बुटवलमा दलित हत्याकाण्डको विरोधमा प्रदर्शन

जेठ १४, बुटवल । पश्चिम रुकुम र रुपन्देहीको देवदहमा दलित लगायत युवाहरुमाथि आक्रमण भई हत्या गरिएको विरोधमा बुटवलमा प्रदर्शन भएको छ । बुटवलको पुष्पलाल चोकमा हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा मानवअधिकारकर्मी, पत्रकार, विभिन्न दलका नेता कार्यकर्ता, दलितसँग सम्बन्धित विभिन्न संघसंस्था सम्बद्ध व्यक्तित्वहरुको सहभागीता रहेको थियो । प्रदर्शनमा विभिन्न नाराहरु लेखिएको प्लेकार्ड लिएर प्रदर्शन गरिएको थियो ।

प्रदर्शनका कार्यक्रममा पूर्व सांसद एवं अधिकारकर्मी विनोद पहाडी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल, समाजवादी पार्टीका नेता नरबहादुर सुनारले उक्त घटना जातीय विभेदका आधारमा जघन्य अपराध भएको भन्दै अपराधीहरुलाई कडा कारवाही गर्नुपर्ने माग गरेका थिए ।

फोटो–विनोद परियारको फेसबुक वालबाट