद्धान्जली शभा तथा दिप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका सांसद मिन विश्वकर्मा, प्रकाश स्नेही सहितका दलित समुदायका सांसद, अधिकारकर्मी दलमर्दन कामी सहितका अधिकारकर्मीहरु, बिभिन्न पार्टी तथा संगठनमा आवद्ध दलित नेता,  सञ्चारकर्मी महाविर विश्वकर्मा लगायतका व्यक्तित्वहरुको उपस्थीति भएको थियो । साथै, कार्यक्रममा हास्य कलाकार सन्दीप क्षेत्रीको पनि उपस्थीति थियो ।

गत जेठ १० गते जाजरकोटबाट पश्चिम रुकुमको चौरजहारी नगलपालिकाकी प्रमिका (सुस्मा मल्ल) लाई लिन जादाँ नवराज विक सहित ६ जनाको हत्या भएको थियो । केटीका बाबुआमाको नेतृत्वमा गाउँले उनीहरुलाई मारेर भेरीमा फालिएको बताइन्छ । बिशेषगरि तल्लो जात अर्थात् दलितसँग छोरीको विहे हुने भयो भनेर मल्ल थरका उक्त परिवारले नवराज विकको समुहलाई नियोजित रुपमा नै मारिएको पिडित पक्षले दावी गर्दै आएका छन् । नवराज र सुस्माको बिगत ३ बर्षदेखि प्रेम सम्बन्ध रहेको बताइन्छ । यस घटनापछि मुलुकको राजधानी सहित बिभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन पनि भइरहेका छन् ।

मज्जाको खबरसँग कुरा गर्दै युवा दलित अधिकारकर्मी समेत रहेका महाविर विश्वकर्माले भने समाजमा रहेको जातव्यवस्थाकै कारण अन्तरजातीय प्रेम स्वीकार्य नभएको बताए । जसका कारण रुकुममा ६ जनाले ज्यान गुमाउनु पर्नेसम्मको अवस्था आएको उनको भनाइ छ । ‘हामी अहिलेसम्म नमारिएकाहरुले बनाउनु छ त्यस्तो समाज, जहाँ मान्छे हुनका लागि मान्छेको कोखबाट जन्मिनु नै पूर्ण होस् । जहाँ प्रेम गर्नका लागि प्रेम मात्रै खोजियोस्,’ उनले भने, ‘त्यसैले अहिले यो घटनाका दोषीलाई कारबाही र पिडितलाई न्याय दिलाउनेसँगै हामीले यो समाजमा रहेको जातव्यवस्था उन्मुलनका लागी अघि बढ्नु नै उनीहरुप्रतिको सच्चा श्रद्धाञ्जली हो ।’

source- www.majjakokhabar.com

No description available.

No description available.

No description available.

तस्वीरः सामाजिक सञ्जालबाट