नेपाली भूमि फिर्ता गराउन अखिल (क्रान्तिकारी)द्वारा संघर्षकाे घाेषणा

दाङ/अतिक्रमित नेपाली भूमि फिर्ता गराउन र नेपाल माथि भारतीयकाे दादागिरी अन्त्यकाे लागि अखिल (क्रान्तिकारी) ले संघर्षको घाेषणा गरेको छ ।

भारतले गत कात्तिक १६ गतेका दिन नेपालको कालापानी, लिपुलेक, कुटी, गुन्नी, नावी लगायतका करिब ३७२ वर्ग किलोमिटर भू-भागलाई समेटेर “भारतको नक्का”भनि सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अखिल (क्रान्तिकारी)ले २०-२३ सम्म बुद्धिजीवी, सिमाविद, राष्ट्रवादी व्यक्तिहरुसँग अन्तरक्रिया गर्ने, २१ गते देशव्यापी क्याम्पसहरुमा विरोध प्रदर्शन गर्ने, २२ गते भारतीय दुतावासमा मागपत्र पेश गर्ने र संयुक्त राष्ट्र संघ नेपालकाे कार्यालयमा उजुरी दिने, २३ गते जिल्ला स्तरमा विरोध प्रदर्शन गर्ने र २४ गते मसाल जुलुस तथा पुत्ला दहन गर्ने जनाएको छ ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले विज्ञप्तिमार्फत संघर्षको कार्यक्रम घाेषणा गर्दै नेपाली दलाल शासकहरुकाे लाचारीपन र दरिद्र मानसिकताकाे फाइदा उठाउदै भारतीय शासकहरुले भूमि अतिक्रमण लगायत नेपालमाथि लाद्दै अाएकाे हरेक प्रकारकाे दादागिरीकाे विरोध गर्न नेपालका सम्पूर्ण विद्यार्थी, बुद्धिजीवी, पत्रकार,कर्मचारी, सुरक्षा निकाय तथा सच्चा राष्ट्रवादीहरुमा अखिल (क्रान्तिकारी) ले विशेष अपिल गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ-“अहिले नेपालमा नामका कम्युनिस्टहरूकाे सत्ता छ तर यी शासकहरु तिनै भारतीय लगायत शक्तिकाे दलाली, चाकरी गर्दै तिनकै दास झैँ प्रतीत भएका छन् । राष्ट्र र जनताप्रति न्युनतम जवाफदेहीता छ भने वर्तमान दलाल अाेली र उसकाे सरकारलाई भारतीयहरुद्वारा नेपाली भूमिमाथिको अतिक्रमणकाे विरुद्ध बाेलेर देखाउन चुनाैती दिन चाहन्छौं ।”

Leave a Reply