कोरोना अपडेट : थप ९ संक्रमित, ३०४ पुग्यो

जेठ ५, बुटवल । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या ३ सय ४ पुगेको छ। सोमबार बिहान ८ बजेर ४५ मिनेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचना अनुसार पछिल्ला संक्रमितहरु रौतहट र बारा जिल्लाका हुन्। जसअनुसार, रौतहट इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्ष पुरुषहरु छन्। त्यस्तै, रौतहट माधवनारायण नगरपालिका वडा नम्बर ३ का २८ वर्षीय महिला छिन्। साथै, बारा करैयामाई-५ निवासी ३८ वर्षीय पुरुष छन्।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी सूचना अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।नेपालमा संक्रमण पुष्टि भएकामध्ये ३६ जना अहिले संक्रमणमुक्त भएका छन्। २ जनाको भने मृत्यु भइसकेको छ।