म यसरी पक्राउ परेँ

हिरासतमा प्रहरीले अनुसन्धान गरिसकेपछि वा अदालतले अपराध ठहर गरिसकेपछि मात्र कारागारमा थुनुवा वा बन्दीहरु आउँछन् । तर यहाँ सबै अपराधी मात्र भने छैनन् । “धान खाने मुसो चोट खाने भ्यागुतो” विद्यमान सामाजिक व्यबस्थाले आत्मासात गरेको यहि बिधानले थुप्रै निर्दोषहरुलाइ फन्दामा पारेको छ , पारिरहेको छ ।

-अटल शर्मा, केन्द्रीय सदस्य, अखिल (क्रान्तिकारी)

मानिस एक सामाजिक प्राणी हो । त्यसैले समाजको सबै पक्षहरुप्रति उसको सरोकार हुन्छ । यही प्रवृत्ति म मा पनि हुनु कुनै अनौठो कुरा भएन । बरु आवश्यक पनि थियो । यही आवश्यकता पुर्ति गर्ने मनासयबाट म सुन्दर समाजको परिकल्पनामा लागेँ । यही परिकल्पनाले मलाई राजनीतिमा ल्यायो र राजनीतिले जेलसम्म । घटना बैशाख ७ गतेको हो । म गोर्खा कयापानीस्थित दिदीको घरमा बसिरहेको थिएँ, बिदामा मामाघर आएको भान्जा एक्लै जान नसक्ने भएको कारण म पुर्याउन गएको थिए । मकै भर्खर गोड्ने बेला भएको थियो । मित बा को घरमा मकै गोडेर आएर कोठामा बसिरहेको थिए ।

एक्कासी एक गाडी प्रहरी आएर मलाइ घेरा हाले । मैले किन ? के भो ? भनि सोध्दा इन्स्पेक्टर पदम राज थापा आएर “तपाइँसंग सोधपुछ गर्न छ । कार्यालयमा जानपर्छ” भन्यो । र मलाइ इप्रका आरुघाट को हिरासत कक्षमा लगेर राखियो ।भोलिपल्ट इन्स्पेक्टर ले तपाइँको नाममा धादिङमा मुद्दा छ उतै जानपर्छ भन्यो । के भनेर हालेको रहेछ भनी सोध्दा एनसेल टावरमा आगजानी गरेको भन्यो ! मलाई त्यति नौलो लागेन किनकी गत बर्ष पनि अखिल (क्रान्तिकारी) रसुवाको जिल्ला सम्मेलन हुदै गर्दा म लगायत अन्य ४ जना साथिहरुलाइ यसैगरी गिरफ्तार गरेर पछि प्रहरी माथी कुटपिट भनेर मुद्दा चलाइएको थियो । मलाई थाहा थियो यिनीहरुले एउटा न एउटा मुद्दा लगाउँछ भन्ने । त्यसपश्चात मलाई जिप्रका गोरखाको हिरासतमा ल्याइयो । त्यहाँ एकदिन राखेपछी मलाइ धादिङ पठाइयो । धादिङ लैजाने क्रममा चौकी सार्दै सार्दै लगियो । गोर्खाबाट आबुखैरेनी लैजादा मलाई सार्बजनिक बसमा लगियो । बसमा खाली सिट थिएन ।

मेरो हातमा हतकडी भएको कारण मलाई उभिन अपठ्यारो भइरहेको थियो । एकजना दिदिले आफु बसेको ठाउँ मलाई दिनुभयो र सोध्नुभयो ? हातमा हतकडी लगाउदा पनि हसिलो अनुहार बनाएर बस्ने मान्छे अपराधी त पक्कै होइन तपाइँ के मुद्दाको हो ? प्रहरी साथिहरुले मलाई नबोल्न भनिरखेको थिए । मैले भनिहाले म बिद्रोही नेकपाको मान्छे । बिप्लब ?? हजुर ! त्यसपछी बसमा बसिरहेको सबै मान्छेको ध्यान मतिर केन्द्रित भयो । प्रहरीको अवरोध बाबजुद धेरै जनासंग गफ भयो । सबै जना बर्तमान सत्ताको कामकारबाही प्रति असन्तुष्टि व्यक्त गर्दथे । आबुखैरेनी देखि मुग्लिङ, मुग्लिङ देखि मझिमटार र मझिमटारेखि धादिङसम्म चौकी सार्दै सार्दै धादिङ पुर्याइयो ।

धादिङ हिरासत गोर्खाको भन्दा अलि बढी नै अव्यवस्थित र भद्रगोल थियो । थुनुवा पनि गोरखामा भन्दा धेरै थियो । उडुस र जुम्राले टोकेर सुत्न नसक्ने, पिसाब पनि कोक्रोमा फेर्नुपर्ने, मानबअधिकारवादी आउदा चाही त्यो निकाल्ने गरेको रहेछ, मानवाधिकारका मान्छेहरु पनि हिरासत अध्ययनको लागी आउदा अलि छड्के तरिकाले आए हुने हो । हुनत त्यसरी आउदा सलामी फुत्किने डर उहाँहरुलाइ होला । दिशा गर्न पनि प्रहरी साथिहरुले भनेको बेलामा ढोका नखोलिदिने, बुढा बा हरुले सर दिशा आयो भन्दापनि, तेरो घर हो यो ?? जस्ता शब्दहरु फर्काउथे । साँच्चै नै प्रहरी पेशामा मानवीय संबेदना नै हुदैन । यहि अमानवीय नै उसलाई सत्ताले दिएको जागिर हो । प्रहरी भनेको हतियार हो । यसलाई संचालन गर्ने मस्तिष्क उचित र सहि भए मात्र यो उचित हुनसक्छ । युनिफर्म नै दोषी होइन, दोषी त त्यो हो जसले यसलाई जसले प्रयोग गर्छ । हिरासत सुधारको पक्षमा प्रहरी अधिकृत र अदालतका अधिकारीहरुसंग कुराकानी गर्दा सबै सकारात्मक नै देखिन्थे तर गरिहाल्ने कसले ?? हिरासतमा अनेकौं मुद्दाका मानिसहरु थिए ,म राजनीतिक मुद्दाको भएको कारणले सबैजना मसंग बोल्न खोज्थे, सबैसंग गफगाफ हुन्थ्यो । कोठा सानो र मान्छे धेरै भएको कारणले गर्दा एकजनाको शरिरमाथी अर्काको खुट्टा नराखी कहिल्यै सुत्न पाइएन । नुहाउन (धुन त परको कुरा छ ) दिनमा पालो नआउँदो रहेछ । हिरासत साँच्चै नै मानव बधशाला भन्दा फरक पर्दैन । कर्तव्य ज्यान देखि लिएर १५० चोर्ने सम्म हिरासतमा थिए, साँच्चै नै समाज यतिसम्म परजीवि भएछ कि १५० चोर्ने, एउटा थाल चोर्नेलाई समेत समाजमा नमिलाएर मुद्दा दर्ता गराएर मुद्दा लडिराखेका थिए ।

सबैखाले मुद्दाका साथिहरु संग रमाइला–रमाइला कुरा गरेर समय बिताइन्थो, मुद्दा मामिलाको तनाब , प्रहरीको अभद्र ब्यबहार, हिरासत भित्रको तनावपुर्ण वातावरण तथा सबै खाले आन्तरिक र बाह्य पीडाहरुलाइ भुल्दै हामी रमाइलो गथ्र्यौ । भनिन्छ जब हामी प्रतिकुल अबस्थामा पनि खुसी हुने कला सिक्छौ तब हामीलाइ दुखी बनाउने तागत दुनियाँमा कसैको हुदैन । हामी सोही कला एक अर्कालाई सिक्ने र सिकाउने गर्दथ्यौं । एकपटक प्रहरी उपरीक्षक राजकुमार बैदवारले उनको कार्यकक्षमा भेट्न बोलाएपछि मैले उनलाई पत्रिकाको लागी अनुरोध गरे, त्यसपछी उनले पत्रिकाको ब्यवस्था गरिदिए । त्यहाँ पुगेको एक हप्ता पुग–नपुग भएको थियो । एकदिन मलाई अ.अ शाखामा बोलाएर सो शाखामा बस्ने एकजना सिपाहीले तपाईंको नाममा अर्को पनि मुद्दा छ भने, मैले अझै अरु पनि हाल्नुस् न यहाँ भएका हत्या, बलात्कार जस्ता सबै घटनामा मेरो नाममा मुद्दा लगाउनुस् भने । शिक्षाविद् माथेमाले एकपटक भन्नुभएको रहेछ –“नागरिकले प्रश्न गर्छ, जे दिएको हो त्यो चुपचाप गर्दैन, उसले हेर्छ जाँच्छ आवश्यक पर्यो भने चुनौती दिन्छ, अझ आवश्यक पर्यो भने अपोजिशनमा पनि जान्छ ।”

यदि आदेश चुपचाप स्विकार गर्छ , प्रश्न गर्दैन, चुनौती पनि दिदैन भने त्यो रैती हो ।हामी नागरिक हुन चाहन्थ्यौ र राज्यका हरेक मानिस नागरिक बनुन् भन्ने चाहन्न्थ्यौ । त्यसैले रैतिकरणका रहस्योद्घाटन गरिसकेका शासकहरुले हामीलाइ घुमाईघुमाई झुटा मुद्दा लगाइ हिरासतको कठोर भित्ताहरुमा छेकेर, यातना दिएर रैती बनाउन चाहन्छ । यसैगरी मेरो नाउँमा २ वटा मुद्दा भयो, एनसेल टावरमा आगजानी र बम बिस्फोट । जबकी यो घटना भएको समेत थाहा नभएको र उनीहरुले भनेअनुसार घटना भएको मितिमा म चितवन रहेका कुरा यिनका प्रविधियुक्त अनुसन्धानले पत्ता लगाउन नसकेका कि ? यिनी पनि रैतिकरण रुचाउने शासककै सदस्य भएर यसो गरेका ?

सापले पत्रिकाको ब्यवस्था गरेपछि बाहिरको घटना परिघटनाहरुको बारेमा थाहा हुन थाल्यो । म पत्रिकाको सुरुदेखि अन्त्यसम्म कुनैपनि अक्षर समेत नछुट्टाइ पढ्थे र राम्रा लेखहरु संकलन गरेर राख्थेँ । जेष्ठ ८ गते नागरिक दैनिकको एउटा कुनामा विप्लवका जिल्ला स्तरिय नेता तिर्थराज घिमिरेको प्रहरी संगको मुठभेडमा मृत्यु भनेर आयो । सो घटनालाई पार्टीले मुठभेड नभई इन्काउन्टर हो भनेर भन्यो र त्यसको बिरोध गर्दै जेष्ठ १२ गते नेपाल बन्दको आह्वान गर्यो । सो बन्दको पुर्बसन्ध्यामा भएको बम बिस्फोटमा परि अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा मेरो प्रिय मित्र क.प्रज्वल लगायतले सहादत गर्नुभएछ । मैले भोलिपल्टको पत्रिका पढेर थाहा पाएँ । म अवाक भएँ । मेरो आँखाबाट आँसु झर्यो ।

जेष्ठ १४ गते ३८ दिनको दिन हाम्रो फाइल न्यायाधीश समक्ष पेश गरियो । हाम्रो तर्फबाट वकिल रामकृष्ण अधिकारी र सरकारको तर्फबाट सरकारी वकिलले बहस गर्नुभयो । केहिबेरमा न्यायाधीशले फैसला सुनाउनुभयो । एनसेल टावरमा आगजनी ५० र बम बिस्फोटमा ५० हजार गरि जम्मा १ लाख धरौटी खोलियो । अदालत र त्यहाँ वरपरका हामीप्रति सकारात्मक रहने साथिहरुले धरौटी नतिर्न अनुरोध गरे । यदि धरौटी तिरेमा प्रहरीले अन्य मुद्दा लगाउँछ र पुन हिरासतमा लैजान्छ बरु कारागार जानुस् बस्न पनि सजिलो हुन्छ भन्ने कुराहरु आयो र अन्य जिल्लामा अन्य साथिहरुलाइ पनि यस्तै हर्कतहरु गरेको हुनाले हामी धरौटी नतिर्ने र कारागार जाने निधो गर्यौ । जेलमा अलि फराकिलो ठाउँ , पत्रपत्रिका तथा पुस्तकहरु पढ्न पाइने, टेलिभिजन हेर्न र रेडियो सुन्न पाइने तथा घण्टौ लाइन बसेर भएपनि फोन गर्न पाइने भएकोले समय कटाउन अलि सजिलो भयो । साथिहरु पनि धेरै भए ,प्राय सबै संग बोल्थे म । वृद्ध, युवा, किशोर सबै मेरा साथी हुन्थे । सबैको कुरा सुन्थेँ र सुनाउथेँ, पार्टीको बिचार, वर्तमान राज्यब्यव्स्थाको अवस्था तथा क्रान्तिमा लाग्न र आफ्नो ठाउँबाट सहयोग गर्न आह्वान गर्थेँ ।

जेल स्वयम् रुखो र जर्जर ठाउँ हो । जहाँ सद्ब्यबहार र सहानुभूति कमै पाइन्छ । यहाँको शासन ब्यवस्था झनै राणाशासन जस्तो छ । नाइकेहरुले अन्य बन्दीहरुमाथी चरम दमन गर्ने, नाइकेहरु हिड्दा बाटो खाली गरिदिनुपर्ने, नयाँ जाने साथीहरुलाइ केहि दिनसम्म बोल्न नदिइ अध्यारो कोठामा थुनेर राख्ने, सामान्य कुरामा पनि हप्काउने कुटपिट गर्ने जस्ता कार्यहरु गरिन्छ । बेलायती राजनीतिज्ञ विलियम पिटरले लेखेका रहेछन् “असीमित शक्ति जसले हात पारेको हुन्छ उसको मनलाई त्यही शक्तिले भ्रष्ट बनाइदिन्छ ।” एउटा बन्दीले त शक्ति आफ्नो हातमा पारेपछि यस्ता हर्कतहरु गर्दा रहेछन् भने कैयौं बर्षदेखिी शासन सत्ताको बागडोर सम्हालेर बसेका नेपालका वर्तमान शासकलाई जनताको के माया ? बाहिरी दुनियाँमा सत्ताका सामाजिक अबस्थाहरुको कारण अपराध गरि गएकाहरु भित्र गइसकेपछि उनीहरुको हातमा सत्ता आएपछि बाहिरी शासक भन्दा पनि कठोर हुने रहेछन् ।

बाहिरी सत्ताको असफलता र त्यसका कामकारबाहीहरुको बैचारिक र भौतिक रुपमा नै बिरोधमा उत्रेपछि नेकपालाई राज्यले आफ्नै संविधान विपरित गएर प्रतिबन्ध गर्यो र आफ्ना असफलताको उजागर हुने डरले यसका नेता कार्यकर्ता र शुभचिन्तकलाई समेत जेलमा कोच्न थाल्यो । त्यसै अन्तरगत म पनि जेलमा परे । राजनीतिक धर्मअनुसार दमन, उत्पीडन र शासन एउटा वर्गको राजनीति हुन्छ भने त्यसको प्रतिरोधमा अर्को वर्गको राजनीति हुन्छ । हामी हाम्रो धर्मको कारणले जेल परेको मान्छे यहाँ पर्दैमा आफ्नो धर्म किन छोडिन्थ्यो र ? त्यसैअनुरुप त्यहाँ हुने हरेक अमानवीय गतिविधिको बिरोध गर्न थाले । सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु आउँदापनि त्यहाँको समस्या र सुधारको पक्षमा जानकारी तथा सुझाबहरु पेश गर्ने गर्थे । यि सवै कुराहरु त्यहाँ अन्य कोहि पनि बन्दी गर्न सक्दैनथे । कारण त्यहाँ सो गर्नका लागी बन्देज लगाइएको थियो । यदि कसैले त्यसो गर्ने हिम्मत गरेमा नाइकेहरुद्वारा उ माथी हप्काउने, कुटपिट गर्ने वा अझै भएन भने दुर्गम ठाउँहरुमा फालिदिने गर्ने गरिदो रहेछ । मलाई पनि त्यहाँको नाइकेहरुद्वारा भेटेर घुमाउरो पाराले सम्झाउँथे, तर म आफ्नो राजनीतिक धर्मको लागी जेल त बस्न तयार हुने मान्छे यस्ता कुराले मलाई किन छुन्थ्यो र ? अझै भनौं खराब गतिविधिहरु देख्दा देख्दै बिरोध नगरी बस्न नै सक्दैन थिएँ । यो सायद क्रान्तिकारी आन्दोलनमा लाग्ने सबैमा हुने स्वभाब पनि होला ।

सामान्य मानिसहरुमा भन्दा क्रान्तिकारी आन्दोलनमा लागेका मानिसहरुमा भावुकता, मनोवेगपुर्ण भावुकता हुन्छ भन्ने मलाई लाग्छ । नत्र उसलाई कसरी सामाजिक विकृतीले सत्याउथ्यो ? नत्र उ कसरी यो बिकृति विरुद्ध आगो भएर उम्लिन्थ्यो ? त्यसैले परिवर्तनकारी हिम्मत राख्नेहरुसंग नै समाजलाइ सबैभन्दा बढी माया गर्ने चेतना हुन्छ । मानिसहरु ठान्दछन् ! क्रान्तिकारी भएपछी हरेक पक्षमा शोक न सुर्ता भोक न भकारी हुन्छ । तर खासमा त्यसो होइन, त्यस्तो शोक न सुर्ता हुनेहरु क्रान्तिकारी हुदैनन् ति त समाजबाट पलायन भएर स्वार्थी बन्छन् , जोगी हुन्छन् । आफ्नै मुक्तिको बाटो खोज्न खरानी घसेर सामाजिक दायित्वबाट पन्छिएर पृथ्वीका भार बन्न पुग्छन् । तर क्रान्तिकारीहरु आफ्नो मात्र हैन विश्वको मुक्ति पाउनका लागी पर्छन् । संकट र दुखबाट छुटकारा लिन उन्नत जीवन, मानवीयता र न्यायपुर्ण समाज स्थापनाको लागी, आफु समर्पित हुन्छन् । त्यसैले उनमा शुर्ता गर्ने क्षमता हुन्छ । माया गर्ने भावना हुन्छ ।

कारागारमा महिनामा २ दिन १५ गते र १ गते चाही हिसाबकिताब मिलाउने दिन हुँदा रहेछ । सो दिन आउने बित्तिकै उधारो हुनेहरु छट्पटी गर्न थाल्छन् । घरबाट नियमित पैसा आउने संभावना धेरै मुद्दा आउनेहरुको हकमा कमै हुन्छ । उत्पादन गर्ने भनेको मुद्दाबाट हो । त्यो पनि एकदमै कम ज्यालामा र सो को पैसा पनि ५ र ६ महिना नभई पाइदैन । त्यसैले यो दिन आउने बित्तिकै बन्दीहरु छट्पटाउँछन् । नदिउ पिटाइ खाने दिउँ गोजिमा नहुने र यहाँको अर्को समस्या भनेको उधारो खाता बढाइदिने । टेलिफोन, पसल, क्यान्टिन, खेलकुद जताततै १५ दिनमा हिसाब गर्दा रु ५०–१०० त सामान्य रुपमा बढेकै हुन्छ । बढेको थाहा पाएता पनि केहि बोल्न सक्दैनन् बन्दीहरु त्यसमा अनेकौं कारण छन् । यो रोगबाट त्यहाँका नाइकेहरु समेत पीडित छन् । उनीहरुलाइ पनि त्यहाँको संरचनाले नै चुप लाग्न बाध्य बनाउँछ । ५०–६० हजार चौकीदारलाई खुवाएपछि भाई नाइके र १ देखी डेढ लाख सम्म खर्छ गरेर दाइनाइके भएकाहरु सामान्य गडबढी हुने बित्तिकै दुर्गम जिल्लामा फालिने डरले कोहि बोल्दैनन् ।

कारागारमा पत्रपत्रिका पढ्न र टेलिभिजन हेर्न पाइने भएकोले बाहिरी दुनियाँका बिषयमा अलि बढी नियाल्न पाइयो । हाम्रो पार्टी र संगठनमाथी राज्य निर्मम भएर दमन गर्न थालेको थियो । गिरफ्तारीको मात्रा ह्वात्तै बढायो । सम्मानित अदालतले छाड्ने आदेश गर्दापनि अदालतको गेटबाटै साथिहरुलाइ पुनः समातेर झुटा मुद्दा लगाउन थालियो । त्यति मात्रै नभएर साथिहरुलाइ मुठभेडको नाममा हत्या समेत गर्न थालियो । हामी शान्तिपुर्ण राजनीतिमा संलग्न हुँदाहुदै, हामी वार्ताको लागी तयार छौं भन्दाभन्दै जिम्मेवार भनिने पक्षहरु हाम्रो यो धारणालाई बुझ्न चाहदैन । पुर्वाग्रही भएर राजनीतिक मर्यादालाई कुल्चिदैछ । आफैंले बनाएको संविधान र कानुन बिपरित गइरहेको छ । राज्यमा यतिखेर भइरहेको दलालतन्त्र र लुटतन्त्रको बिरोध गर्नु हरेक देशभक्त नागरिकको कर्तव्य हो । यहि गर्दा हामी माथी राज्य निर्मम भएर लागिरहेको छ । माफियाहरुको बिरोध गर्दा दलाल पुँजीपतिहरुको बिरोध गर्दा समाजवादउन्मुख राज्यब्यबस्था र आफुलाई कम्युनिस्ट हँु भन्ने राज्यका शासकहरुले हामीलाई सम्मान र बधाई दिनुपर्ने ठाउँमा उल्टो हामी माथी नै दमन गर्नुले यि शासकहरु को हुन् र यो राज्य कहाँबाट परिचालित छ ? भन्ने कुरा छर्लङ्ग देखिन्छ ।

कुनैपनि चिज अकारण जन्मदैन हरेक दर्शन र आन्दोलनहरु तत्कालीन समयको सामाजिक अबस्थाको उपज हुन् । सबै बिचार र प्रतिभाहरु ऊ बाँचेको युगले निर्देशित हुन्छ । आफुलाई माक्र्सवादी भन्न रुचाउने र हिजो आन्दोलनकै जगबाट आएका वर्तमान नेपालको शासकहरुले यि र यस्ता कुराहरुलाइ नबुझी आफ्नो पृष्ठभुमिलाई बिर्सेर आहिले राज्य आतंक मच्चाउन थालेको छ र आतंक चाहिरहेको छ, राज्यले अघोषित रुपमा युद्धको घोषणा गरेको छ र बिद्रोहीहरुलाई युद्धको निम्ति आमन्त्रण गरिरहेको छ । राजनीतिक नेता कार्यकर्ताहरुमाथि गोली चलाउनु, हत्या गर्नु, आस्थाकै आधारमा नागरिकलाई जेल हाल्नु र राजनीतिक संघर्षहरुलाइ कानुनी रुपबाट हल गर्छु भनी प्रधानमन्त्रीले अभिव्यक्ति दिनु यसको प्रमाण हो । कानुन भनेको प्राबिधिक कुरा हो । प्राबिधिक तरिकाले समाजको अन्तरबिरोध सुल्झदैन । बरु झनै चर्को हुन्छ । यतिबेला यो ब्यबस्थाको असफलताको झिल्काहरु सडकमा छर्लङ्ग देखिन थालेको छन् । जनता आन्दोलनमा आउन थालेको छन् । त्यसैले सत्तासिनहरु आत्तिएर बेलैमा निमोठ्न तयार हुँदैछन् । यहि हो असार ५ गतेको कुमार पौडेलको हत्या पनि । हरेक सत्ताले आफ्नो सत्तालाई चिरञ्जीवी बनाउनको लागी बिद्रोहीहरुलाई दमन गर्ने गर्छन् । क्रान्तिकारीहरुको हत्या गरेपछि स्वभाविक रुपमा आन्दोलन सेलाएर जान्छ भन्ने धारणा सत्ताधारीहरुको हुन्छ । तर यो कुरा साचो होला त ? क.खड्कप्रसाद ओली जि ?? प्रहरीले पक्रेर सुखानी जङ्गलमा तपाईंको सहयोद्वाहरुको हत्या गरेपछी तपाईहरुको आन्दोलन सेलायो ?? अनि क.बादलजी, इच्छुकहरुको हत्याले जनयुद्ध सेलायो ?? तपाईंहरु माक्र्सवादका विद्यार्थीहरु किन सत्तामा गइसकेपछि माक्र्स, लेनिन, माओको बिचार र कार्यक्रमबाट पन्छिएर जार मुसोलिनी, हिटलर र च्याङ काइ सेकका गतिविधीहरु गर्न चाहनुहुन्छ । त्यो बाटो पतनको बाटो हो भन्ने थाहा हुँदाहुँदै पनि किन सोहि बाटो हिंड्न् चाहनुहुन्छ ??

वर्तमान व्यवस्थाका कामकारबाही हेर्दा या यस्तै जनबिरोधी हर्कतहरु हेर्दा मलाई सो व्यवस्थाको विरुद्ध जेल बसेकोमा गर्बले छाती फुल्छ र भन्न मन लाग्छ –जनबिरोधी सत्ता यस्तै हुन्छ र यसको अन्त्य चाहनेले मारिनु, दुःख पाउनु या काराबासको सजाय पाउनु स्वभाबिक छ । मेरो हकमा पनि यहि भयो कुनै अनौठो कुरा होईन ।

हिरासतमा प्रहरीले अनुसन्धान गरिसकेपछि वा अदालतले अपराध ठहर गरिसकेपछि मात्र कारागारमा थुनुवा वा बन्दीहरु आउँछन् । तर यहाँ सबै अपराधी मात्र भने छैनन् । “धान खाने मुसो चोट खाने भ्यागुतो” विद्यमान सामाजिक व्यबस्थाले आत्मासात गरेको यहि बिधानले थुप्रै निर्दोषहरुलाइ फन्दामा पारेको छ , पारिरहेको छ । आज यि निर्दोषका अनगिन्ती आत्माकथा कसले सुनिदिने ? उनीहरुका निर्दोष दिलका ब्यथा कसले सुनिदिने ? कारागार क्षमता १०० जनाको मात्रै भएपनि थुनुवा र बन्दी गरि करिब ३०० जना थिए । सबैको आ–आफ्नो ब्यथा थियो । एउटा रुढिवादी समाजको वास्तविकता झल्काउने घटना थियो । त्यहाँ धादिङको उत्तरी भेगमा अवस्थित “रि” भन्ने ठाउँको सो घटनामा बिरामी भएर मान्छे मरेपछी झाक्रीले भेद हालेर मारेको आरोप लगाएर सबै गाउँले मिलेर २ जना झाँक्रीलाइ कुटिकुटी मारेर लास समेत आफन्तलाई नदिइ जलाएछन्, सोही मुद्दामा २६ जनालाई मुद्दा चलाइएको रहेछ । अझै पनि नेपाली ग्रामीण क्षेत्रमा, समाजमा परेको अकाल टार्न धामी झाँक्रीलाइ धुप चढाउँछन् । धामी झाँक्रीले नै टिबी, पहेलो रोग, सुत्केरी ब्यथा र बालरोग जस्ता रोग निको पार्न घोडाको घन्टीका माला बजाउदै बनझाँक्री र कुलाइन बक्साएर ओखतीमुलो गर्दैछन् ।

यहाँका गाउँलेहरु र झाँक्री यी सबैलाई यी रोगका जड, बनको भुत वा डायनी भन्ने लागिरहेछ तर ति बिचरालाई रोगको जड बनको डायनी हैन महलका डायनी हुन्न भन्ने थाहा छैन । .बिचरा झाँक्री वा अझैपनि बोक्सी खोज्न गरिबको चेली र बिधवाहरुको चेहरा खोजिरहेछन् । काला माला लगाएर हटहट ….गर्दै समाजमा आराम र शान्ति ल्याउने प्रयासमा लागिरहेको छन् । तर जबसम्म हामी काला माला लिएर अदृश्य होइन, आफ्नो मनको भुतलाइ फ्याकेर दृश्य शत्रुका विरुद्ध उढ्दैनौ, तबसम्म शान्ती र अमनचयन समाजले पाउने छैनन् । अब तपाईंहरुले खोलानाला, भिरपाखा, चिहानघारी र उजाड खोरियाहरु, मसानघाट र दोबाटोमा खेल्ने अदृश्य भुतलाइ होईन, सिंहदरबारमा खेल्ने भुतहरुलाइ हटहट … गर्नुपर्छ तब मात्र तिम्रा काला माला,घोडाका बर्गटहरुले तिम्रा बूढो शरीर र तिम्रा सबै सन्तानहरुले र सारा गाउलेहरुले आराम पाउनेछन् । कारागारमा सबै भन्दा बढी थुनुवा र बन्दी ज.ज.क. र ज.ज.क. उद्योगमा थिए । यो नेपालमा पछिल्लो समय अलि ल बढी नै पाइएको छ । यसमा अनुसन्धान अलि बढी नै पृथक ढङ्गले गरिएन भने यसले समाजमा विकृति ल्याउँछ । महिलाको बयानलाई मात्र आधार र प्रमाण मान्दा फेरि यो मुद्दामा निर्दोष मानिसहरु पनि फस्न सक्छन र यो मुद्दाको प्रकृति पनि त्यस्तै किसिमको छ । यसलाई जिम्मेवार भनिने पक्षले बेलैमा ख्याल गर्नुपर्ने देखिन्छ । जेलमा सबैभन्दा रमाइलो लाग्ने पल भनेको जब गेटमा आफ्नो नामको पछाडी भेटघाट भनेर बोलाइन्छ, मलाई भेट्न आउने मान्छेहरु राजनीतिज्ञ, शिक्षा क्षेत्रका मान्छेहरु, आफन्तजन र मित्रहरु हुन्छन् । भेटघाट पछि बाहिरी संसारको याद आउँछ, आफन्तजनको याद आउँछ र आफ्ना प्रिय मित्रहरुको याद आउँछ र पुनः सामान्य अवस्थामा आउन समय लाग्ने रहेछ । म दैनिक घण्टौ लाइन बसेर फोन गर्दथे । आफन्तजन, घरपरिवार र मित्रहरुलाई फोन गर्दथें ।

घण्टौ लाईन बसेर गरेको फोन नउठ्दा चाहिँ खिन्न लाग्थ्यो । जेलजीवन नै यस्तै हुन्छ, सामान्य कुराले पनि हल्लाउँछ किनकी हाम्रो मन गम्भिर हुन्छ, घरमा फोन गर्दा चिन्ता लिन्छन्, आतिन्छन् भनेर म फोन गर्दा हाँसीहाँसी बोल्थे । आमालाई थाहा दिएको थिएन चिन्ता लिन्छन् भनेर दाइहरुले आमालाई नभन्ने सल्लाह गरेछन् ।आमाले कहाँ छ भनेर सोध्दा इन्डिया घुम्न गएको छ भनेछन् । हिरासत र जेलमा छुट्नका लागी थुप्रै प्रस्ताबहरु आउथे र %

Leave a Reply